मिति : २०७१–७–२३
प्रेश विज्ञप्ति
टिभिएस जुपीटर मिस टीन कलेज
द्रोस्रो संस्करणको लागि आवेदन फारम खुल्ला ।मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरता र सफलता संगसंगै सिजन मिडिया प्रा.लि.ले कलेजमा अध्ययनरत टिनएज युवतीहरुमा केन्दि«त (मिस टिन कलेज) को द्रोस्रो संकरणको आवेदन फारम खुल्ला गरीएको जनाएको छ । अंग्रेजी नयाँ वर्ष २०१५ को द्रोस्रो हप्तामा सम्पर्न हुने यो प्रतियोगितामा १५ देखि १९ वर्ष उमेर समूहका टीनएज युवतीहरुको सहभागिता रहनेछ । टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।
प्रतियागिताको आवेदन फारम आजैदेखि मंसिरको तेस्रो सातासम्म सिजन मिडियाको कार्यालयमा उपस्थित भइ भर्न सक्नु हुनेछ भने पहिलो चरणको छानौट मंसिर २० गते गरीने छ । काठमाण्डौ तथा मोफासलमा रहेका विभिन्न कलेजहरुमा अध्ययनरत छात्राहरुको आवेदन फारम भर्न सक्नु हुने छ । उत्तप्रतियोगीतामा जम्मा ३६ जना प्रतियोगीहरु छनौट गरीने छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई मंसिर २१ गते आइतवार वाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । पौषको अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “मिस टिन कलेज ” को ताज उपाधि सहित रु १ लाख ६५ हजार पर्ने टिभिएस जुपीटर स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु ३५ हजार वरावरको ल्यापटप र रु १५ हजार वरावरको मोवाइल साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि विजेता छनौट गरिनेछ ।
आयोजक
सिजन मिडिया
प्रदिपराज वन्त(प्रवन्ध निर्देशक)
सम्पर्कः–४४४४८३५,
९८५१०४४८३५,