HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home

गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग संयुक्त प्रेश विज्ञप्ती

E-mail Print PDF
AddThis Social Bookmark Button

गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग

संयुक्त प्रेश विज्ञप्ती

 

मिति : २०७० भदौ १३ गते

 

श्रद्धेय दाजुचाइ तथा दिदीबहिनी

तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरु,

करिब साढे तीन महिनादेखि आदिवासी जनजाति समुदायको न्यायको प्रखर योद्धा तथा राष्ट्रिय व्यक्तित्व पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगर नर्भिक अस्पतालमा अचेतन अवस्थामा जीवनको निम्ति मृत्युसँग जुधिरहनु भएकोले उपचारमा संलग्न अन्नपूर्ण न्यूरो र नर्भिक अस्पतालकै डाक्टरहरुको सल्लाह सुझाब अनुसार वहाँको स्वास्थ्य स्थिति अझै गम्भीर बन्दै गइरहेकोले सघन उपचारको लागि विना विलम्ब आधुनिक औषधी विज्ञानको प्रविधि र स्वास्थ्य उपचार सेवा सुविधाको हिसाबले नेपाल बाहिर सिंगापुर माउण्ट एलिजावेथ अस्पतालमा तत्काल लान सकिए वहाँको जीवन बचाउन सकिने अवस्था विद्यमान रहेको छ । विदेशमा लगेर उपचार गर्न सक्ने आर्थिक हैसियत देश र जनताको सामाजिक सेवामा जीवनको सम्पूर्ण भाग अर्पण गरेका गोरेबहादुर खपाङ्गी मगर र वहाँको परिवारसँग नभएको कारण तत्काल विना विलम्ब आर्थिक सहयोग जुटाई उपचारमा सहयोग पु¥याउन नेपाल मगर संघ तथा आदिवासी जनजातिका व्यक्तित्वहरुको पहलमा गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समिति बनाई सरकार तथा अन्य सवैलाई आर्थिक सहयोगको अपिल गरियो । देश विदेशका शुभचिन्तकहरुबाट हालसम्म रु २२,००,००० (अक्षेरेपी बाइसलाख) उठेको छ । तर, उक्त उठेको रकमले हालसम्मको उपचारको सम्पूर्ण खर्च व्योहोर्नै नसक्ने भएको छ ।

यस अवस्थामा राष्ट्रिय व्यक्तित्वको हैसियतले सरकार समक्ष उपचारको लागि अनुरोध गर्दा सरकारले २,००,०००(दुइलाख) प्रदान गरेको थियो । खपाङ्गी मगरको दिनप्रतिदिन नाजूक हुँदै गएको स्वास्थ्य स्थिति, परिवारको कमजोर आर्थिक अवस्था र उपचारमा संलग्न डाक्टरहरुको सल्लाहअनुसार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा लैजानु पर्ने भएकोले नेपाल सरकारलाई सहयोगको लागि गुहार्न बाहेक अर्को विकल्प नभएकोले प्रमूख राजनीतिक दलका संयन्त्र नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, मधेस जनअधिकार फोरम

(लोकतान्त्रीक) अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई समितिले पटक पटक सहयोगको अपिल गर्दा पनि हालसम्म कुनै कार्य भएको छैन । चुनावी सरकारको अध्यक्ष सम्माननीय खिलराज रेग्मीलाई लिखित र मौखिक अनुरोध गर्दा, सरकारले दिने सहयोग गरी सकेको र स्वास्थ्य मन्त्रीलाई म बुझ्न लगाउँछु भन्ने खालको औपचारिकताको कुरामात्र समितिको डेलीगेशनलाई दिएको पछि ३,००,०००(तीनलाख) थप गरी ५,००,००० (पाँचलाख) सहयोग उपलब्ध गराएको जानकारी गराउन चाहान्छौ ।

सर्वसाधारण शुभेच्छुकहरुबाट चन्दा उठाएर नेपाल बाहिर लैजाने खर्च जुट्न सक्ने स्थिति र भरपर्दो सम्भावना पनि नभएको अवस्थामा विदेशमा रहनुहुने सम्पुर्ण शुभचिन्तक तथा संघ संस्था, गोरेबहादुर खपाङी मगर बचाउ अन्तराष्ट्रिय सञ्जाल मार्फत हुम सुनारी मगरको संयोजकत्वमा संकलित रकम

रु. १९,८५,६०७  (उन्नाइसलाख पचासी हजार छसय सात) आर्थिक सहयोगले माउण्ट एलिजावेथ अस्पताल सिङापुर सिघ्रातिसिघ्र लैजान सफल भएको सहर्ष जानकारी गराउन चाहान्छौ ।

 

कतिपय राजनीतिक नेता तथा पहुँचवालाहरु तुरुन्तै सरकारी रकममा विदेशमा उपचार गर्न जान पाउने तर आदिवासीहरुको नेता गोरेबहादुर खपाङ्गी मगरको सवालमा भने उदासिनता देखाउने कार्यले सम्पूर्ण आदिवासीहरु अपमानित तथा निराश बनेका छन् जसले अप्रिय परिस्थिति सृजना हुन सक्ने भएकोले समिति चिन्तित पनि बनेको छ । सरकार तथा सम्बन्धित निकायले यसप्रति गम्भीर उदाशिनता देखाएकोले गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समितिको २०७० भदौ १ गते बसेको बैठकले र गोरेबहादुर खपाङी मगर बचाउ अन्तराष्ट्रिय सञ्जालको सिघ्रातिसिघ्र पहलमा गोरेबहादुर खपाङ्गी मगरको थप उपचारको लागि सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा २०७० भदौ ७ गते(23 August 2013)लैजाने निर्णय सहित लगिएको र मुख्य डाक्टर इभानका अनुसार टाउकोको V-T SHUNT छात्ति, पेट र पिसाबमा infection भई ICU मा उपचार गरिएको MRI गर्दा २०७० भदौ १३ गते  (30 - August 2013)सम्मको सिङापुर sin$ 70,000.00(अक्षेरेपी नेपाली रु. उन्नचालिसलाख अठाइसहजार पाँचसय अठ्ठाइस) अस्पतालको खर्च भइसकेको र अझ एक हप्ता सम्म राखि उपचार समेत गर्नु पर्दा क्ष् (अक्षेरेपी नेपाली रु. एकसठीलाख साठीहजार) हुने भएकोले साथै अन्य खर्च नियमित हवाई सेवा, औषधी, खान–बस्न आदिको छुट्टै खर्च लाग्ने भएको हुँदा उहाँको जीवन रक्षाको लागि स्वदेश तथा विदेशस्थित जातीय, सामाजिक, सरकारी, गैरसरकारी संघ-संस्था, शुभचिन्तक मित्र महानुभावहरुलाई सक्दो आर्थिक सहयोग गरिदिनको लागि संयुक्त अपिल जारी गरिएको जानकारी गराउँदछौं ।

 

शंकर लिम्बु                                              महेन्द्र थापा मगर

(संयोजक)                                                   (अध्यक्ष)

गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समिति                   नेपाल मगर संघ, केन्द्रीय समिति

 

 

 

 

 

हुम सुनारी मगर                                        केबि राना मगर

(संयोजक)                                              (संयोजक)

गोरेबहादुर खपाङी मगर बचाउ, अन्तराष्ट्रिय सञ्जाल,   गोरेबहादुर खपाङी मगर बचाउ, अन्तराष्ट्रिय सञ्जाल (नेपाल)

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News