Home

मौसमी समाचार (ब्यङ्य) : बाबा ममी को चालामाला ठीक छैन हङकङ छिट्टै बुलाउनुहोस नत्र -------- रिक्सा ड्राईभर सँग जाला जस्तो छ

E-mail Print PDF
AddThis Social Bookmark Button
समाचार सङ्कलन : मगर कान्छा
१७ अक्टुवर २०१०
 
बाबा ममी को चालामाला ठीक छैन हङकङ छिट्टै बुलाउनुहोस नत्र -------- रिक्सा ड्राईभर सँग जाला जस्तो छ। 
 
मुल्यमा समानता ल्याउने उदेश्यले सङ्गठिट नेपाली ब्यापरीहरुको सस्थाको देखाउने दाँत र चपाउने दाँत फरक फरक
 
होईन हङकङमा नेपाली माथि लागेको भिसा प्रतिबन्ध फुकुवा भयो भने तेस्को जस कस्ले पाउने हो ?
 
 
 
बाबा ममी को चालामाला ठीक छैन हङकङ छिट्टै बुलाउनुहोस नत्र -------- रिक्सा ड्राईभर सँग जाला जस्तो छ। 

होईन यो मगर कान्छाको कानले पनि के के सुन्नु परेको हो भन्या।

एक जना सोझो लिम्बु दाई महिनाको ३० का ३० दिन काम मा जाने काम बाट छुट्टी भयो खुरुक्क घर आउने हङकङमा मज्दुरी गरेर कामाएको पैसाले जग्गा किनेर बुढीको नाममा धरानमा घर बनाएको बर्ष दिन नपुग्दै नेपाल बाट छोरीले बाबा ममीको चालामाला ठीक छैन बरु छिट्टै ममीलाई हङकङमै बोलाउनु भने पछि एक्कासी त्यो सोझो दाई झस्केछन्। कारण किन रहेछ भने उक्त सोझो दाईले घर बनाउन भनि श्रीमतीलाई नेपाल पठाएको झन्डै एक बर्ष जतिमा घर बनाई सकेको के थियो। उक्त लिम्वु दाईको श्रीमती माईत जान्छु भन्दै घरमा छोरा छोरीलाई छाडेर रिक्सा ड्राइभर संग घुम्न जाने गर्दो रहेछ।
 
हङकङ बाट छुत्तिमा श्रीमतीलाई फोन गर्दा छोरा छोरीले माईत गाको छ भन्ने तर माईत फोन गर्दा छोरी त आको छैन ज्वाँई भन्ने खालको जवाफ नियमित जस्तै हुन थाले पछि आफ्नै छोरीलाई उक्त सोझो लिम्बु दाईले तिम्रो ममी माईत जान्छु भने पछि तिमी पनि ममीको पिछा गर्नु कहाँ जान्छे त्यो मलाई भन्नु भने पछि छोरीले पनि एक दिन आफ्नी ममी माईत जन्छु भनेर निस्के पछि छोरीले पिछा गर्दा आफ्नै ममी रिक्सा ड्राइभर सँग हिडेको देखे पछि छोरीले बाबालाई हङकङ फोन गरेर बाबा ममीलाई छिट्टै हङकङ बोलाउनुहोस ममीको चालमाल ठीक छैन भने पछि उक्त सोझो लिम्बु दाई नराम्ररी झस्केका थिए अरे।

रिसाउँदै श्रीमतीलाई फोनमा तिमी त माईत जान्छु भन्दै रिक्सा ड्राईभर सँग जान्छौ रे के हो चालामाला? भन्दा उल्टै धम्की को भरमा घर घरेडि मेरो नाममा छ हजुर बढी उफ्रिने होईन भनेर आफ्नै श्रीमतीले धम्काउदा रातारात टिकट काटेर नेपाल गएको समाचार प्राप्त भएको थियो। दश, एघार बर्ष मज्दुरी गरेर कामाएको पैसाले बनाएको घर पनि बुढीको नाममा फेरि रिक्सा ड्राइभर सँग हिंडेको सिकाएत प्राप्त भए पछि पहिले फाकाएर भने पनि घर आफ्नो नाममा सारे पछि तेसलाई ठीक पार्छु भन्दै नेपाल गए पश्चात उक्त लिम्बु दाईले श्रीमतीलाई राती हेर जे हुने भयो अब छोरा छोरी पनि बुझ्ने भई सक्यो यसरी घर बिग्रनु भन्दा हामी छोरा छोरीको लागि भए पनि मिल्नु पर्छ तिम्रो गल्तीलाई म एक पटक माफि दिन्छु। बरु यो घर मेरो नाममा सारेर हामी डिभोर्स गरौ अनी तिम्रो आइडि ले तिम्रो दाईलाई हङकङ तानौला अनी मेरो आइडिले तिम्रो बहिनीलाई पेपर म्यारिज गरेर हङकङ तानौला भनेर फकाउँदा बुढोले रिक्सा ड्राईभर सँग हिडेको थाहा भएर पनि माफि गर्दा खुशी भईछिन् र श्रीमानले भने जस्तै आफ्नो नाममा भएको नयाँ घरको जग्गा धनीको नाम आफ्नो श्रीमानको नाममा पास गरिसके पछि केहि दिन पस्चात दुबै जना श्रीमान श्रीमतीले अदालतमा जव कसम खाएर डिभोर्स पेपरमा हस्ताक्षर गरेर अदालतको ढोकाबाट बाहिर निस्केको के थियो उक्त लिम्बु दाईले ल अब तिमी तिम्रो बाटो गर म मेरो बाटो गर्छु यो डिभोर्स त मैले कमाएको पैसाले किनेको घर प्राप्त गर्न तिम्रो बहिनीलाई डिपेण्डेन्ट आइडि दिन्छु भनेको मात्र हो भनेर बाटो लागेको समाचार युन्लोङ बस्ने एकजना मौसमी समाचारको पाठकले मगर कान्छालाई भेटमा भनेका थिए।

तपाई पत्याउनु हुन्छ ? हङकङमा आईसके पछि एक दिन उक्त लिम्बु दाई काम बाट घर फर्कदा आफ्नो भुपु श्रीमती सँग जम्का भेट हुँदा के भनेछन् ? के के नै बिहे गरेछ भनेको त गोठ संगै पो बिहे गरेर हुलेछौ नी। फेरि के भनेछन् उक्त लिम्बु दाईले भुपु श्रीमतीलाई ? जे भए पनि तैले दिने माया भन्दा अहिलेकोले धेरै दिन्छ भन्ने कुराको सम्वाद पनि मगर कान्छालाई मौसमी समाचारको एक जना पाठकले जानकारी गराएका छन्।


मुल्यमा समानता ल्याउने उदेश्यले सङ्गठिट नेपाली ब्यापरीहरुको सस्थाको देखाउने दाँत र चपाउने दाँत फरक फरक

मुल्यमा समानता ल्याउने उदेश्यले सङ्गठित नेपाली ब्यापरीहरुको सँस्थाको देखाउने दाँत र चपाउने दाँत फरक फरक भएको कुरा उपभोक्ताहरुले ब्यक्त गर्न थालेका छन्। केही महिना अगावै स्थापना भएको नेपाली ब्यापारीहरुको सँस्थाले आफ्नो पसलमा झुन्डाएर राख्ने मुल्य सुचीको लिस्ट अब केही महिना भित्र लापसापमा मिल्कने भविस्यवाणि मगर कान्छाले पनि गरेको छ। नेपाल बाट आयात गरिने वाईवाईको मुल्य ३ प्याकेटलाई कसैले १० डलर भन्छन् भने कसैले ४ प्याकेटलाई १० डलरमा दिने गरेको छन्। कुनैले ४० डलरमा बीक्री गर्ने फोन कार्ड कुनैले ३८ डलरमै दिने गरेका छन्। कसैले भारतबाट आयात गरिने डावर लाल दन्तमन्जन २५ डलरमा बेच्ने गरेका छन् भने तेसैलाई कसैले २० डलरमा बेचेको पनि देखिन्छ। 

जोर्डन स्थित एक ब्यापारीलाई मगर कान्छाले मुल्यसुचीको प्रभावकारिता कस्तो छ भन्ने प्रश्नमा "यो त गरेर खानेहरुलाई भाँजो हाल्ने काम भयो तपाईको सेभेन ईलेभेन र वेलकममा पाउने एउटै बियरको मुल्य समान हुँदैन। डिलरमा पाइने समानहरु जस्तो सस्तो अरुमा पाइँदैन। तेसैले म त मेरो ग्राहकहरुलाई मेरो आफ्नै मुल्यसुची छ तेसैमा दिने गर्छु। जहाँ जे सस्तो पाउँछ त्यहाँ ग्राहक खोजेर आउने हो। अब तपाई भन्नुहोस यसको के औचित्य छ?" भनेर मगर कान्छालाई प्रति प्रश्न गरेका थिए। 

तेस्तै नेपाली पसलमामा ४० डलरमा पाईने फोन कार्डलाई पाकिस्तानीको मा ३८ डलरमा पाईने हुनाले एकजना नेपाली उपभोक्ताले नेपालीको भन्दा भारतिय पाकिस्तानीहरुकोमा सबैकुरा दाल चिनी देखि आलु प्याजमा एक दुई डलर सस्तो पाईने हुनाले आफु सधैं भारतिय, पाकिस्तानीहरुकोमै किनमेल गर्ने कुरा ब्यक्त गरेका थिए।

अव तपाई भन्नुहोस मगर कान्छा पनि जहाँ जे सस्तो पाउँछ त्यहीँ गएर किन्ने गरेको छ। अब यसको औचित्य के छ त ? कतै गल्ती लेखे र ?



होईन हङकङमा नेपाली माथि लागेको भिसा प्रतिबन्ध फुकुवा भयो भने तेस्को जस कस्ले पाउने हो ?

हङकङमा नेपालीहरु माथि लागेको भिसा प्रतिबन्ध फुकुवाको लागि यहाँका बिभिन्न संघ सस्थाहरुले नेपाल बाट प्रधानमन्त्री, मन्त्रीहरु देखी बिभिन्न तह र तप्काका नेताहरु हङकङमा आउँदा लौ हजुर हङकङ सरकारले हामी नेपालीहरुलाई भिसा बन्देज लगाएको हुनाले यसको फुकुवाको लागि पहल गरिदिनु पर्‍यो भनेर पनि भनेकै थिए। 

हङकङ नेपाली महावाणिज्यदुतहरु बाट पनि यसको बारेमा हङकङ सरकारको सम्वन्धित निकायमा ढोका ढक्ढक्याउने काम भईरहेको छ भनेकै थिए। अझै नभएर नेपालीहरुको पुरानो सँस्था फियोना, हङकङ नेपाली महासंघ, जनजाती माहासंघ, हिन्स, एनआरएन लगायत २२ से २४ से भाराभुरी संघ सँस्थाहरुले पनि हङकङ सरकार सँग आफ्ना आफ्नै तरिकाले नेपाली माथिको भिसा प्रतिबन्ध फुकुवा हुनु पर्‍यो भनेर हङकङ सरकार सँग कतिले पहल गर्ने तरखरमै होलान् कतिले वास्ता पनि गर्न छाडिसके होलान्।

केही महिना अगाडि एक नेपालीहरुको नयाँ सस्था गोर्खा यूनाईटेड ले पनि हङकङ सरकारले नेपाली माथि लगाएको भिसा प्रतिबन्ध फुकुवाको पहल गर्ने भनेर एक पत्रकार सम्मेलन पनि गरेको थियो। शुभकामको लागि अग्रिम शुभकामना फेरी कथमकदाचित भिसा खुल्ला भई हाल्यो भने काम गर्ने कालु मकै खाने भालु भनेझैँ फेरी काम गर्नु भन्दा कामको जस लिन खोज्नेहरुको दौड शुरु हुने त होईन ? 

हङकङमा भएका सबै नेपालीहरुको संघ सस्थाहरु एक भएर सामुहिक रुपमा दवाब दिन सके अझ प्रभावकारी हुने थिएन र ? ल ल मलाई भने फाईदा हुनेभो यदि भिसा खुल्ला भै हाल्यो भने नेपाल बाट बच्चा हेर्ने डोमेस्टिक ल्याउन नत्र भने ईन्डियाको पासपोर्ट बनाउन हङकङ डलर दश हाजार (१०,०००) भन्दा माथि लाग्ने रहेछ।