HongKongNepali.com, The Next Media

Friday
Jun 23rd
Home

प्रेश विज्ञप्ती

E-mail Print PDF
AddThis Social Bookmark Button

प्रेश विज्ञप्ती

एघारौ वार्षिक गिद्ध सर्भेको प्रारम्भ :

२२ वैशाख २०७२ (काठमाण्डौं) (  नेपाल पंक्षि संरक्षण संघबाट संरक्षणविद्हरुको एक टोलीले यहि बैशाख २४ गते देखी गिद्धको वार्षिक राजमार्ग ट्रान्स्जेक्ट सर्भेको सुरुवात गर्दैछ । यस टोलीले तराईको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टाबाट शुरु गरी कञ्चनपुरको गड्डाचौकी सम्म १०२८ कि.मि.को लामो राजमार्गमा सर्भे गर्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग(नेपाल, नेपाल पंछि संरक्षण संघ र आरएसपिवि (च्क्एद्य), यू.के.को सहयोगमा यो सर्भे गरिनेछ । नेपालमा विधिवत रुपमा गिद्धको अध्ययन अनुसंन्धान तथा संरक्षण कार्यको थालनी सन २००२ को राजमार्ग ट्रान्सेक्ट सर्वेक्षण देखी भएको हो । प्रत्येक वर्ष गरीने यस सर्भेलाई यस वर्षपनि निरन्तरता दिईदै छ । यसै अध्ययनको सहयोगमा नेपालमा गिद्धको संख्या घटबढको तथ्याङ्क पत्ता लागाउनुको साथै गिद्धका बासस्थानहरु नयाँ नयाँ स्थानमा फेला पारीएको छ । सन् २००२ को सर्वेक्षणमा २०५ वटा गिद्धहरु भेटिएका र सन् २०११ मा आउदा घटेर ६८ वटाको संख्यामा झरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । संरक्षणविदले पश्चिम नेपालमा २००९ देखि डंगर गिद्धको संख्या घटवढ नभएको ठोकुवा गरिरहेका छन । पछिल्लो एक अध्ययन प्रतिवेदनमा गिद्धको संख्या हस दर १४५ छ जुन पहिलाका वर्षहरुको तुलनामा कम हो । 

प्राय  यो सर्भे अंग्रेजी महिना मे मा गरिन्छ । यस कार्यको लागि प्रयोग गरिने गाडी २० कि.मि. प्रति घण्टाको गतिमा राजमार्गमा चलाईन्छ । यस सर्भेले राजमार्गको दुवैतिर १,००० मिटरको दुरी सम्म देखिएका गिद्धहरुको पहिचान गरी रेकर्ड राख्दछ । यस सर्भेले पूर्व(पश्चिम राजमार्गका अलावा पश्चिमी पहाडी क्षेत्रमा अवस्थित सडक संजालहरु जस्तै,ः सल्यान, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्गजा, कास्की, तनहु, डोटी, डडेलधूरा, बैतडी, दार्चुलामा पनि सर्भे गर्ने योजना रहेको नेपाल पंक्षि संरक्षण संघका गिद्ध संरक्षण अधिकृत तथा सर्वेक्षणका प्रमुख अनुसन्धाता खडानन्द पौडेलले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ मा “गिद्ध संरक्षण कार्य योजना” लागु गरे लगतै, नेपाल पंक्षि संरक्षण संघले  समुदायमा आधारित भएर पश्चिम नेपालमा त्यस कार्य योजनालाई सफलतापुर्वक लागु गर्न मद्धत गरेको नेपाल पंक्षि संरक्षण संघकी वरीष्ठ संरक्षण अधिकृत ईशाना थापा भन्नुहुन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ मा “गिद्ध संरक्षण कार्य योजना” लागु गरे लगतै, नेपाल पंक्षि संरक्षण संघले  समुदायमा आधारित भएर पश्चिम नेपालमा त्यस कार्य योजनालाई लागु गर्न मद्धत गरेको जानकारी नेपाल पंक्षि संरक्षण संघका प्रमूख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधान भन्नुहुन्छ । स्थानिय समुदायद्घारा शुरुवात गरिएको “गिद्ध सुरक्षित क्षेत्र’’ले (ख्गतिगचभ कबाभ शयलभ) अहिले नेपालका  ४६ वटा जिल्लाहरु समेटी १,०१,१६० वर्ग कि.मि.ओगटेको छ । यो गिद्ध सुरक्षित क्षेत्र  पश्चिम नेपालका सबै जिल्ला र पुर्वका केही जिल्लाहरु सम्म फैलिएको छ । आज यस्ता क्षेत्रहरु विश्वका संरक्षणविद्हरुका लागि अनुकरणीय, चाँसो र अनुसन्धानका विषय बनेका छन ।

दक्षिण एशियामा सन् १९९० देखि गिद्धको संख्या नाटकिय ढङ्गबाट घटिरहेको थियो । भारतमा १५ वर्षको अन्तरालमा (ध्च्ख्) डंगर गिद्धको संख्या ९९.९५ ले घटेको देखिएको छ । यस्तै, नेपालमा १० वर्षमा गरिएको अनुसन्धानले पनि  डंगर गिद्धको संख्या ९१५ ले घटेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट गोपाल प्रसाद भट्टराई बताउनुहुन्छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन । गिद्धको अप्राकृतिक विनाशको कारण भेटेरीनरी प्रयोगमा रहेको डाईक्लोफेनेक नै प्रमुख कारक तत्व हो भने हाल गिद्धलाई हानी नगर्ने डाईक्लोफेनेकको सट्टा प्रमाणित रुपले सुरक्षित मानिएको मेलोक्सिक्याम उत्पादन भैसकेको छ । अनुसन्धान तथा संरक्षणकार्यबाट केही आशाका किरण देखिन थालेपनि वैज्ञानिकहरुले नेपालका चार प्रजातिका गिद्धहरु अझै अति नै संकटापन्न अवस्थामा नै रहेको  बताएका छन् । पशुउपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नेपाल, भारत र पाकिस्तानमा सन् २००६ मा प्रतिवन्धित भए पनि दक्षिण एशियामा यसको कारण अझै पनि गिद्ध हस भएका छन ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News