ससुरा र बच्चा हेर्ने डोमेस्टिक हेल्पर आपत्तिजनक अवस्थामा
हामी अन्तरराष्ट्रिय बिहे गर्ने लाई खोइ सम्मान ?
हङकङ बाट युके जानेहरुलाई सुझाव
समाचार सङ्कलन : मगर कान्छा
जुन २५ २०१० हङकङ
ससुरा र बच्चा हेर्ने डोमेस्टिक हेल्पर आपत्तिजनक अवस्थामा
हङकङको शेङ्वानमा बसोबास गर्दै आइरहेको एक नेपाली दम्पतीले आफ्नो बच्चा हेर्न राखेको डोमेस्टिक हेल्पर आफ्नै ससुरा सँग आपत्तिजनक अवस्थामा देखे पछि जागिर बाट उक्त डोमेस्टिक हेल्परलाई निस्कासन गर्नु परेको समाचार मौसमी समाचारको लागि प्राप्त भएको छ। उमेरले ६० नाघे पनि निरोगी रहेका उमेरले मामा भई सकेका उक्त मामाका श्रीमती भने नेपालमा रहेको कुरा सुन्नमा आएको छ। हुनत उमेरले बुढो भए पनि नेपालमा दुई तीन पटक यस्तै तरुनी काण्डमा पास भईसकेर बुढेसकालमा छोरा बुहारी सँग बस्न हङकङ आएका थिए। उक्त डोमेस्टिक महिलालाई कतै छोराले सौतेनी आमा, बुहारीले सासूआमा र नातीले बजु भन्नु पर्ने दिन कतै आउने होकी भनेर काम बाट निस्कासन गर्नु परेको कुरा आफ्नै साथी सँगिनीहरु बाट एक कान दुई कान हुँदै मौसमी समाचारको मुलढोका सम्म आइपुगेको छ। हावा नचली पात हल्लिदैन भन्छन् की कसो हो ?
हामी अन्तरराष्ट्रिय बिहे गर्ने लाई खोइ सम्मान ?
३० देखि ४० हजारको नेपालीहरुको जनसंख्या रहेको यो हङकङमा झन्डै १५० भन्दा धेरै संख्यामा रहेका भिभिन्न संघ सस्थाहरु छन्। यतिका धेरै संघ सस्थाले कुनै न कुनै कार्यक्रम गर्दा कुनै न कुनै ब्यक्तिहरुलाई खोजी खोजी सम्मान गरेको देखिन्छ। कसैको बिहे होस, कसैको पास्नी होस, कसैको घरमा भोजभतेर होस साथमा खादा नलिई नआउने मान्छे कमै हुन्छन्। नाचे पनि सम्मान, गाँउदा पनि सम्मान, डोरी ताने पनि सम्मान, ठेलो हाने पनि सम्मान, भलिबल खेले पनि सम्मान, फुटबल खेले पनि सम्मान, बास्केटबल खेल्नेलाई पनि सम्मान गर्ने संघ सस्थाहरुले नेपाल सरकारले अन्तर्जातीय बिहे गर्ने जोडीहरुलाई नगद राशीले सम्मान गरीसक्यो हामी अन्तरराष्ट्रिय बिहे गर्ने (इन्डो, फिली बिहे गर्नेहरु) लाई पनि किन हङकङको संघ सस्थाले सम्मान गर्न नजानेको भन्ने गुनासो नेपाल इन्डोफिली समाजको रहेको मौसमी समाचार प्राप्त भएको छ।
अर्को तर्फ हङकङ बाट युके जानेहरुले भने खादा ओढेर बिदाई हुन नचाहेको जन गुनासो पनि बजारमा सुनिएको छ। कारण किन भन्दा युके जाने भनेको सुन्ना साथ हङकङको जातिय, पार्टिय, क्षेत्रिय, र धार्मिक संघ सस्थाहरुले बोलाएर कहिले नफर्कने जस्तो गरी घाँटी भरी खादा ओढाएर बिदाई गर्दा ५, ६ महिना पछि युकेमा भने जस्तो काम नपाएर हङकङ फर्कनेहरुले समाजमा फेरी नाक मुख देखाउन लाजमर्दो हुनाले नयाँ युके जानेहरुलाई भने ताम झामका साथ बिदाई नगरीकन सुटुक्क युके घुम्नको लागि मात्र जान लागेको भन्दै गए राम्रो हुने सल्लाह दिने गरेका छन्।
हङकङ बाट युके जानेहरुलाई सुझाव
हङकङ बाट नेपालीहरु युके धमाधम गैरहेका छन् जाने क्रम संगै केही बचत गरेको रकमको साथमा एमपीफको पैसा झिकेर आफु सँग लाने हो। तर युके जाने भए पछि कुनै कुनैले त बिठ्ठ्याईँ गरेर गएका पनि छन्। सुनिन्छ कसै कसैले त क्रेडिट कार्ड बाट पैसा झिकेर गैरहेका छन् भने कसै कसैले आफु बसेको घर भाडाको पैसा नतिरी भागेको पनि सुनिन्छ। प्राय गरेर हङकङ बाट युके जानेहरु मध्ये अधिकाँसले आफुले चलाउँदै गरेको मोबाइलको बील पनि नतिरी जाने कुराहरु सुन्नमा आएका छन्। के के नै पहिलो र दोश्रो विश्व युद्दमा बहादुरी कमाएका हाम्रा पुर्खाहरुको इज्जत केही सय र केही हजार डलरमा माटोमा मिलाउने काम भने नगरौं है। यस्तै नयाँ नयाँ हर्कत गर्दै जाने हो भने नेपाली माथि हङकङ सरकारले लगाएको भिसा प्रतिबन्ध सदा सदाको लागि यथावत रही रहने छ।