Home

न्यू योर्कमा इन्दिरा चेमज़ोंङको गीति एल्बम अर्कों जन्मको विमोचन

E-mail Print PDF
AddThis Social Bookmark Button

न्यू योर्कमा बिगत एक दशक देखी बस्दै आऊनु भएकी समाजसेवी अधिकारकर्मी इन्दिरा चेमज़ोंङको गीति एल्बम अर्कों जन्मको एप्रिल १६ मा नेपाली अमेरिकन कलाकार संघको आयोजनामा भब्यताको साथ विमोचन गरीएको छ । नेपाली महावाणिज्यदूत तथा गीतकार क्रिशू क्षेत्रि , नेपाली अमेरिकन कलाकार संघको अध्यक्ष सुमन बुढ़ामगर आदिबासी जनजाति महासंघको अध्यक्ष लुइसंग वाइवा , न्यू योर्कको अधिकारकर्मी नरबदा क्षेत्रि, त्रीभुवन बिश्वबिध्यालयको प्राध्यापक ड़म्मर चेमज़ोंङ अन्तरराष्ट्रिय साहित्य समाजक़ो भूतपूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार गीता खत्री  अन्तरराष्ट्रिय साहित्य समाज न्यू यॉर्क च्याप्टर अध्यक्ष राजेन्द्र श्रेस्ठ किरात याकथूङ चूमलूङ अमेरिकाको अध्यक्ष देवेन्द्र लीम्बु सोयम गीतकार इन्दिरा चेमजोङले संयुक्त रुपमा विमोचन गरेको थियो ।  गीतकार तथा निर्माता इन्दिरा चेम्जोङ्ग धनकुटा जिल्ला चौबिसे राजारानी की हुन् । गीत, संगीतमा सानै देखिको इच्छा भएपनि व्यबहारिक कार्य ब्यस्तताका कारण अहिले मात्र यो इच्छा पुरा गर्ने समयानुकुल मिलेको गीतकार चेम्जोङ बाताउछिन । अब आउदो दिनहरुमा पनि समयले साथ दिएसम्म यही कार्यलाइ निरन्तता दिने बताएकी   छिन् ।  प्रवास अमेरिकामा रहेर पनि सामाजिक कार्यमा सधै अग्रणी हुने उनी मानवताको लागि गरिने यस समाजसेवाप्रति आफुलाई सन्तोष प्राप्त हुने बताउछिन् ।

 

प्रवासमा रहेर पनि देश र माटोको मायालाई साहित्यकारले जस्ताको तस्तै उतार्न सक्छन् भन्ने प्रमाणहरु पछिल्लो समय धेरै साहित्यकारहरुले सत्य सबित गर्दै आएका छन् । परदेशमा हुँदा झनै देशको माया स्वदेशमा हुँदा भन्दा ज्यादा हुने साहित्यकारहरुको ठम्याई छ। हुन पनि हो, प्रदेशमा हुँदा आफ्नो मातृभुमीको मायाले छाती भत्तभति पोलीरहँदा झनै बढी सृजना हरु सृजित हुन्छन् । त्यस्ता सृजनाहरु नै प्रायकालजयी हुने गर्दछन्।

दशकौ देखि प्रवासी जीवन बिताउदै आएकी इन्दिरा चेम्जोङले पनि त्यस्तै देश, माटो, गाँउघर, प्रेम, पर्खाई र आशा निरासालाई गीति शब्दमा उतारेर गीतकारको रुपमा आफुलाई उपस्थित गरेकी छिन् । आफ्ना  गीतहरुलाई न्याय दिनको खातिर उनले आफ्नै देशका केहि गायक गायिकाको आवाजमा अर्को जन्म नाम दिईएको एल्बममा ६ वटा गीतहरु रेकर्ड गराएर न्युयोर्कमा एक कार्यक्रम बिच सार्वजनिक गरेकी छिन् ।  ६ वटै गीतको म्युजिक भिडीयो बनाएकी चेम्जोङले ५ वटा नेपाली र एउटा लिम्बु भाषाको गीत एल्वममा राखेका  छन ।

नेपालको पुर्व धनकुटामा जन्मीएकी ईन्दिरा चेम्जोङ दशकौ देखी अमेरीकाको न्युयोर्क बस्दै आएकी छिन् । आईतवार न्युयोर्कमा नेपाली अमेरीकन कलाकार संघले आयोजना गरेको एक कार्यक्रमा उनको अर्को जन्म गीति एल्वम बिमोचन गरीएको छ। नेपाली बाणिज्य दुताबास न्युयोर्कका प्रमुख साहित्यकार कृशु क्षेत्रीको प्रमुख आतिथ्यमा नेपाली अमेरीकन कलाकार संघका अध्यक्ष गायक सुमनबुढ़ामगरको अध्यक्षतामा संघको महासचिव अभय डूंगेलले कार्यक्रम संचालन गरेको थियो  भने स्वागत मन्तब्य संघको बरिष्ठ उपाध्यक्ष बिक्रान्त बास्नेतले गरेको थियो । कलाकार तथा समाजका बिभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा भाब्यताका साथ एल्वम बिमोचन गरीएको छ। उप्त एल्बममा नेपालका चर्चित गायक गायिका दीपक लिम्बु, स्वरुपराज आचार्य, प्रमोद खरेल, मिलन अमात्य, अन्जु पन्त, मेलीन राई र सीता सिङ्गकले आवाज दिएका छन् भने बसन्त सापकोटा, ताराप्रकाश लिम्बु, बाबुल गिरी आदीले संगीत भरेका छन्।

भिंडियोंको ३ वोटा छायंकन अमेरिकामा गरेको थियो । ज़सलाई न्यू योर्कको चिरपरिचित क्यामेरामेन शम्भु मोक्तानले छायंकन गरेको थियो । निर्देशन शम्भु मोक्तान अहिलेको चर्चित नायक सौरम तूलाधर र राम लीम्बु लीला सिंगक लीम्बुले गरेको थियो । कार्यक्रममा न्यू योर्कको समाजसेवी बुद्दीजीबी र शुभचिन्तक कलाकार हरूको बाक़्लो उपस्थितिले भव्य र सभ्य् साथै  एतिहासिक  रहेको थियो ।

{gallery}gallery/indira_chemjong_news_newyork{/gallery}