Home

मौसमी समाचार(ब्यङ्य) - इन्डो-फिली किलर मामा

E-mail Print PDF
AddThis Social Bookmark Button

समाचार सङ्कलन : मगर कान्छा

१ - मौसमी समाचार - इन्डो-फिली किलर मामा-------

अन्दाजी बर्ष ४५ को दुई छोरा र छोरीको बाउ बनी सकेको घरमा श्रीमती हुँदा हुँदै पनि सोझी श्रीमतीको फाइदा उठाउदै एक जना उमेरले मामा बनीसकेका नेपाली मामाले घरमा श्रीमती भए पनि इन्डो-फिली केटी खेलाउन भने अझै नछोडेको कुरा एक बिस्वस्निय सुत्र बाट थाहा हुन आएको छ । बिगत धेरै बर्ष देखी इन्डो र फिली केटीहरुको शिकार गर्न माहिर तिनै मामाले केही बर्ष सम्म त आफ्नै घरमा श्रीमतीको साथमा इन्डोनेसियन गर्लफ्रेन्ड संगै राखेको कुरा खुल्न आएको छ । डबलडेकर बेड भएको कोठामा माथी श्रीमतीलाई सुताउने र तल्लो बेडमा आफ्नो इन्डोनेसियन गर्लफ्रेन्ड सङ्ग सुत्ने गरेको कुरा पनि थाहा लागेको छ । श्रीमतीले आफ्नो श्रीमानलाई यसरी नहिडोस् । इन्डो केटी सङ्ग हिड्यो भनेर बिरोध गर्दा उल्टै पिट्ने र धम्काउने साथै शारीरिक र मानशिक रुपले प्रताडित गर्ने गर्दा उ शारीरिक र मानसिक रुपले बिरामी भएको कुरा आफन्तहरु सङ्ग भेट हुँदा धरधरी रोएर दुखेसो सुनाउने कुरो सुन्नमा आएको छ ।

 

अहिले भने सरकारी घर पाएको हुँदा श्रीमतीलाई सरकारी घरमा राखेर आफू मन लागे घरमा आउने मन नलागे बाहिरै इन्डो ग्रल्फ्रेन्ड संगै बस्ने गरेको सूचना पनि प्राप्त भएको छ ।

 

२ - इन्डोनेसियाली गलफ्रेन्डको प्रेमजाल---------

एक जना नेपाली युवक इन्डोनेसियाली गलफ्रेन्डको प्रेमजालको नाटकमा फसेर इन्डोनेसिया घुम्न जादा दुई बर्ष सम्म पासपोर्ट गाएब गरीदिएर खेत जोत्ने हली बनाएको कुरा एक विश्वाशनिय शुत्र बाट थाहा हुन आएको छ । एक जना नेपाली ठिटो दुई बर्ष सम्म हलो जोतेर आको उसैको नजिकका साथीहरुले उस्लाई किस्सा बनाएर उडाउने गरेको पनी सुन्नमा आएको छ ।

अब जुनी यतै जाने भो भनेर दुखी हुनु भन्दा जुक्ति निकालेर उस्ले पनि अब उप्रान्त गलफ्रेन्ड बिना बाच्न नसक्ने भन्दै साचो प्रेम गरेको थप नाटक गर्दै आफुलाई हङकङ भन्दा इन्डोनेसिया औधी मन परेको घरको एउटै छोरो बरु नेपाल गएर सबै घर जग्गा बेचेर इन्डोनेसिया तिरै सेटल हुने इच्छा भएको नाटक रच्दै नेपाल गएर पैसा लिएर आउँछु भने पछी मात्र उस्को ग्रल्फ्रेन्डले लुकाएको पासपोर्ट झिकेर दिए पछी त्यो गोबर बल्ल बल्ल फुट्केर हङकङ आएको भनेर उसैको साथीहरुले उडाउने गरेको ताजा खबर अहिले बजारमा यत्रतत्र छरीएको छ ।

३ - चक्कर र ठक्कर भित्रको आइडी मोह----

कुरो एक जना बहिनीको हो । उनी हङकङमा आउन चै कसरी आइन् त्यो मैले सोधीखोजी गर्न चाहेन । सायद उनी शरणार्थी भएर आएको हुनुपर्छ । धेरै जस्तो मैले फेसबुकमा केही न केही लेखीरहने हुनाले हङकङमा प्राय विभिन्न कार्यक्रममा गै रहने हुँदा धेरै भन्दा धेरै मान्छेहरु चिनेको हुनुपर्छ भन्ने सोचेर हो कि किन हो एक दिन उनले मलाई फेसबुकमा एड रिक्वाइष्ट गरीन् । मैले पनि उस्को साथी बन्ने अनुरोधलाई सहर्ष स्विकार्दै एड गरे । त्यस पछी इनबक्समा उनी संग पहिलो त सामन्य परिचयको क्रममा परिवारीक स्थित के कस्तो छ बुझेको थिए । उनले पछीका दिनहरुमा अनलाइनमा भेट्दा एक जना ब्याक्तीको नाम भनेर मलाइ वहाँलाई तपाईले चिन्नु हुन्छ भनेर सोधेको थियो ।अब लगभग हङकङमा ३० हजार जति नेपाली बसेको शहरमा त्यो नाम गरेको ब्याक्ती एउटै मात्र हुने कुरो पनि होइन अनि मैले त्यस्तो नाम गरेको मान्छे त धेरै हुन्छन् तर फोटो देख्यो भने चिन्न सक्छु होला भने । शुरुमा र बहिनीले मलाई त्यो ब्याक्तीको तस्बिर देखाएनन् तर त्यो मान्छे फलाना ठाँउमा बस्छ यस्तो यस्तो काम गर्छ । मोटे मोटे अग्लो अग्लो कालो कालो जस्ता यावत कुराहरु भनेर साथीभाई सङ सोधेर पत्ता लगाइदिन अनुरोध गरेकी थिईन । मैले त्यो मामलामा खासै ध्यान पनि दिएको थिएन तर जहिले पनि मैले भनेको मान्छे पत्ता लाग्यो भनेरै हैरान बनाए पछी बास्तबमा भएको के हो प्रस्त भन्न अनुरोध गरे पछी ती बहिनीले बेली बिस्तार लगाईन् ।

शरणार्थी भएर हङकङमा बस्दा लुकेर काम गरी गरि भए पनि उनले कमाएको पैसाले काठमाडौमा एउटा जग्गा जोडेको रहेछ । पारिवारिक स्थिती पनी आर्थिक रुपले अलिक सबल भएरै होला र हङकङमा जाङ्गर चलाउनेले पैसा पनि मज्जाले कमाउन सकीने रहेछ भन्ने ज्ञानले होला उनले एक जना चिनजान भएकै मान्छे सङ्ग आइडी किनेर पेपर म्यारीज गर्ने तरखरमा पुगेको रहेछ तर बिचैमा अर्को एक जना पुरुषले आइडी किन्ने भए मेरो किन न १ हामी बीच जात पनि मिल्ने फेरि मेरो त श्रीमती संग डिभोर्स भएर श्रीमती पनि युकेमा छ भने पछी उनले तिनै ब्याक्ती संग आइडी किन्ने निर्णय गरेर शुरुमा आइडीको लाग्ने ५० ५ रकम बुझाउने सर्त सहित उनले केही बर्ष अगाडि काठमाडौमा किनेको जग्गा बेचेर त्यसको पैसा आइडीको निम्ति त्यही ब्याक्तिलाई बुझाएको रहेछ । इमिग्रेसनमा आइडी प्रोसेसको चाहिने म्यारीज सर्टीफिकेटको निम्ती कोर्टमा बिबाहको निम्ति आफै गएर दर्ता गरेको पछी कोर्ट म्यारीज गरेपछी दुबै जना इमिग्रेसन गएर डिपेन्डेन भिसाको लागि आवेदन पनि दिएको रहेछ ।पछी आइडी प्रोसेसको क्रम चलिरहदा इमिग्रेसनले के कारणले हो अहिले उनी नेपाल जानू पर्ने र पछी भिसा बने पछी हङकङमा आउदा हुने भनेको हुँदा उनी त्यस पछी नेपाल गएकी रहेछन् ।

नेपाल जाने बेलामा उनको कागजी श्रीमान् ९ रियल श्रीमान् नबनेको ० ले पनि अहिले नेपाल जानू पछी आइडी बने पछी म आफै नेपाल लिन आउछु भनेको रहेछ तर जाने बेलामा उ सङ्ग झगडा परेको हुँदा मैले त्यसको फोन नम्बर, फोटो, सबै सबै डकुमेन्ट त्यासैलाई फालेर आएको अहिले म नेपाल आएको २ बर्ष भै सक्यो मेरो आइडी के भयो के भयो रु बन्यो कि बनेन रु उस्ले मलाई फोने पनि गर्दैन मैले कत्ती साथीहरुलाई उस्को बारेमा सोधे कसैले पनि थाह छैन मात्र भन्छ । लौ न दाइ म त के गरु के गरु । उस्लाई जसरी पनि खोजी दिनु पर्यो । घरमा जग्गा बेचेर लगेको त्यत्रो पैसा स्वाहा भयो बाबा आमाले तेरो आइडी कहिले बन्ने हो भनेर सोधी रहन्छ । आइडी दिने मान्छे कहाँ छ कहाँ म आफैलाई थाहा छैन । जसरी भए पनि हजुरले त्यो मान्छेलाई खोजेर उस्को फोन नम्बर दिनु पर्यो भनेर हुरुक्कै गरेकी थिइन् ।लौ न त सकेको म खोजीदिने काम गर्छु तर त्यो मान्छेको आइडी नम्बर, फोटो, पासपोर्टको कपी अथवा पहिचान खुल्ने कुनै न कुनै आधार चाहियो नी भन्दा म संग भएको उस्को एउटै फोटो भनेको यही हो भनेर म नेपाल गएको बेला मलाइ भेटेर सानो पासपोर्ट साइजको फोटो तर त्यो फोटो पनि आँखा देखि माथीको भाग काटीएको रहेछ । अरु फोटोहरु पनि थियो मोबाइल बिग्रेर सबै डिलिट भयो भन्दै थिइन् । जसरी पनि त्यो मान्छे खोजेर उस्को नम्बर मलाई दिनु पर्यो दाइ बाबा आमाले मलाई कराएर बस्न खान दिएनन् भन्दै एउटा अशा भनेको तपाईंबाटै त्यो मान्छे भेटिन्छ भन्ने लागेको छ भनेर उनी म बाट बिदा भइन्।

बिदा सकेर म हङकङ आए पछी तिनै बहिनीले खोजेको ब्याक्तीको बारेमा धेरै साथीभाई संग सोधपुछ गरे तर अह त्यो ब्याक्ती भेट्ने कुनै लक्षण देखीन । बारम्बार ती बहिनीले बेला बेलामा दाइ भेट्नु भयो भन्छीन् मैले खोज्दै छु भन्छु । तिमीले धेरै ठूलो गल्ती गरेछौ । नेपाल जादा त्यो मान्छेको घर , उस्को ठेगाना, उस्को आफन्त,उस्को फोटो, उस्को डकुमेन्टहरु कपी गरेर लग्नु पर्दैनथ्यो भन्दा रीसको झोकमा वास्तै गरीन दाइ भनीरहन्छन । अब त्यसले त अर्कै ग्रहाकलाई तिमीलाई जस्तै आइडी बेच्यो होला नी फेरि भन्दा त्यस्तो त नगर्नु पर्ने हो । म बाचुन्जेल उसैको बाटो हेरी रहन्छु पनि भन्छिन् । तर त्यत्रो पैसा दिइसके पछी पनि फेरी के तिमीहरु दुबै जनाको बिच लभ पनि परेको थियो कि भनेर सोध्न नमिल्ने ।

तर पनि त्यो मान्छेको सानो मधुरो फोटो हेरेर त्यो मान्छे यही हो भनेर भन्न नसकिने भो तर नाम मिलेको खन्डमा चै यस्तो यस्तो हुलियाको मान्छे छ नाम पनि मिल्यो यही हो रु भनेर म्यासेज सम्म त्यो बहिनीलाई गर्न सकिने काम मात्र होला जस्तो भो । तेरीमा टोक्ने चक्कर र ठक्कर भित्र यो आइडीको कस्तो खेल हो ?