HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home

जितबहादुर सिन्जाली मगर साहित्य प्रतिष्ठानको (प्रेश विज्ञप्ति)

E-mail Print PDF
AddThis Social Bookmark Button

मिति २०६९ चैत्र ८ गते

प्रेश विज्ञप्ति

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०६९, तनहुँ निवासी खडकबहादुर आले मगर र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६९ रोल्पा निवासी दिपेश घर्ति मगरलाई प्रदान गर्ने भएको छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृति सिर्जनासहित योगदान पु¥याउने श्रष्टालाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानको पुरस्कार छनौट समितिले २०७० फागुन ३० गते बसेको बैठकले पुरस्कृत प्रतिभाहरूको नाम चयन गरेको हो ।

 

जीबसीम साहित्य पुरस्कार–२०६९ को पुरस्कार राशी रु. ४०,०००(चालिस हजार)  छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००ले बृद्धि गर्दै लगिएको छ । मगर भाषामा सेन टाहाके २०६२ (कहिले पुग्ने ?) कविता संग्रह र एकांकी, उपन्यास प्रकाशोन्मुख मगर कृतिहरु छन् । आले मगरले मगर चलचित्र लङघनमा समेत अभिनय गरेका छन् ।

जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६९ को पुरस्कार राशी रु. १०,०००(दशहजार)  छ । अठार मगर भाषामा माउ मङ–२०६७ (हराएको सपना) गजल संग्रह तथा फुटकर कथा, कविताहरु लेखेका छन् ।

पुरस्कृतद्धयलाई २०७० चैत्र २२ गते शनिवार भुमिसुधार तथा व्यवस्थापन मंत्री दलबहादुर राना मगरज्यूको प्रमुख आतिथ्यमा पुरस्कार वितरण जावलाखेल, ललितपुरमा गरिने छ । आगामी दिनमा मगर साहित्यलाई अन्तराष्ट्रिय साहित्य क्षेत्रको दाँजोमा पु¥याउन साहित्य सिर्जना निरन्तरताको कामना गर्दछौं । जानकारी गराउँदछौ ।

 

सञ्जोग लाफा मगर

(अध्यक्ष)

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News