HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home

आठौं नेपाल अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब–२०७१ प्रेश–विज्ञप्ति

E-mail Print PDF
AddThis Social Bookmark Button

प्रेश–विज्ञप्ति

 

अन्तर्राष्ट्रिय आदिबासी चलचित्र महोत्सबमा १९ देशका ४८ फिल्म चयन

काठमाडौ । ‘आठौं नेपाल अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब–२०७१’ जेठ २९बाट जेठ ३१ सम्म काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले यो महोत्सब आयोजना गर्दै आएको छ ।

 

यस पटक महोत्सबमा आदिबासी जनजाति सम्बन्ध विश्वका सबै विषय बस्तुको चलचित्र, छोटा चलचित्र, बृत्तचित्र, एनिमेसन चलचित्र एवँ म्युजिक भिडियोलाई खुला गरिएको थियो । जस अन्तर्गत यस पटक अन्तराष्ट्रिय मुलुकबाट २७ देशका १०३ ओटा सिनेमाहरु प्राप्त भएका थिए । अन्तराष्ट्रिय मुलुकबाट प्राप्त ती सिनेमा मध्यबाट १८ देशका ३६ ओटा छोटा लामा सिनेमा यो महोत्सबका लागि चयन गरिएको छ । यो महोत्सबमा पहिलो जापानको आदिबासी समुदाय आइनु जातिको बृत्तचित्र ‘आइनु पाथ वेज टु मेमोरी’,पाकिस्तानको आदिबासी समुदायको बारेमा बनाईको बृत्तचित्र ‘द कलस एन्ड द क्रिससेन्ट’, मलेशियाको आदिबासी समुदाय दुसुनको बृत्तचित्र ‘द संकन ग्रेभ्स्’ जस्ता फरक–फरक स्वादका बृत्तचित्र आएका छन् । यस पटक बालबालिकाहरुका लागि आदिबासी सुमदायका कथामा आधारित निकै रोचक एनमिसेन लघू सिनेमा पनि यो महोत्सबमा हेर्न पाईने छ ।

 

यस पटकको महोत्सब अन्तराष्ट्रिय सिनेमा अन्तर्गत ल्याटिन अमेरिकी सिनेमामा केन्द्रित हुनेछ । महोत्सबमा ल्याटिन अमेरिकाको मात्र ७ देशका १५ ओटा सिनेमा प्रदर्शन गरिँदैछ ।

‘आठौं नेपाल अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब–२०७१’ का लागि नेपालबाट १३ जाति जनजातिका २७ ओटा छोटा लामा चलचित्र, बृत्तचित्र एवँ म्युजिक भिडियो प्राप्त भएका थिए । जसमध्यबाट तामाङ, लिम्बु, मगर, थारु, राई, गुरुङ र थकाली गरी सात जनजातिका १२ ओटा छोटा लामा चलचित्र, बृत्तचित्र एवँ म्युजिक भिडियो चयन भएका छन् ।

 

यस्तै दुई जना बिदेशी सिनेकर्मीले बनाएका नेपालका आदिबासी समुदायसँग सम्बन्धित दुई ओटा बृत्तचित्र पनि यो महोत्सबका लागि चयन भएको छ । जसमा जर्मनका सिनेकर्मी होल्जर रिडेलले बनाएको मुस्ताङका थकाली समुदायको ‘३६० डिग्री जिइओ–रिपोर्ट स्केप फ्रोम द माउन्टेन्स्’ र न्युयोर्कका सिनेकर्मी कार्लस गोमेजले निर्माण गरेको लिम्बु समुदायको ‘मिसेक’ रहेको छ ।

यस्तै रामबाबु गुरुङ निर्देशित हालै मात्र प्रदर्शनीमा निकै सफल मानिएको नेपाली चलचित्र ‘कबड्डी’ यो महोत्सबमा विशेष प्रदर्शनीको लागि चयन भएको छ । अशोक थापा मगर निर्देशित ‘द कोरियन ड्रिम’ पनि यो महोत्सबमा नेपालमा पहिलो पटक विशेष प्रिदर्शनका लागि चयन भएको छ ।

 

महोत्सबका लागि चयन भएका फिल्महरु राष्ट्रिय सभा गृहको मुख्य हल र सानो हल गरी दुई ओटा हलमा प्रदर्शन गरिने भएको छ । महोत्सबमा विभिन्न १० ओटा जाति जनजातिको खाना स्टल पनि राखिने भएको छ । यस्तै ‘फोटो प्रदर्शन’ अन्तर्गत विभिन्न जनजातिका तस्बिरहरु पनि महोत्सबमा प्रदर्शन गरिने भएको छ ।

 

सञ्जोग लाफा मगर

महोत्सव निर्देशक

 

मिति : २०७१ जेठ १९ गते सोमवार

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News