HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home

असोज १८ गतेदेखि अनिश्चितकालीन लिम्बुवान बन्द

E-mail Print PDF
AddThis Social Bookmark Button

प्रेस-विज्ञप्ति

चार दल र खिलराज मिलेर असंवैधानिक तरिकाले मङ्सिर ४ मा गर्न लागेको भनिएको कथित् चुनावको प्रत्यक्ष उम्मेदवारी दर्ता प्रक्रियाको बिरुद्धमा आज असोज १७ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण-सप्तकोशीपूर्व  जिल्ला लिम्बुवानको सम्पूर्ण सडकहरुमा यातायात बन्दको आह्वान गरेको थियो । यस परिषद्को शान्तिपूर्ण, संवैधानिक आन्दोलनलाई एकात्मक राज्यसत्ताले बर्बरतापूर्वक दमन गर्ने दुस्प्रयास गरेको छ यस क्रममा धेरै लिम्बुवानी कार्यकर्ताहरुलाई एकात्मक प्रहरी प्रशासनद्वारा दमन गरी गम्भीर घाइते बनाइएका छन्

निम्न लिम्बुवानका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ

१- सचिवालय सदस्यस् प्रेमदीप थम्सुहाङ

२- दमक नगर अध्यक्षस् लिला थापा मगर

३- इलाम जिल्ला स। स।स्विक्रम लेक्वा लिम्बु

४- एलभी कमान्डरस् शरण जबेगु

५- एलभी कमान्डरस् धन राई

६- एलभी कमान्डरस् नरेश माङमु (गम्भीर घाइते )

७- एलभी कमान्डरस् सुजन खजुम

८- इलाम एलभीस् भिम लोक्ताम

९- इलाम एलभीस् सुजन लोक्ताम

१०- इलाम एलभीस् अनमोल तामाङ

११- मोरङ सचिवालय सदस्यस् डम्मर धिमाल ९राजघाटबाट०

१२- लालबहादुर थक्लुङ

१३- इन्द्र बस्नेत

१४- दिनेश ढकाल

१५- झापा सितापुरीबाटस् रुकमान राई

१६- कुमार राई

१७- अशोक राई

१८- प्रेमप्रसाद आचार्य

 

शान्तिपूर्ण लिम्बुवानी आन्दोलनमा पक्राउ गरिएका नेता कार्यकर्ताहरूलाई विनाशर्त तुरुन्त रिहा गर ।

पक्राउ परेका कार्यकर्ताहरू विनाशर्त रिहाइ नगरिन्जेल असोज १८ गतेदेखि ९ जिल्ला लिम्बुवानको सबै सडकहरूमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरिएको छ

घोषित आन्दोलनको अवधिभर ९ जिल्ला लिम्बुवानको सबै सडकहरूमा यातायातका साधनहरू नचलाई दिन हुन र निरन्तर अघि बढिरहेको लिम्बुवानी आन्दोलनलाई साथ(सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं

जय लिम्बुवान

संघीय अभिभादन

कुमार लिङ्देन मिराकु

के. अध्यक्ष

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

मिति- २०७०/०६/१७

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News