समाचार सङ्कलन : मगर कान्छा
छोरी----- बोइफ्रेन्ड बनाउने भए युकेको लाहुरे बनाउनु !
युकेको लाहुरे हुनु, युकेको लाहुरेको बाउ बन्नु, युकेको लाहुरे ज्वाँई बनाउने यी सबै रहरहरु सबैको नहोला तर चाहना भने धेरै जस्तो मान्छेहरुको भएको हुनुपर्छ। युनलङमा बस्ने एक जना दम्पतीको फर्म ३ मा अध्यन गर्दै गरेकी छोरीलाई आमा बाबाले नै अब छोरी ठुली भइस् बोइफ्रेण्ड बनाउने भए युकेको लाहुरे खोजेर बनाउनु हङकङको बोइफ्रेण्ड बनायो भने भविस्य खत्तम छ भन्ने अर्ति दिने गरेको खुलासा मौसमी समाचारको लागि प्राप्त भएको छ। युकेको लाहुरे ज्वाँई बनाउँदा हुने फाईदा र नहुँदा हुने घाटा मौसमी समाचारको लागि उक्त दम्पती बीचको कुराकानी समाचारदाताले मगर कान्छालाई फोनमा यसरी सुनाएका थिए - "हेर छोरी हङकङको केटा सँग बिहे गर्यो भने घाटै घाटा हुन्छ। हङकङको केटाहरु सबै माल खाने त्यापेहरु मात्र हुन्छन्। बरु युकेको लाहुरे सँग बिहे गरिस् भने बुढो मरे पनि जिन्दगी भारी पेन्सन खाएर बस्न पाइन्छ। युकेको लाहुरेहरु हङकङको केटाहरु जस्तो माल खाने त्यापेहरु जस्तो हुदैनन्। हङकङको त्यापेहरु सँग बिहे गर्यो भने जिन्दगी भर उनीहरुलाई पालेर बस्नु पर्छ। अस्ति भर्खरै चुनवानमा बस्ने अङ्कलको छोरीलाई हङकङकै एक जना केटा माग्न गएको थियो रे। हङकङको केटाहरु त माल खाने त्यापेहरु मात्र हुन्छन् भनेर अङ्कलले आफ्नो छोरीको मगनी रिजेक्ट गरेको थियो" भन्दै आफ्नी छोरीलाई भन्ने गरेको समाचार मौसमी समाचारलाई प्राप्त भएको थियो। कतै तपाईंहरु पनि युकेको लाहुरे ज्वाँई खोज्ने तरखरमा त हुनुहुन्न ?
सुपर कन्यालाई जीवन साथी रोज्न समस्या
हङकङको नेपाली सुन्दरीहरुको हुल भित्रको एक जना सुन्दरीलाई आफ्नो जीवन साथी रोज्न निक्कै समस्या परेको कुरा मौसमी समाचारको लागि प्राप्त भएको छ। हङकङ आएको १२, १३ बर्ष सम्म पनि सुश्री भई रहने प्रेणाको श्रोत कहाँ बाट पाउनु भयो? तपाईंको बोइफ्रेण्ड छैन? की खोजिदिनु पर्ने हो भन्ने मगर कान्छाको प्रश्नमा उहाँले यो प्रश्नको उत्तर धेरै जनालाई धेरै पटक दिएको तर पनि तपाईंले सोध्नु भयो सुन्नुहोस भनेर यसरी भनिन्। "हुनत बिहे नगरी बस्नु पर्ला भन्ने सोचेको छु। बिहे गरे पछि टेन्सनै टेन्सन हुने रैछ। पोहोर साल मेरो साथीको एक जना कमरेड सँग बिहे भएको थियो। खाना पकाउँदा दालमा नुन कम भए पनि दालमा कु गरेर नुन कम हालिस भन्छन् रे, तरकारीमा नुन बेसी भए पनि कठपुतली तरकारी बनायो भन्छन् रे, खानामा एक दिन मासु भएन भने मासु बेगर आजको खाना समानुपातिक भएन भन्छन् रे। हुनत मेरो पनि एक जना गायक सँग पर्ला पर्ला जस्तो छ। तर मलाई पनि कतै भोली दाल पकाउदा नुन कम भयो भने "ओराली लागेको हरिन" जस्तो दाल पकाएछौ भन्ने होकी? पत्रकार सँग त झन लभ गर्नै हुन्न रे। जे गर्दा पनि कहाँ, कहीले, कसरी, किन, कसलाई भनेर प्रश्न सोध्ने बानी हुन्छ रे" भनेकी थिइन्। दालमा नुन चर्को भए पनि, मासुमा नुन नलागे पनि कम्पेलेन नगर्ने खालको, बुढी मरेको वा बुढीले छोडेको जस्तो भए पनि हुने कुनै ईच्छुक माहानुभाव भएमा एक पटक नजर लगाउंदैमा नबिग्रिने कुरा फोनमा प्रस्ट पारेकी थिइन्।
ढंग हुने रेफ्युजीहरुको कमाई राम्रै
हङकङका नेपाली रेफ्युजीहरुले पनि झन्डै झन्डै नेपाली आइडी होल्डर महिलाहरु सरह कमाइ गर्न सक्छन् भन्ने समाचार मौसमी समाचारको लागि प्राप्त भएको छ। ढंग हुने रेफ्युजीहरुले महिनाको लगभग ५ देखी ६ हजार हङकङ डलर कमाउन सक्ने कुरा एउटा आँकलन बाट देखिन आएको छ। यदी २ जना बच्चाहरु हेर्ने ठेक्का मिल्यो भने ३५०० देखी ४००० डलर सम्म कमाउन सक्ने र त्यसमा पनि रेफ्युजी भत्ता १००० देखी १५०० डलर रकम अनी रेफ्युजीले पाउने रासन-पानी बेच्दा मालामाल हुने देखिएको छ। बोइफ्रेन्ड हुने रेफ्युजीहरुले त महङ्गो महङ्गो मोबाइल, महङ्गो महङ्गो ब्राण्डका कपडाहरु गिफ्ट पाउने कुरा पनि यदा कदा सुन्नमा सकिन्छ।
हङकङ सरकारले नेपाली घरेलु कामदारहरुलाई भिसा प्रतिबन्ध लागाए पश्चात नेपाली रेफ्युजीहरुको डिमान्ड झनै बढेको छ। कसैको बालबच्चा हेर्ने मान्छे चाहिएको छ भने उल्टो रेफ्युजीहरुले लिफ्त भएको बिल्दिङ हो की नभएको, कति जना बाल बच्चा छन्? कति जना फेमिली छन्? घरमा स्टार प्लस, इन्टरनेट सेवा भए नभएको जानकारी लिएर मात्र काम गर्ने नगर्ने निर्णय उनीहरुले गर्ने गर्दछन् भन्ने कुराहरु बजारमा यत्र तत्र सुनिन थालेको छ।