विज्ञप्तिमा भनिएको छ,’ नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका , लुकेका युबा प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि हो र यही कार्यक्रमबाट इच्छाशक्ति र अनुभव बटुलेर भोलि अमेरिकन आइडल अमेरिकन गड ट्यालेन्ट शोहरूमा जान सक्ने बाटो खोल्नको लागि समेत यो आयोजना गरिएको हो ।’
आयोजकद्वारा जारी विज्ञप्ति
सुचना ! सुचना !! सुचना !!!
यही मे २५/२६ मा अमेरिकाको New York शहरमा युनाईटेड नेपलिज एस्सोसिएशनले आयोजना गर्ने (यूएनए ) चौथो सम्मेलनको विशेष कार्यक्रम (नेपाली अमेरिकन लीटल ट्यालेंट आइडल) को केही नियम र जजहरूको नाम :
नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका / लुकेका / hidden को रुपमा रहेका युबा प्रतिभाहरु / ट्यालेन्टहरुलाई बाहिर ल्याउनको लागि हो र यही कार्यक्रमबाट इच्छाशक्ति र अनुभव बटुलेर भोलि अमेरिकन आइडल अमेरिकन गड ट्यालेन्ट शोहरूमा जान सक्ने बाटो खोल्नको लागि समेत यो आयोजना गरिएको हो ।
भनिन्छ , हरेक मानिस जन्मजातबाट नै एउटा न एउटा प्रतिभा लिएर जन्मिएको हुन्छ तर सही मौका र स्थानको अभावमा कतिपय प्रतिभाहरू त्यत्तिकै मरेर जान्छ ,हराएर जान्छ ,र ,ज़स्ले सही ठाँउ र मौका पाए आफ्नो ख़ुबी देखाउन सक्छन् ,र सधै प्रगतिपथमा अगाडि बढिरहन्छन् ,हाम्रो उद्धेश्य यही मौका र स्थान दिन नै हो ,ताकि हाम्रा भाबी पुस्ताले अमेरिकामा हरेक तह र तप्कामा आफ्नो सहभागिता जनाइ उनीहरुले हाम्रो देश र नेपालीहरुको पहिचान बिश्वसामु सदा देखाउन र चिनाउन सकुन् ।
नेपाली अमेरिकन लिटल ट्यालेन्ट आईडलमा अमेरिका ज़स्तो ब्यस्त र ठूलो भूगोलमा सबैलाई समेट्ने काम पक्कै पनि सजिलो छैन ,तैपनि यस्लाई अलि सहज बनाउन यस्को लागि हरेक राज्यमा वा नेपालीहरुको बाक्लो बस्ति रहेको राज्यमा हामीले अमेरिकी नेपाली समाजका सुपरिचित ब्यक्तिहरु मध्येबाट एक जना जज / निर्णयकर्ता चुनेका छौ ,जुन राज्यको जजले गायन ,निर्त्य र अन्य कुनै पनि प्रतिभा भएको ७ वर्षदेखि १६ बर्षसम्मको उमेरका बाल बालिका मात्रलाई समाबेस गर्नू पर्ने हुन्छ र हामीले पहिलो चरणको छनोट भने सम्बन्धित राज्यहरुका जजहरुले पठाएका भिडियो क्लिपहरुबाट गर्नेछ ।
हाम्रा राज्यमा रहने जजहरु समाजमा प्रतिष्ठित ,बढी भन्दा बढी नेपालीहरुले चिनेका र निस्पक्षरुपमा निर्णय गर्ने कुरामा हामी पूर्ण बिश्वस्त छौ ।उहाँहरुको निर्णयले राज्यका संपूर्ण प्रतिस्पर्धीहरुबाट उत्कृष्ट ३ जनालाई मात्र छानेर हाम्रो सांस्कृतिक टिम न्यू योर्कलाई पठाउनेछ ।
सोही राज्यहरुबाट छानिएर आउने ३ -३ जनाबाट केन्द्रिय आयोजक समितिको रोहबरर जजको सल्लाह अनुसार फेसबुकमा एक पेज बनाई भोटिंङ गरी १ जना बिजेता छनौट हुनेछ र सोही प्रतिभालाई सोही राज्यको ट्यालेन्टको उपाधि दिईनेछ र अन्तिममा हरेक राज्यको ट्यालेन्टहरुबाट पनि न्यू योर्कमा नेपाली अमेरिकन लिटल ट्यालेन्ट आईडलको फाईनल प्रतिस्पर्धा गराईनेछ।
१ . टेक लामा ,शिला आले
(क्यालिफोर्निया ,लसएन्जलस )
२. डा . चिरन्जीबी भट्टराई ,नर्थ क्यारोलाईना
३ . नबराज श्रेस्ठ ( कोलोराडो)
४ .सुशिल बिश्वकर्मा : ( ओहायो)
५ . मोहन थापा ( बाल्टिमोर )
६ बिमल डांगी ( न्यू योर्क )
७ .पबिता परीयार ( न्यू ह्यमसर)
८ .सुरेश वाग्ले ( बोस्टन)
९ .घनश्याम खड़का ( कनेक्टिकट )
१०. मिन दर्लामी ,भुवन राई ( सिकागो)
११. समीर बूढ़ाथोकी ( ,न्यू जर्सी )
१२. अनुपमा पर्साई ( भर्जिनिया )
१३. देबराज कंडेल ,( नेब्रास्का)
१४. . लोक छन्त्याल ( पेन्सिलभेनिया )
१५.रबी सिंङ बस्नेत ( सन्फ्रान्सिस्को )
१६. रमेश पौडेल ( टेक्सास )
१७. गीता शाही ( नर्थ डकोटा )
१८ .बिक्रम घिमिरे ( केण्टकी )
राज्य सेमि फाईनल जजहरू :
१ .बिजय नकर्मी
२ .धर्मबीर लामा
३ .जगदीश समाल मगर
न्यू योर्क अडिसन फाईनल जजहरू:
१ .निशा सुनार
२ .बिमल डांगी
३ .रमेश सुनुवार
४ .तिलक बम मल्ल
५ .सपना श्री
सुमन बुढामगर
( कार्यक्रम संयोजक)