Home

फियोना हङकङको अफिस फोड्नेहरु ३ चिरामा बिभाजित

E-mail Print PDF
AddThis Social Bookmark Button
फियोना हङकङको अफिस फोड्नेहरु ३ चिरामा बिभाजित
 
एक ताका हङकङको सबै भन्दा पुरानो नेपालीहरुको सँस्था फियोना हङकङको अफिस तोडफोड हुँदा बजारमा एउटा तहल्का मच्चिएको थियो। त्यो अफिस किन र के को लागि फोडियो भन्ने कुरा बिभाजित भैसकेका तीन चिरा मध्येका एक चिराबाट भर पर्दो सुचना मगर कान्छालाई प्राप्त भएको छ।
 
विस्तृत रुपमा किन र के को लागि फोडियो भन्ने जिज्ञासा भए अफिसको सामानहरु यो जेब्रामा हाल्नोस् भन्दै अगाडि सर्नेहरु जो अहिले फेरी पद पाईन्छ कि भनेर एमाले हङकङ कमिटी मै घुस्रिन गएका छन् उनीहरुलाई नै सोधे प्रस्ट हुनेछ। मैले जानेको त्यै पद नपाउँदा राती राती १२ बजे सुतिरहेको मान्छेलाई जरुरी काम पर्‍यो भनेर बोलाएर अफिसको सर-सामानहरु यो जेब्रामा हाल्नोस् त्यो पनि यस्मै हाल्नोस् भनेर सामान बोक्न बोलाउने हरु तेही पद पाउछँ कि भनेर टाउको घुसाउन जानेहरु देखी मलाई रिस उठीरहेको छ। हुन त ति ------- हरुले पार्टीमा लागेर पाउने केहि होइन। हङकङ जस्तो ठाउँमा चौकीदार र कुल्ली नगरी तेस्को पार्टीले खान लाउन दिदैन म चैँ अब स्वतन्त्र बस्छु। जुन पार्टीले राम्रो काम गर्छ उसैलाई मेरो समर्थन जानेछ भन्नु भएको थियो। तपाईंको सहयात्रीहरु कुनै नेकपा एमाले हङकङ कमिटी मै समाहित भए। कुनै टिका लगाएर ए माओवादी प्रबेस गरे अब तपाईं के गर्ने ? भन्दा गर्ने सर्नेको कुरा छोड्नोस् फियोनाको अफिस तोडफोड गर्नेहरु ३ चिरामा बिभाजित भनेर मौसमी समाचारमा प्रकाशन गर्नोस् अरु कुरा पछी गरौँला भन्नु भएको थियो भने ६ जनामा पनि ३ चिरा हुन्छ भने आखिर राजनीति चिरा चिरा पार्नको लागि हो ? भनेर जेब्रा थाप्ने लाई प्रतिप्रश्न गर्नु भएको छ। 
 
श्रीमती काममा श्रीमान इन्डो सँग
 
आईतवारको दिन रहेछ घरमा चाहिँ बिदा छैन भनेर ओभर टाइम हो भनी श्रीमतीलाई ढाँटी इन्डो सँग बीग बुद्ध घुम्न गैरहेको रहेछ। अगस्ट महिना गर्मी गर्मी भएर नै होला हङकङमा बिशेष गरी कन्सट्रक्सनका नेपाली महिलाहरुले घामले डढेर कालो भाईन्छ कि भनी रुमालले अनुहार छोप्ने गर्दछन्। बिचरा त्यो युगल जोडी हातमा हात समाएर यम टी आर बाट निस्की केबुल कारतिर अगाडि बढी रहेको बेलामा बाटो सफा गर्दै गरेकी महिलाको नजिक जब पुगेको रहेछ उक्त महिलाले ठिँग उभिएर "हैन कता हौ दाजु ?" मात्र के भनेकी थिइन् श्रीमतीलाई ढाटी इन्डो सँग विग बुद्ध घुम्न गैरहेको उक्त पुरुषले इन्डोको हात छाडेर कुलेलम ठोकेको समाचार मगर कान्छालाई प्राप्त भएको छ।
 
यो समाचारका समाचारदाताका अनुसार आफ्नै साथीको बुढो इन्डो सँग हिंडेको देखेर साथीलाई काममै फोन गरेर सबै कुरा अवगत गराए पस्चात श्रीमती चाहिँ बोस सँग बिदा मागेर घर आउँदा श्रीमान घर आएर सुती रहेको रहेछ। "काममा जान्छु भनेर कुन चै इन्डो सँग घुम्न गएको थीइस् ? भन् आज कि त छैनस कि मै छैन आइज" भनेर श्रीमान श्रीमती बिच हात हाला-हाल हुँदा "गुहार गुहार यो रन्डोले मलाई मार्यो" भन्दा उस्कै रुम पार्ट्नर छिमेकिले छुटाउन जानु परेको कुरा मगर कान्छालाई फोनमा भन्नु भएको थियो। उक्त झगडामा श्रीमानको अनुहार र शरीर भरी नँग्राले कोतरेको डामहरु देखिन्थे भने उक्त पुरुषले श्रीमतीलाई पिट्दा थला पर्ने गरी कुटेको हुनाले भोली पल्ट आफैले अस्पताल लगेको समाचार प्राप्त भएको छ।
 
घटना भएको ३ दिन पछी उक्त दम्पतिको पारिवारिक स्थिति कस्तो छ भनी संगै पल्लो कोठामा बस्ने छिमेकी सँग कुरा बुझ्दा अहिले दम्पती बिच ५ बुँदे सहमतीमा भएको कुरा भन्नु भएको थियो। सहमतीका बुँदाहरु यसप्रकार रहेछन् :
 
१- श्रीमतीको सुन्दरतामा खेलवाड गर्न नपाईने
२- भिसा कार्ड र ब्याङ्क कार्ड श्रीमतीले राख्न पाउनु पर्ने
३- दिनमा ५० डलर भन्दा बढीट खर्च गर्न नपाईने गरेको खन्डमा स्पष्टिकरण दिनु पर्ने
४- बेलुकी ८ बजे भित्र घर आइसक्नु पर्ने र आईतबार मोबाईल अफ गर्न नपाईने
५ - यदी माथिका सम्झौताहरु उलंघन गरेमा डिपेण्देण्ट भिसा रोक्का हुने

उल्लेखित चेतावनीहरुका साथ आफ्नै रुम पार्टनर साक्षी राखी सम्झौता पत्रमा सही गरेको समाचार छ। 
 

धर्म भाई भनेर भाई टिका लगाउने सँग लभ
 
दुई तीन महिना अगाडीको कुरा हो वानचाईमा बसोबास गर्ने एउटी महिला प्रत्येक वर्ष भाई टिकामा भाई भन्दै टिका लगाउने धर्म भाई भनाउँदो सँग पोइल जाँदा श्रीमान बेहोस् भएको समाचार मगर कान्छालाई प्राप्त भएको छ। हाम्रो समाचार दाताका अनुसार उक्त महिलाकी श्रीमानले पहिले पहिले फोनमा कुरा गर्दा "एक जना मेरै बुढीको भाई (भाईटिकामा टिका लगाएर धर्म भाई मानेको) पनि मेरो मै राखेको छु कोठा खाली भएर" भन्दा "हङकङमा दिदी-भाई भनेर विश्वास गर्नु हुन्न दाई। तपाईं नाइट डिउटी गर्नु हुन्छ घरमा दिदी मात्र" भन्दा "हेर भाई सबै कुरो विश्वाश मै अडेको हुन्छ मेरो बुढी माथि एक रती पनि संका छैन" भनेर भनेकै एक महिना पछि श्रीमती र धर्म भाई भनाउँदो बुढो डिउटी गएको मौका पारेर नेपाल पुग्दा बल्ल उस्को श्रीमानले थाहा पाउँदा बेहोस् भएर ढलेको समाचार उपलब्ध भएको थियो। "त्यो डाँकाले मेरै सालीलाई डिपेन्डेन्ट आइडी दिन्छु भनेर मख्ख पारेर मेरै श्रीमतीलाई टुना मुना गरेर भगाएको जस्तो छ। मैले भेटे भने मलाई धर्म भाई भन्दै थाङ्नामा सुताउने त्यो आईमाई र त्यो डाँका सँग मेरो महासङ्राम हुनेछ" भन्दै हिंडेको समाचार छ। 
 
नोट : माथिका समाचारहरु सत्य तथ्यमा आधारित रहेको जानकारी हाम्रो पाठक मित्रजनहरुमा अबगत गराउन चाहन्छौ।
 

Latest News