HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home

प्रेश विज्ञप्ति

E-mail Print PDF
AddThis Social Bookmark Button

मिति २०७१ चैत्र १८ गते

प्रेश विज्ञप्ति

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०७०, उवा–८, मालागिरी, रोल्पा निवासी बोमबहादुर घर्ति मगर ‘अवतार’, जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७०, छाप, स्याङजा निवासी उमा राना मगर ‘सानु’ र जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७०, सुरेश आले मगरलाई प्रदान गर्नुकासाथै वरिष्ठ साहित्यकार बैरागी काईंलालाई सम्मान गरिने छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत सहित सम्मान गरिने जानकारी गराउन चाहान्छौ । 

जीबसीम साहित्य पुरस्कार–२०७० को पुरस्कार राशी रु. ४५,०००/– छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००/– ले बृद्धि गर्दै लगिएको छ । अठार मगर खाम भाषामा च्यासीऊपुरी–२०६८ (उठ्नुपर्छ), कविता संग्रह सोच्वोके–२०६६ (व्युँझनु) गजल संग्रह लेखेका घर्ति मगर नेपाल मगर लेखक संघ रोल्पाका अध्यक्ष समेत हुन ।

जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७० को पुरस्कार राशी रु. १०,०००/– छ । मगर भाषामा ग्याच नाम्खान–२०६४ (रातो सुर्य), भाराक्च सुटा–२०६६ (चुंडिएको धागो) र सोहोयाप–२०६८ (जागौं)   तीनवटै कथा संग्रह लेखेकी राना मगर प्रतिभाशाली लेखिका हुन् ।

जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७०, को पुरस्कार राशी रु. २०,०००/– छ । नेपाल मगर संघ (तात्कालिन, नेपाल लाङ्घाली परिवार) तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगर आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभाग गठन गरि मातृभाषा साहित्य लेखनमा प्रोत्साह र सम्बद्र्धन गरेका वरिष्ठ साहित्यकार बैरागी काईलाज्यूलाई सम्मान गरिने छ । काईंला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति हुन् ।

पुरस्कृत÷सम्मानित व्यक्तित्वलाई २०७१ चैत्र २८ गते शनिवार काठमाडौंमा भव्य समारोहका साथ सम्मान सहित पुरस्कार वितरण गरिने भएकोले प्रेश विज्ञप्ति जारी गरिएको छ ।

सञ्जोग लाफा मगर

(अध्यक्ष)

 

Add your comment

Your name:
Subject:
Comment: