HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home

गोरु काटेको अभियोगमा पक्राउ बिरुद्ध नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको गंभिर ध्यानाकर्षण

E-mail Print PDF
AddThis Social Bookmark Button

प्रेस विज्ञप्ती

गोरु काटेको अभियोगमा धनकुटाका पासाङ शेर्पा, प्रेम राई र सुब्बा शेर्पालाई नेपाल प्रहरीबाट पक्राउ गरी हिरासतमा राखेको प्रति नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको गंभिर ध्यानाकर्षण भएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्रको रुपमा अन्तरिम संविधान २०६३ ले प्रष्ट व्यवस्था गरेर मूलुक अघि बढिरहेको अवस्थामा पुनः एकल जातिय तथा हिन्दु एकात्मक राज्यको झल्को आउने गरी सरकारी दमन भएकोमा घोर भत्र्सन गर्दछौ । 

मूलुक सदियौं बर्षदेखि एकात्मक राज्य सत्ताको उत्पीडनमा परेर नेपाली आदिवासी जनजातिहरुको आफ्नो धार्मिक, सांस्कृतिक तथा परम्परागत मान्यता र संस्कारहरु संकटमा परिरहेको छ । तर २०६२÷०६३ को राजनीतिक परिवर्तन पश्चात सबै जाति, भाषा, धर्म, संस्कृति र संस्कारले समान अवसर र मान्यता पाउने अधिकार सहित क्रमशः अभ्यास भईरहेको छ । यस्तो परिवेशमा एकात्मक राज्य सत्ताको झल्को दिने गरी आदिवासी जनजातिहरुको परम्परागत मान्यतालाई तहसनहस पार्ने कुनियतबाट भएको दमनको पूर्ण रुपमा अन्त्य सहित यथासिघ्र रिहाईको जोडदार माग गर्दछौ । साथै संविधानले जस्तोसुकै व्यवस्था उल्लेख गरेको भएपनि आदिवासी जनजातिहरुको प्रथाजनिक मूल्य र मान्यतालाई बैधानिकता दिने कानुनी मान्यता हुदाहुदै पनि परम्परागत पहिचानलाई निमिठ्यान्न पार्ने खालको हर्कत नगर्न समेत हामी जोडदार माग गर्दछौ । अन्यथा विगतमा आदिवासी जनजाति र नेपाल सरकार बीच भएको सहमति, सम्झौता तथा मान्यता, अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ अनुमोदन गरिएको र आदिवासी जनजातिहरुको अधिकार सम्वन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रको पक्ष राष्ट्र भएको आधारमा नेपालको विश्व जगतमा नै बदनामी र कारवाहीको भागेदारी हुनेमा सचेत गराउँदछौ । त्यसकारण त्यसतर्फ सम्वन्धित पक्षलाई गंभिर हुन आग्रह गर्दै बिना शर्त रिहाईको जोडदार माग गर्दछौं । अन्यथा ः न्याय, समानता र स्वन्त्रताको लागि जस्तोसुकै संघर्ष गर्न बाध्य हुने जानकारी गराउँदछौं ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News