Home

मौसमी समाचार (ब्यङ्य) : फियोना हङकङको एघारौं अधिवेशनको प्रचार प्रचार ट्वाइलेट सम्म

E-mail Print PDF
AddThis Social Bookmark Button
समाचार सङ्कलन : मगर कान्छा
२ अगस्त २०१०,  हङकङ
 
  • फियोना हङकङको एघारौं अधिवेशनको प्रचार प्रचार ट्वाइलेट सम्म
  • जोर्डनको ज्ञावाली पसल नेपालीहरुको लागि पोस्ट अफिस सरहको सुविधा 
  • नेपालीहरुको रेफ्युजी युनियनले अब देखी हङकङ डलर ३००० घटीमा काम नगर्ने

 
फियोना हङकङको एघारौं अधिवेशनको प्रचार प्रचार ट्वाइलेट सम्म
 
हङकङको करिव १५० संघ सस्थाहरु मध्य सबै भन्दा पुरानो सस्था सुदुरपुर्वी प्रवासी नेपाली संघ (फियोना) हङकङको एघारौं अधिवेशन १५ अगष्ट २०१० का दिन हुन गैरहेको कुरा नेपालीहरुको रेष्टुरेन्ट, चटपटे दोकान देखि सेलुन सम्म देख्न सकिन्छ। "राष्ट्र रास्ट्रियता र लोकतान्त्रिक गणतन्त्र प्रवासमा नेपाली एकता फियोनाको मुल मन्त्र" भन्ने मुल नाराको साथमा हुन गैरहेको अधिवेशनलाई मगर कान्छाको अग्रिम शुभकामना छ।
 
तर हङकङमा धेरै संघ सस्थाका बिभिन्न कार्यक्रमको प्रचार तथा पम्प्लेटहरु ले मेरो ध्यान खिच्न सकेको थिएन तर फियोना हङकङको एघारौं अधिवेशनको पम्प्लेटले भने मेरो ध्यान खिचेको छ। किन भने गत जुलाई २४ र २५ मा जोर्डन स्थित कंगन रेष्टुरेन्टमा पार्टीको निम्तो पाएर कंगन गएको थिएँ। जब मुत्र त्याग गर्न ट्वाइलेट छिरेको थिएँ ट्वाइलेटको सेतो भित्तामा फियोना हङकङको एघारौं अधिवेशनको पम्पेल्ट देखे एक छिन म आफै मज्जाले हाँसे ------------ साथीहरुले प्रचार प्रचार गर्न ट्वालेट सम्म पनि बाँकी राखेनन् भनेर। तर कंगनमा आउने अन्य चाईनिज तथा भारतीय ग्राहकहरुले त्यो पोस्टरको तल लेखिएको फोन नम्बरहरु देखेर के सोचे होलान् ? कतै ती ग्राहकहरुले यिनीहरु ट्वाइलेट सफा गर्ने कम्पनीको कुनै सुपरर्भाइजरहरु होलान् भनेर त सोचेनन् भन्दै म मज्जाले हाँसे।
 


जोर्डनको ज्ञावाली पसल नेपालीहरुको लागि पोस्ट अफिस सरहको सुविधा 
 
जोर्डनको ज्ञावली पसलले नेपालीहरुलाई वास्तवमा हुलाकी सेवा निशुल्क दिएका छन्। दोकानको बाहिर राखेको कालो झोलालाई हङकङका १५० जस्तो संघ सस्थाले आफ्नो हुलाक घर सम्झे हुन्छ। त्यहाँ हङकङको ब्यापारी देखि बुद्धीजिवी, समाजसेवी देखि भिभिन्न बर्गका मान्छेहरुको चीठ्ठी पत्रहरु खाजिएर बसेको हुन्छ। हङकङ जस्तो ब्यस्त शहरमा कसैले कसैलाई भेट्न बिदा मिलाउनु पर्छ। हरेक जस्तो आईतवार नेपालीहरुको कुनै न कुनै कार्यक्रमहरु भै रहने यो शहरमा कसैलाई निम्तो गर्दा लेखीने चीठ्ठी पत्रहरु-फोन बाटै ल हजुर तपाईको चीठ्ठी पत्र ज्ञावलीको मा छोडेको छु फुर्सदमा गएर लिनु होला भने पछि कुरा खत्तम हुन्छ। तेस्तै सिलसिलामा मगर कान्छालाई पनि एक जनाले फोन गरेर तपाईंको चिठ्ठी ज्ञावालीको छाडेको छु फुर्सदमा लिनुहोला भनेर म पनि फुर्सदमा आफ्नो चीठ्ठी लिन गएको थिए। त्यहाँ सबै जस्तो चीठ्ठीहरु हङकङका संघ सस्थाहरुकै मात्र थिए।
 
आफ्नो चीठ्ठी खोज्ने सिलसिलामा त्यहाँ दुईटा प्रशंसा-पत्र मध्य पाँचथर यासोक क्षेत्रको सिद्ददेवी क्याम्पस स्थापनाको लागि नेपाली २७४ रुपैया सहयोग गरे वापत उच्च प्रशंसा गर्दै प्रशंसा-पत्र प्रदान गरेको सो प्रशंसा-पत्र ७, ८ महिना देखि उक्त झोलामा रहेको जानकारी प्राप्त हुन आएको छ। चन्द्र बहादुर राई धरान १९ लेखिएको उक्त प्रशंसा-पत्रको सम्वन्धित ब्यक्तिलाई खबर नभएर होकी हङकङको संघ सस्थाहरुलाई प्रशंसा-पत्र बाडेर मात्र कार्यकाल सफल हुन्छ भन्ने मानशिक्ता भएर हो ? कमसेकम त्यो प्रशंसा-पत्रलाई १ डलर पर्ने लिफामा हालेर राखेको भए त्यो अलिक सुरक्षित तथा गोप्य हुने थियो। त्यसरी खुल्लम खुला राख्दा हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो भएन र ?
 

नेपालीहरुको रेफ्युजी युनियनले अब देखी हङकङ डलर ३००० घटीमा काम नगर्ने
 
हङकङमा अबैधानिक तवरले छिरेर बसेका नेपालीहरुको रेफ्युजी युनियनले अब देखी हङकङका स्थानिय नेपालीहरुको घरमा नानी हेर्ने काम गर्दा वा अन्य कामको लागी सबैले हङकङ डलर ३००० घटीमा काम नगर्ने निर्णय भएको समाचार मौसमी समाचारको लागि प्राप्त भएको छ। अहीले नेपाली डोमेस्टिक हेल्परहरुलाई हङकङ सरकारले भिसा प्रतिबन्ध गरेको हुनाले उनीहरुको सो निर्णय सही र सजिलै लागु हुने ठोकुवा रेफ्युजी युनियनको एक रेफ्युजीले गरेका छन् भने अर्को तर्फ आफ्ना नानीहरुलाई हेर्न राखेका नेपाली अभिभावकहरुले रेफ्युजीहरुको भर पर्न नहुने स्थानिय नेपालीहरुको गुनासो रहेको छ। किन भने उनीहरु बाहिर राम्रो काम पायो भने आजको भोली बिना जानकारी काम छोडेर गईदिने र अहीले नेपाली डोमेस्टिक हेल्परहरु माथि भिसा प्रतिबन्ध लगाएको हुनाले रेफ्युजीहरुलाई नयाँ काम गर्न र छोड्न कुनै आईतवार कुर्न नपर्ने कुरा बजारमा चर्चा चल्दै छ।
 

Latest News