Home

म्यानेजरको नाक उपहार

E-mail Print PDF
AddThis Social Bookmark Button
समाचार सङ्कलन : मगर कान्छा
 
म्यानेजरको नाक उपहार  
 
कुरो धेरै पुरानो  होइन तर एक कान दुई कान हुँदै म्यानेजरको नाक उपहारको समाचार मगर कान्छाको हात परेको भने ताजै मान्नु पर्दछ। काममा साथी भाईहरु सँग मेरो बुढी त सुपरभाईजर हो पैसा पनि राम्रै कमाइ गरेको छ बेला बेलामा ओभर टाईम पनि भई रहन्छ तर बेला बेलामा बुढीको कपडा धुने र खाना पकाइ दिनु पर्ने हुन्छ भन्दै साथीहरुलाई भन्ने गर्दो रहेछ। 
 
हङकङको व्यस्त शहरमा नेपालको काम नहुने मान्छेहरुले जस्तो कस्ले के गरेको छ् भनेर चियो चर्चा गरेर हिंड्ने कसैलाई पनि फुर्सद हुँदैन यहाँ तर श्रीमान साह्रै सोझो भएको फाईदा श्रीमतीले उठाउंदा यहाँ नहुनु पर्ने भएको रहेछ।
 
उक्त दाम्पती बिच एउता पुत्र लाभ भएको रहेछ त्यसपछि इस्ट-मित्र, साथी-भाइ सबै भेट्न घरमा आउने नै भए तर जो पनि आउछ बाबा-आमा भने गोरो मतवाली जस्तो छ छोरो भने धोतीहरु जस्तो कालो न कालो कता गएछ छोराको अनुहार त बाबा जस्तो पनि छैन आमा जस्तो पनि छैन भन्ने गर्दो रहेछन्।  साथीहरु बिच केही दिन पश्चात चर्चा चल्न सुरु गरेछ फलनाकी छोरा त ठ्याकै उस्ले काम गर्ने ठाउँको म्यनेजर धोती जस्तै छ। नाक पनि उपहारै दिए जस्तो।
 
याहू कुमारको करामत
 
बाल बच्चाको स्याहार सुसार हङकङमा भन्दा नेपालमा राम्रो हुने हुनाले याहू कुमारले अफ्नो श्रीमती र बाल-बच्चाहरुलाई नेपाल पठाएको रहेछ तेस पछी याहू कुमार हङकङको लागि कुमार केटा सरह भएको थियो। काम   बाट घर आए पछी खान पिन पस्चात जहिले पनि याहू रुममा गएर च्याट रुममा केटीहरु सँग चकाब हान्दै आफु अभिवाहित रहेको र सानो तिनो ब्यापारमा लगानी रहेको कुरा केटीहरुलाई चकाब हान्ने गर्दो रहेछ। भोली डिउटीमा साथीहरुको माझ च्यातमा यस्तो केटी भेटियो , त्यस्तो केटी भेटियो  भन्दै साथीहरुलाई सुनाउने गर्दो रहेछ। तेसैले साथीहरुको माझ उस्को नाम याहू कुमारले प्रख्यात भएको रहेछ। कसै कसैले त उस्लाई याहू च्यात रुमको किङ पनि भन्दो रहेछ। हुँदा हुँदा याहू कुमारले याहू च्यात रुम  द्वारा  एउटी गर्ल फ्रेन्ड पनि बनाएको सुचना  यो मगर कान्छालाई प्राप्त भएको  थियो। नेपालमा बाल- बच्चा, श्रीमती भएको मान्छेले गर्ल फ्रेण्ड बनाएर के गर्न खोजेको होला भन्ने जिज्ञासा यो मगर कान्छालाई पनि जागेको थियो।
 
केही महिना पस्चात याहू कुमारको श्रीमती हङकङ आउने निधो भये पछी याहू कुमारको करामत आफ्नो गर्ल फ्रेण्डलाई देखाएको रहेछ। त्यो करामतको चर्चा एक कान दुई कान मैदान हुँदै जाँदा मगर कान्छाको कान सम्म पनि आइपुगेको थियो। कुरो के रहेछ भनी बुझ्दा याहू कुमारले आफ्नो गर्ल फ्रेण्डलाई हेर तिमीलाई मैले नचाहेर पनि मेरो वास्तविक् कुरोहरु लुकाएको थिए वास्तवमा म बिवाहित मान्छे हुँ मेरो श्रीमती र छोरा छोरी पनि छन्। उनिहरु यो आउने हप्ता आइडी इन गर्न हङकङ आउँदै छन्। मेरो ठुली छोरी त तिमी जत्रै बिहे गर्ने उमेरको भाईसकेको छ्। मेरो तर्फ बाट गल्ती भये माफ गर भन्न नभ्याउदै याहू कुमारको गर्ल फ्रेण्डले आमा म त बरबादै भएनी भन्दै रुदै म कहाँ जाम-------------म के गरु भन्दै रोएको समाचार प्राप्त भएको छ।
 
हङकङको कमरेडहरुले नेपाली नागरिकता हाप्न तयार तर नेपाली राजनीति हाप्न -------!
 
केही दिन अगाडि मात्रै नेकपा एमाले हङकङ कमितीको तेश्रो अधिबेशनलाई सफल  पार्न  नेपालबाट  नेकपा एमालेका अध्यक्ष कमरेड झलनाथ खनाल हङकङ आउनु भएको थियो। जुन दिन ताम झामका साथ तेश्रो अधिवेशन सफल पनि भयो तर उक्त दिन कतिपय कमरेडहरु भने बिर्टिसको नागरिक भाई सकेर पनि नेपाली राजनीतिको नशाले छोड्न नसकेरा होकी अधिवेशन हुनु अगावै  देखी कमरेड खनाल नेपाल नजादा सम्म निक्कै डौद धुप गरेको मौसमी समाचारको सम्वाददाताले मगर कान्छालाई जानकारी गराएको थियो।  
 
यसरी आफ्नो देशलाई चटकै माया मारेर नेपाली नागरिकता हाप्न सक्ने कमरेडहरुले किन आफुले त्याग गरिसकेको देशको राजनीति हाप्न नसकेको होला भन्ने कुरा अमेरिका र बिर्टिसका बैज्ञानीकहरुले थाहा पाये भने ठुलो अनुसन्धानको बिषय हुन सक्ने अनुमान जोर्डनको दुले रेष्टुरेन्टहरुमा बिएर ले तन्न मातेर गर्मा-गर्मी बहस सम्म चल्ने गरेको कुरा सुन्नमा आएको छ।
 

Latest News