Home

मौसमी समाचार (ब्यङ्य)

E-mail Print PDF
AddThis Social Bookmark Button
समाचार सङ्कलन : मगर कान्छा

तरुनी फसाउन हङकङ आइडिको दुरुपयोग
 
हालसालै मौसमी समचारको लागी नयाँ खुराक तरुनी फसाउन हङकङ आइडिको दुरुपयोग भएको समाचार प्राप्त भएको छ। कुरो के रहेछ भने आइडिको दुरुपयोग गर्ने सो ब्यक्तिले म हङकङको आइडिहोल्डर हुँ, बिहे गरेर तिमीलाई पनि साथमा हङकङ लैजान्छु भनेर तरुनीको मन जित्न हङकङ इमिग्रेसन बाट प्राप्त हुने डिपेण्डेण्ट आइडिको स्पोन्सर फर्ममा सहि गराइ सांचिकै हङकङ लैजाला झैं गरेर बिदेश प्रस्थान गर्दा चाहिने पासपोर्ट बन्दोबस्त गर्न लगाइ झुठो माया गरेर पिके क्याम्पसमा अध्यनरत उक्त युवती संगै केही महिना काठमाडौंमा साथमै राखेर हङकङ आउने बेलामा भूमिगत तरिकाले लुकेर आएको समाचार प्राप्त भएको छ। सो ब्यक्ति हङकङका आफ्ना साथीभाईहरुको बीचमा लेडी किलरको उपनामले पनि चर्चित रहेको जानकारी दिएका छन्। इन्डोनेसियन र फिलिपिनीको त किङ हो त्यो मान्छे, हङकङमा श्रीमती र बाल बच्चाको साथमा बसोबास गर्दै आइरहेको सो मान्छे नेपाल छुट्टीमा गएको बेलामा पनि आईडिको दुरुपयोग गरेर कुन सोझीलाई खत्तम गरेछ भनेर फोनमा मौसमी समाचारको लागि जानकारी गराएको थियो।
 
 
गीरिजाबाबुको मृत्‍युमा हङकङमा पनि केश मुन्डन
 
हङकङको स्थानिय नेपाली राजनितिमा निक्कै चलखेल गर्ने एकजना नेताले पनि गिरिजाबाबुको मृत्‍युको खबर पाउनासाथ आफ्नो केश मुन्डन गरेको समाचार ढिलै भए पनि मौसमी समाचारको लागि प्राप्त भएको छ। नेपाली राजनीतिका धरोहर गिरिजा प्रसाद कोइरालाको दुखद निधनको समाचार पछि केही दिन त खाना पनि नखाएको (आफन्त मर्दा नुन बार्ने प्रचलन) समाचार सुन्नमा आएको छ। अब निकट भविस्यमा नेपालमा शान्ति प्रकिया तर्किक निस्कर्समा नपुग्दा सम्म र अहीले सम्म हङकङमा बसेर नेपाली राजनितिमा गरेको सफलता र अनुभव अनि मजदुरी गरेर कमाएको केही पैसा नेपाल गएर नेपाल र नेपालीको लागि समर्पित भएर राजनितिमा हामफाल्ने तयारिमा रहेको कुरा नजिकै नातागोताले जानकारी गराएका छन्। उक्त नेताको अहिले सम्ममा पांचौं श्रीमती भएको र नेपालमा ५ बर्ष अगाडिको स्थिती स्थिर रहेको भए माओवादीको भाटे कारबाहीमा पर्ने खालको व्यक्ति थियो भनेर उसैको छिमेकीले मौसमी समाचारको लागि जानकारी गराएको थियो। जे होस् उहाँको नेपाली राजनीति प्रतिको गहिरो झुकावलाई हामीले स्याल्युट गर्नै पर्दछ ल ! 
 
 
होईन किसन राईले इश्वर खाँणलाई कुटेको की ईश्वर खाँणले किसन राईलाई कुटेको ?
 
हालसालै हङकङको नेपालीहरु बीचमा साप्ताहिक एभरेष्ट पत्रिकाका सम्पादक किसन राईलाई जनसम्पर्क समिति हङकङका अध्यक्ष इश्वर खाँणले एक कार्यक्रममा कुटेको समाचार बजार भरी चर्चाको बिषय बनेको छ। तर अनौठो आफ्नै पत्रिकामा आफु कुटिएको समाचार आजको मितिसम्म पनि छापिएको छैन। त्यसैले बजारमा यो बिषयमा चर्चा भईरहेको छ होईन भएको के हो ? कसै कसैले त महावाणिज्यदुतको बारेमा झगडा परेर हो भन्छन्। जे होस् हङकङका एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरु १२ घन्टे जागिरले लखतरान भएर होला सबै चुपचाप बसेका। नत्र नेपालमा भएको भए कति टायर जलिसक्ने थियो, कति गाडिका शिसा फुटीसक्थ्यो, नेपाल बन्द हुन्थ्यो। हङकङमा नेपालीहरुको पत्रकार संघ पनि छ तर किन कानमा तेल हालेर सुतेको होला ? कमसेकम दोषी माथि कारबाही हुनुपर्दछ भनेर प्रेस बीज्ञप्ती आउनु पर्ने होइन भन्ने जिज्ञाशा नेपालीको भट्टिमा जम्ने म्यारिजको खाल देखि कन्स्ट्रक्सनमा काम गर्नेहरुको लन्च ब्रेक देखी लाहुरे मामाहरुको नम्बरी नम्बरीको फोन सम्म चर्चा छलेको छ है। कुटाकुट भए पनि दाँत त झरेको छैन होला नी ? 
 

Latest News