HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home

दुर्घटनामा परि उपचाररत केसीलार्इ आर्थिक सहयोग हस्तान्तरण

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर

पोखरा,

कास्की आदर्श सेवा समाज यूएर्इले दुर्घटनामा परि घाइते भइ उपचाररत कास्की जिल्ला धिताल १ निवासी मान बहादुर के.सी. लाई नगद सहयोग हस्तान्तरण गरेको छ । केसीको निवास स्थान पोखरा ११ फुलबारीमा पुगि समाजका प्रतिनीधीहरूले दुर्इ चरणमा गरि जम्मा रू ८३ हजार नौ सय ७३ हस्तान्तरण गरियको हो । जस अनुसार प्रथम चरणमा गत माघ २९, २०७३ शनिबारका दिन सहयोग संकलन समितीका संयोजक तथा समाजका दुवर्इ क्षेत्रिय समितीका अध्यक्ष एवं केन्द्रिय सदस्य श्याम प्रसाद भण्डारीको नेतृत्वमा समाजका आजिवन सदस्य देव गिरी तथा राजेन्द्र साप्कोटाको टोलीले रू ७३ हजार नौ सय ७३ हस्तान्तरण गरेको थियो ।

त्यसै गरि दोश्रो चरणमा हिजो चैत्र १४, २०७३ सोमबारका दिन समाजका महासचिव केदार कुँवर तथा केन्द्रिय सदस्य बलराम अधिकारीले पछि संकलित रकम रू १० हजार केसीको निवासमा नै पुगि केसीलार्इ हस्तान्तरण गरेका थिए । गत सेप्टेम्बर २५, २०१६ का दिन कम्पनीको कामको शिलशिलामा यात्राका क्रममा सडक दुर्घटनामा परेका केसी दुवइ स्थित रसिद हस्पिटलमा १८ दिन उपचार गराइ नेपाल आयका थिए । उक्त सहयोग रकम समाजले स्वेच्छिक रूपमा आफ्ना सदस्यहरू मार्फत् संकलन गरेको थियो । उक्त सहयोग रकम हातमा पाउँदा केसी परिवारले हर्ष विभोर भयको कुरा व्यक्त गर्दै युएर्इ स्थित सम्पुर्ण सहयोगीहरू प्रति आभारी रहेका कुरा व्यक्त गरेका थियो ।

त्यस्तै समाजको तर्फबाट महासचिव केदार कुँवरले आफ्ना आजिवन सदस्य मान बहादुर केसीको परिवारमा लागेको घाउलार्इ मलम पट्टीका लागी सहयोग संकलन गरि सहयोग हस्तान्तरण गर्नका खातिर समाजले सारेको सहयोग संकलन अभियानमा साथ दिनुहुने युएर्इ स्थित समाजका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरू लगायत अन्य सम्पुर्ण सहयोगी मनहरू प्रति कास्की आदर्श सेवा समाज युएर्इ हार्दिक आभार रहेको कुरा व्यक्त गर्दै सहयोगीहरू प्रति धन्यवाद प्रकट गरेका थियो ।

 

Add your comment

Your name:
Subject:
Comment: