Home

म्याग्देलीहरुको सिड्नीमा जम्ने भो बार्बाक्यू पिकनिक

E-mail Print PDF
AddThis Social Bookmark Button

१२ जनवरी, ०९ । म्याग्दी जिल्लाबाट अध्ययन तथा रोजगारीका सिलसिलामा अष्ट्रेलिया आएका युवाहरुको संगठन म्याग्दी ओभरसिज युथ एसोशियशन (MOYA) सिड्नीले यही जनवरी १८ तारिखका दिन बार्बाक्यू पिकनिकको आयोजना गरेको छ । मध्यान्हको १२ बजेबाट हुने उक्त कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च म्याग्दी चिमखोला निवासी हाल सिड्नीमा अध्ययनरत इन्द्र थापा र बेनी निवासी सरबिन श्रेष्ठले स्पोन्सर गर्ने भएका छन् । जिल्लाबासी युवाहरुबीच पारस्परिक भेटघाट सम्पर्क सदभाव तथा भाईचारामा अभिबृद्धि गर्ने मूल हेतूले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताईएको छ । समस्त जिल्लाबासीहरुलाई सो कार्यक्रममा उपस्थित भईदिन आयोजकहरुले अनुरोध गरेका छन ।

 

Latest News