Home

श्रीमतीको साहसिक कार्य

E-mail Print PDF
AddThis Social Bookmark Button
समाचार सङ्कलन : मगर कान्छा

श्रीमतीको साहसिक कार्य

कुरो केही दिन पहिलेको हो। श्रीमतीलाई काममा जान्छु भनेर बिहानै घर बाट निस्केको श्रीमानलाई युनलोङ पार्कमा इन्डोनेसिएन केटी सँग हात समाएर हिंडेको आफ्नै हितैसी साथीले देखेको जानकारी फोन मार्फत गरेको रहेछ। साथी द्वारा त्यस्तो खबर प्राप्त गरे पछी रिसले आगो भएकी उक्त श्रीमती बुढोको झाको झार्ने उपाय सोच्दै आफ्नो रिसलाई समाल्दै जोर्डन बाट २६८बी बसमा एकजना सहयोगि साथी लिएर युनलोङ प्रस्थान गरेको रहेछ। बडो चलाखी पूर्वक आफ्नो श्रीमानले टाढै बाट देखिहाले भने पनि शिकारी श्रीमान आफ्नो हात बाट उम्केला भनेर मास्क लगाएर युनलोङ पार्कको सबै भाग चाहरेछन् । अन्त्यमा उक्त महिलाकी श्रीमान रुखको छहारीमा बसेर इण्डो सँग हाँस्दै गफ गर्दै बसेको फेला पारेछन्।

रिसले आगो बनेकी उक्त श्रीमतीले आफ्नो श्रीमानको काखमा बसिरहेकी इण्डोलाई लछारपछार गरिछन्। त्यो आक्रमण बाट बल्ल बल्ल फुत्केर भागेको र घटनास्थलमा उक्त इण्डो युवतिले मोबाईल र क्याप छोडेर हतारमा भागेको रहेछ। त्यसपछि घरमै श्रीमती हुँदा हुँदै आँखा छलेर इण्डो सँग हिंडेको भनेर श्रीमान श्रीमती बिच दोहोरो भिडन्त भएको समाचार मगर कान्छालाई प्राप्त भएको छ। भिडन्तमा श्रीमानको माथिल्लो दाँत पनि खसेको कुरा प्रत्यक्षदर्शी बाट जानकारी हुन आएको छ। दाँत किन र कसरी झर्यो भन्ने जिज्ञासामा प्रत्यक्षदर्शीको अनुसार हिँड घर जाँउ भनी श्रीमतीले श्रीमानको हातमा तान्दा हातमा लगाएको साइकोफाएव घडी फुक्लेर आएको र घर हिँड भन्दा पनि नमान्दा रिसको झोँकमा तेही घडीले प्रहार गर्दा उक्त पुरुषको माथिल्लो दाँत झरेको कुरा अबगत भएको छ। प्रत्यक्षदर्शीहरुको सहयोगमा उक्त पुरुषलाई मगर कान्छाले फोन संपर्क गरेर त्यो घट्ना घट्नु र घटाउनुमा कस्को हात रहेको छ भन्दा अहिलेनै यो वा त्यो भनेर भन्न नसकिने तर उस्को बिचारमा केही भारतीय बिस्तारबादीहरुको हात रहेको आसङ्का गरेको छु र आफ्नो प्रगती देख्न नचाहने केही छिमेकीहरु प्रती गुनासो फोनमा ब्यक्त गर्नु भएको छ।

 

सूचना - सूचना - सूचना

बर्ष अन्दाजी २५ देखी ३० बर्षको हाराहारीको हेर्दा नक्कल झक्कल औधी गर्ने बोल्दा मान्छेहरु सँग कोइलीको बोलिझै बोलेर बिशेष गरी पुरुष हरुलाई मोहित बनाउन सक्ने सर्बगुण भएको हङकङमा बिगत २ बर्ष देखी अबैधानिक तवरले रेफ्युजी भिसामा बसोबस गर्दै आइरहेको घाँटीमा, हातमा, खुट्टामा,कानमा सुनको गरगहना झपक्कै लगाएको उस्को नाम कसैलाई कोमलिका, कसैलाई प्रेरणा, कसै कसैलाई सुमित्रा भन्दै हिंड्ने त्यो महिलाको दु:ख देखेर जे भए पनि आफ्नै नेपाली दिदी बहिनी हो भनी मैले हेर्दै गरेको छोरीलाई हेर्न लगाइ केही कमाइ हुन्छ कि भनी आफु काममा गएको बेलामा मेरै श्रीमान माथि बक्र दृष्‍टि लगाएर त्यती सोझो श्रीमानलाई टेडोमेडो गरेर मेरो सुन्दर संसारमा कु गरेर मेरो पारिवारिक जीवन माथि तहसनहस बनाउन खोज्ने त्यो प्रेरणालाई हङकङको प्रत्येक दुले रेस्टुरेन्टहरुमा खोज्दा पनि भेट्न नसकेको भेट्यो भने तेस्लाई लछारपछार नगरी कहाँ छोड्छु ? हेर्नु है दिदी बहिनीहरु तपाईंहरु पनि आफ्नो बाबु नानी हेर्ने डोमेस्टिक राख्नु भन्दा आँफैले हेर्दा राम्रो हुन्छ। म त परेको मान्छे मलाई थाहा छ केटा मान्छेको पनि विश्वाश गर्न नहुने रहेछ। बरु यो फोटोको केटीलाई देख्यो भने मलाई खबर गर्नु है भन्दै पार्क, रेस्टुरेन्ट, सेलुन तिर सल्लाह र सुझाब दिने एक नेपाली दिदी सँग यो मगर कान्छा सँग अप्रत्यक्ष भेट भएको हुँदा अन्य नेपाली दिदी बहिनीहरुले नयाँ डोमेस्टिक राख्दै हुनु हुन्छ भने आफु भन्दा नराम्री कि आफु भन्दा बुढी डोमेस्टिक रोज्नु भयो भने रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेस भने जस्तै श्रीमानहरुलाई रोकथाम गर्न सकिन्छ कि भन्ने सूचना सुचित गर्दछु।

 
१५ पोका मासु र दुई केश बिएर नाटकिय सैलिमा गायव
 
हङकङमा भएको सबै जस्तो संघ सस्थाहरुको अर्थिक आय आर्जन भनेको आईतवारको दिन पारेर मङ्कीहिलमा र ताइमोसनमा बिबिक्यू को मासु र हुस्की बिएर बेचेर फाईदा भएको पैसाले नै यहाँको सँग सस्थाहरु चली रहेको छ। तेस्तै एक सस्था भित्र १५ पोका मासु र दुई केश बियर नाटकिय शैलिमा गाएभ भएको कुरा त्यो कार्यक्रमको समिक्षा कार्यक्रममा खुल्न आएको छ। खानपिन तथा पेय पदार्थ बिभाग को प्रमुख चर्पी गएको बेलामा युनीटमा एक जाना सहयोगि साथी राखेर जादा १५ पोका मासु र २ केश बिएर घोतला भएको हुन सक्ने अनुमान गरेको छ। खानपिन तथा पेय पदार्थ बिभागको असक्क्षमता र अपार्दर्सीताले गर्दा सस्थाको आर्थिक पक्ष अगाडि भन्दा पछाडि धकेलिएको हुनाले यो पटकमा फाईदा भन्दा अनुभव भएको र अब आउने कार्यक्रममा कसरी हुन्छ अत्याधिक मान्छेहरुको सहभागिता गराउने र कार्यक्रम हुनु भन्दा अगाडि राम्रो सँग प्रचार प्रचार गरी “५ पोका मासु किन्दा एक पोका फ्रिमा भन्ने” नराको साथमा कार्यक्रम सफल बनाउने सहमति भएको कुरा बजारमा हल्ला चल्न शुरु भैसकेको छ। अब आउने कार्यक्रममा समाजको गान्ये मान्ये ब्यक्तित्वोहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको हुँदा कसलाई सम्मान गर्ने भनेर नजर अन्दाज गर्दा महासंघले पहिलेनै सबै जस्तो ब्यक्तित्वोहरुलाई स्कुलमा साना नानीहरुलाई लाएन लगाए झै गरी सम्मान गरिसकेको हुनाले अब सम्मान गर्ने मान्छको अभाव भएको हुनाले आफ्नै सस्थाको काममा खट्ने बिबिक्यु को कोइला र मासु बोक्ने हरुलाईन नै सम्मान गर्ने निर्णय पारीत गरेको कुरा बजारमा सुन्नमा आएको छ कहाँ सम्म सत्तेता छ त्यो भगवान जानुन्।
 

Latest News