HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home

रिभान बाढि पहिरो पिढीतलाइ राहत हस्तान्तरण सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर,

भाद्र १९, २०७४ र तदानुसार ४ सेप्टेम्बर २०१७

यूएई

गत श्रावण २४ को भिषण वर्षाका कारण कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं ५ स्थित रिभानमा गएको बाढि पहिरोबाट क्षति पुर्यायका पिडीतहरूलाइ कास्की आदर्श सेवा समाज, युएर्इको सक्रियतामा संकलित राहत रकम रू ४६ हजार हस्तान्तरण गरियको छ ।

भाद्र १९, २०७४ का दिन विशेष कार्यक्रम बिच उक्त राहत हस्तान्तरण कार्य सम्पन्न भयको हो । माछापुछ्रे गाउँपालिका वडा नं ५ का वडाध्यक्ष एवं विपद व्ययवस्थापन समितीका अध्यक्ष श्री जुम बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न समारोहमा कास्की आदर्श सेवा समाज, युएर्इका सँस्थापक उपाध्यक्ष श्री पस बहादुर गुरूङ, अबुधाबी क्षेत्रिय समितीका उपाध्यक्ष श्री कृष्ण के।सी, केन्द्रिय सदस्य बलराम अधिकारी तथा आजिवन सदस्य श्री कृष्ण प्रसाद गौतम सम्मेलित प्रतिनिधीहरूको विशेष उपस्थिती रहेको थियो । राहत हस्तान्तरण टोलीले बाढिग्रस्त स्थलमा नै पुगि स्थानिय पिडीतहरू सँग प्रत्यक्ष भेटघाट गरि राहत हस्तान्तरण गरेको थियो ।

रकम हस्तान्तरण पश्चात बोल्दै राहत प्रदान गर्ने सँस्थाको तर्फबाट कास्की आदर्श सेवा समाज, युएर्इका आजिवन सदस्य श्री कृष्ण प्रसाद गौतमले गृह जिल्लामा बाढिले क्षत विक्षत बनाएको दुखद खबर संन्चार माध्यमबाट प्रसारित भइ रहँदा विदेशमा रहेका हामी जिल्लावासीहरूको मनमा पिडीतहरूको आलो घाउमा मलम लगाउनका लागी भनि कास्की आदर्श सेवा समाज, युएर्इले आपतकालिन बैठक राखेर सँस्थाका केन्द्रिय कोषाध्यक्ष श्री पुष्पराज अधिकारीको संयोजकत्वमा राहत संकलन समिती गठन गरि सँस्थाका सदस्यहरू मार्फत् राहत संकलनका लागी आहुवान गरि राहात संकलन गरियको कुरा व्यक्त गर्दै सँस्थाले एकले थुक्दा सुक्ने सयले थुके नदि हुने उखान अनुसार सदस्यहरूको पकेट खर्च कटौती गरि राहत संकलन गरियको कुरा बताउँदै, राहत रकम थोरै भयपनि पिडीतहरूको चहराइरहेको घाउमा मलम लगाउन मदत पुग्ने कुरा व्यक्त गर्दै व्यक्तिगत रूपमा नभइ विपद व्यवस्थापन समिती मार्फत राहत हस्तान्तरण गरेको कुरा व्यक्त गर्नु भयको थियो ।

तेस्तै कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष एवं विपद व्यावस्थापन समितीका अध्यक्ष जुम बहादुर गुरूङले विदेशमा रहेका जिल्लावासीहरूले गृह जिल्लामा आपद विपद पर्दा राहत संकलन गरि भावनात्मक एकताको विकास भयको कुरा व्यक्त गर्दै यस राहत संकलन अभियानमा हातेमालो गर्नुहुने युएईमा कार्यरत सहयोगी कस्केलीहरू लगायत कास्की आदर्श सेवा समाज, युएर्इलाइ हार्दिक आभार प्रकट गर्दै, थप राहत रकमका लागी अरू देशमा छरियर रहेका कस्केलीहरू तथा गैरकस्केली नेपालीहरू प्रति सहयोगको याचानका साथ उक्त रकम पिडीतहरूलाइ अत्यावश्यक पर्ने सामग्रीहरू खरिद गरि हस्तान्तरण गरिने कुराको विश्वस्त पार्नुभयको थियो ।

स्मरण रहोस् कास्की आदर्श सेवा समाज, युएर्इले गत २०७२ को महाभुकम्पमा पिडीतहरूलाइ राहत हस्तान्तरण, सोही सालको बाढि पहिरोबाट पिडीत लुम्ले, भदौरे, पामे लगायतका क्षेत्रमा राहत वितरण, युएर्इमा आपतमा परेका कस्केलीहरूलाइ उद्दार, कास्कीमा अवस्थित वृद्दाश्रामहरू पोखरा १७ को पोखरा वृद्दाश्राम, लेखनाथमा अवस्थित राधाकृष्ण वृद्दाश्राम लाइ आर्थिक सहयोग, पुम्दिहुम्दिमा अवस्थित कालिका प्रावीलार्इ आर्थिक सहयोग, लेखनाथका क्यान्सर पिडीत नवराज बजगाइलाइ आर्थिक सहयोग, युएर्इमा मृत भेटियका पोखरा १६ का स्व। सुरेस थापाको मृत शरिरलाइ नेपाल पठाउने लगायतका थुप्रै सामजिक कार्यहरू गर्दै आइरहेको छ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News