युके जानेहरु सावधान !

Print
AddThis Social Bookmark Button
समाचार सङ्कलन : मगर कान्छा
 
युके जानेहरु सावधान !
 
आज भोली हङकङ बाट युके जाने नेपालीहरुको भिड निक्कै बढ्न थालेको छ। सबै युके जानेहरुको प्रमुख उदेश्य भनेको बालबच्चाहरुको भविश्य राम्रो हुने हुनाले युके जाने भन्ने कुराहरु सबैको मुख बाट सुन्न पाईन्छ तर हालसालै हाम्रो युके नीवासीहरुको अनुसार हङकङ बाट जाने नेपाली लेङ्चाइहरु भने खुशी हुन नसकेको समाचार प्राप्त भएको छ जस अनुसार हङकङको भिक्टोरिया पार्क, सेन्ट्रल पार्क, काउलुन पार्क, स्टार फेरीमा सधै जस्तो आईतवारको दिन इन्डोनेसियन र फिलिपिनीहरुको पिछा 
गर्ने होनाहर नेपाली दाजुभाईहरु युकेमा आउँदै हुनुहुन्छ भने इन्डो र फीलीहरुको बजार शुन्य भएको हुनाले अब आउनेहरुले त्यो बारेमा बिचार गरेर मात्र आएको खन्डमा राम्रो हुने कुरा बताउँछन। हङकङमा झै वल्लो बिल्डिङ र पल्लो बिल्डिङमा जहाँ पनि दुले रेस्टुरेन्टहरुमा चल्ने म्यरिज, किट्ती, फलासको खेल नजम्ने र जमाउनै परे पनि हङकङमा जस्तो सहज नभएको जानकारी प्राप्त भएको छ भने अर्को तर्फ बेलुकिको ८, ९ बजे सम्म पनि घाम लागिरहने हुनाले पर्दा लगाएर जबरजस्ती सुत्नु पर्ने कुरा अबगत भएको छ।
 
अध्यक्षको व्यथा 
 
हङकङको सधैं जस्तो ब्यस्त भईरहने कुनै एक सँस्थाको अध्यक्ष र अध्यक्षको श्रीमती बिच जब जब हङकङमा नेपालीहरुको कार्यक्रम हुन्छन् तब तब श्रीमान, श्रीमती बिच मन मुटावको कारणले बोलीचाली बन्द हुने कुरा हङकङ नेपाली डट कम लाई जानकारी प्राप्त भएको छ। हुन पनि हङकङको सँघ सस्थाहरुको अध्यक्ष भए पश्चात अध्यक्षको चहलपहल नेपालको मन्त्री देखी प्रधान मन्त्रीहरुको भन्दा कम हुँदैन बिचराहरु १२ / १२ घण्टा काम गरेर बचेँ खुचेको समए सँघ सस्थाहरुमा लगाउँछन्। हप्ता भरी एक दिन पाउने बिदा पनि कहिले मङ्किहिल, कहिले ताईमोसन, कहिले चुनमुन बटरफ्लाई बीच त कहिले कँगन रेस्टुरेन्ट र याक एन्ड यती रेस्टुरेन्टमा भै रहने बिभिन्न जात जतिहरुको चाड पर्ब देखी लिएर कसैको विवाह, जन्मदिन, पास्नी त बेला बेलामा नेपाल बाट हङकङमा आइरहने कलाकार देखी नेताहरुको स्वागत कार्यक्रम, बिदाइ कार्यक्रमहरुमा सरीक भएर अतिथिको आसन ग्रहन गर्न भ्याइ नभ्याइ हुने गर्दछ। कार्यक्रम समापन पाश्चात् घर फिर्ती हुँदा प्राय रातको १, २ बज्ने गर्दछ। एक दिन होइन दुई दिन होइन। अध्यक्षको आनी बानी देखी वाक्क भएको श्रीमती रिसले राती चुर भएर घरको चुकुल लगाएर सुत्दा अध्यक्ष श्रीमान बिचरा सिढीमै सुत्नु परेको खबर प्राप्त भएको छ। समाजको लागि मरीमेट्ने अध्यक्षले श्रीमतीको भावना बुझ्न नसकेको हो की श्रीमतीले श्रीमानको आकङ्छा बुझ्न नसकेको हो ? हङकङमा भएका सबै सबै संघ सस्थाका अध्यक्षहरुले मनन् गर्नु पर्ने देखिन्छ। 
 
हङकङे नेताको जागीर
 
यस्तै अर्को समाचार हामीलाई प्राप्त भएको छ जस अनुसार हङकङको नेपाली समाजमा नेपाल बाट आयातित बिभिन्न राजनीतिक पार्टीहरु मध्ये कुनै एक पार्टीको अध्यक्ष जुनै पनि कम्पनीमा काम गरे पनि २, ३ महिना भन्दा लामो टिक्न नसक्ने कुरा साथीहरुको माझमा हाँसोको पात्र हुने कुरा हङकङ नेपाली डट कमलाई प्राप्त भएको छ। नेता भए पछि फोनहरु पनि अत्याधिक आउने तर उक्त नेताको कामको प्रक्रिति कन्सट्रक्सनको काम हुनाले दिन भरी सुपरभाइजरको निगरानीमा काम गर्नु पर्ने बेला बेलामा नेताको फोन आइरहने काम गर्न छाडेर फोन उठाउदा बोसको नजरमा ठगको सज्ञा पाउनाले काम गर्न भन्दा भाषण ठोक्न सजिलो हुने कुरा साथीहरुको माझ भन्ने गर्दछन्। उक्त नेताले माइक पाउनासाथ भाषण भने सुनामी ल्याउला जस्तो नै गरी कुर्लिने गर्दछन्। वर्तमान नेपालको सँक्रमणकालिन राजनीतिक समिकरणमा हरुवाहरुको मन्त्री मण्दल गठनमा नेपालमा भएको भए राज्यमन्त्री सम्म के हो के हो बुढी भनेर सपनामा बर्बराउने उक्त नेताको आफन्तले जानकारी गराएका छन्।
 
नोट - तपाईंहरुले पनि कतै त्यस्तो रोचक तथा घोचक खाल्को सामाग्री भएमा कमेन्ट बक्स वा हङकङ नेपाली डट कमलाई उपलब्ध गर्नु हुन बिनम्र अनुरोध गर्दछौ‌।