Home

नम्रता श्रेष्ठको जस्तै अर्को नेपाली नारीको अश्लिल भिडियो

E-mail Print PDF
AddThis Social Bookmark Button
नम्रता श्रेष्ठको जस्तै अर्को नेपाली नारीको अश्लिल भिडियो
 
हालसालै हङकङमा नेपालीहरुको बीचमा नम्रता श्रेष्ठको जस्तै अर्को नेपाली चेलीको अश्लिल भिडियो प्रत्येकको मोबाईल सेटहरुमा छ्याप छ्याप्ति छाएको छ। उक्त अश्लिल भिडियोको नायक भने आफ्नै नेपाली मुलको नभै पाश्चिमी मुलका गोरा भएको समचार प्राप्त भएको छ।
 
केही मान्छेहरुका अनुसार उक्त अश्लिल भिडियोका नायिका भने हङकङ बसोबास गर्दै आइरहेको नेपाली नारी भएको कुरा प्रस्ट पारेका छन्। वानचाईमा बसोबास गर्दै आइरहेको एकजना मामाका आनुसार उक्त अश्लिल भिडियोको नायिकालाई पटक पटक देखिरहने, भेटिरहने भर्खरकी भान्जी भएको र नायक भने विदेशी गोरा भएको हुनाले भिडियो सबैले एक पटक हेर्न लायकको रहेको जानकारी गराएका छन्। "३० बर्ष अगाडीको आर्मी लाईफमा यस्तो खालको भिडियो हेर्न पाएको भए कत्ती नम्बरीहरुलाई राहत मिल्ने थियो। हेर्नोस भान्जा नमरी बाचेँ धेरै धेरै कुराहरु हेर्न पाईदो रहेछ। अब १५ बर्ष बाचेँ भने र जापानी र गोराहरुको जस्तो नेपालीहरुको पनि वेबसाइटमै छानी छानी हेर्न पाईन्छ होला" भन्ने आशा राखे।
 
 
तँ आजबाट मेरो जिन्दगी देखि मरिस् भनेर बेहोस ----------! 
 
हाम्रो मौसमी समाचारको समाचारदाताका अनुसार दुई हप्ताको छुट्टीमा नेपाल जान्छु भनेर हिंडेको आफ्नो बोइफ्रेन्ड २ महिना सम्म हङकङ फर्केर नआउँदा चिन्तामा पर्नु त स्वाभाविककै हो। जहिले पनि फोन गर्दा टिकट "मिलाउँदै छु अब आउँछु" भन्दै टार्ने उसको बोइफ्रेन्ड भनाउँदोले नेपालमा अर्कै सङ्ग बिहे गरिसकेको रहेछ। यहाँ हङकङ बाट बारम्बार "कहीले फर्कने?" भन्दै फोन गरीरहँदा प्रेमलाई ब्यापार बनाउने उक्त पुरुषले कसरी टाढा हुने भन्दै सोचिरहेको रहेछ। यहाँ हङकङको गर्लफ्रेण्डले राती सुत्दा नराम्रो सपना देखेर बिहानै उठेर आफ्नो बोइफ्रेन्डलाई फोन गर्दा बेहोस भएको समाचार प्राप्त भएको छ।

कुरो के रहेछ भने उक्त युवती बिहानै उठेर काममा जानु भन्दा अगावै आफ्नो बोइफ्रेन्डलाई फोन गर्दै "हेर न मेरो राजा आज राती मैले कस्तो नराम्रो सपना देखेर कतै तिमीलाई सन्चो भएनकी भनेर फोन गरेको" भनिछन्। त्यही बेलामा उसको बोइफ्रेन्डले यही हो मौका भनेर "ए हो र कालि ? ला मैले त बिहे गरे नी हाउ। तिमीलाई भनुँला भनेको समय नमिलेर। हेर न यदि मैले भनेको केटी बिहे गरेनस् भने झुन्डेर मर्छु भन्यो आमाले, त्यसैले आमाको खुशीको लागि भने पनि बिहे गर्नु पर्‍यो" मात्र के भनेको रहेछ त्यस पछि उक्त महिलाले "तँ आज देखि मेरो जिन्दगी देखि मरिस्" भनेर बेहोस भएर ढलेको समचार प्राप्त भएको छ।
 
हामीलाई प्राप्त जानकारी अनुसार उक्त युवतीले आफ्नो जीवन माथि खेलवाड गर्ने बोइफ्रेण्ड भनाउँदोलाई अब हङकङमा, नेपालमा, युकेमा, आकाशमा, धर्तीमा, पातलमा जहाँ गए पनि नछोड्ने प्रतिज्ञा गरेको समाचार प्राप्त भएको छ। 
 
 
सर्भेको फेसन 

हङकङमा अहीले सर्भेको फेसन चलेको छ। केही महिना अगाडि साप्ताहिक रेडियो कति जानाले सुन्छन् ? भनेर एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले सर्भे गरेर बजारमा रातारात चर्चामा आए। तेस्तै केही महिना अगाडिकै कुरो हो नेप्लिज कन्स्ट्रक्सन वर्कर्स युनियन्ले पनि हङकङमा बस्ने नेपालीहरुले कति कमाउछन् ? कति खर्च गर्छन् ? निकट भविष्यमा हङकङमै बस्ने कि युके वा नेपाल जाने ? भनेर सर्भे गर्‍यो। यी सर्भे आफ्नो ठाउँमा राम्रा पक्षहरु अवष्य होलान्। तेस्तै खालको अन्य सर्भेहरु हुनुपर्ने हल्ला बजारमा चल्न शुरु भएको छ "हङकङ नेपाली माहासंघको औचित्य छ की छैन ?"
 
आउने नयाँ बर्ष २०१० सालमा हङकङ नेपाली महासंघ सँग आवद्ध केही अन्य संघ सस्थाहरुले पनि हात झिक्ने मनस्थितीमा रहेको बजारमा हल्ला चल्न थालेको छ। कुनै कुनै संघ सँस्थाका अध्यक्षहरु रात बिरात सामाजिक कार्य गरेर हिड्ने हुँदा राती घरमा फर्किदा आफ्नै श्रीमतीले अबेर घरमा आएको निहुँमा घरको चुकुल लगाइदिँदा आफ्नै घर पस्न पनि बन्चित भएको समाचार बजारमा सुनेकै छौ भने अर्को तिर बाऊहरु संघ सँस्थाको अध्यक्ष तर छोराहरु ड्रग्सको कुलतमा फसेको समाचर पनि सुनिएकै छ। आफ्नै घर परिवार बनाउन नसक्नेहरुले समाज कसरी बनाउँछन् ?
 
यस्तै प्रसँगमा एक दिन मगर कान्छा बसमा यात्रा गर्दै गर्दा दुइजाना महिलाहरुको कुराकानी सुनेको थियो। "हेर बहिनी तिमीले पनि तिम्रो बुढोलाई संघ सस्थामा हिंड्न बन्द गरिदेउ। मैले त बन्द गरि दिए सधैं अध्यक्ष कहाँ गयो भन्दै केटीहरुले फोन गरेको गरै गर्ने केटा मान्छेहरु तेस्तै हो। एक दिन भेट्छ हाँस्छ। दोश्रो दिन भेट्छ बोल्छ। तेश्रो दिन भेट्छ म्याक खान जाम भन्छ। तेसपछी आफ्नै घरमा भएको बुढी भुल्छन्।" 

"हो त नी दिदी त्यो फलना संघको अध्यक्षले संघ सस्थामा हिड्दा हिड्दै कान्छी ल्यायो मैले पनि कति गाली गर्छु अब अर्को बर्ष बाट हिड्दिन भन्दैछ। हेर्नु न त्यो फलना भाई धेरै पढेको पनि होइन हङकङ आएर खुरु खुरु काम गरेर फ्ल्याट किनी सक्यो मेरो बुढो भने नेता बनेर हिड्ने जहाँको त्यही छ। कसैले पत्याउने होइन बेकारमा ----------------अहीले सम्म केही जोड्न सकेको होइन !"

समग्रमा भन्नु पर्दा हङकङमा धेरै खालको सर्भेको खाँचो छ।
 

Latest News