HongKongNepali.com, The Next Media

Tuesday
May 23rd
Home

प्रेस विज्ञप्ति

E-mail Print PDF
AddThis Social Bookmark Button

२०७२।०२।३२

प्रेस विज्ञप्ति

उपर्युक्त सम्बन्धमा Nestle India Ltd. द्वारा उत्पादित Maggi Brand का चाउचाउसम्बन्धी यस विभागको मिति २०७२।०२।२१ को निर्णयानुसार उक्त चाउचाउ अर्को सूचना जारी नभएसम्मका लागि आयात एवम् बिक्री वितरणमा रोक लगाई बजारबाट चाउचाउका विभिन्न नमूनाहरू सङ्कलन गरी प्रयोगशाला जाँच विश्लेषण गर्दा निम्नानुसारको नतिजा पाइएको छ। 

म्यागी ब्राण्डका विभिन्न १३ नमूनाहरू र नेपालमा उत्पादित विभिन्न चाउचाउका १६ नमूनाहरू सङ्कलन गरी हालसम्म प्रयोगशाला परीक्षणकार्य सम्पन्न म्यागी ब्राण्डका ५, वाइवाइ ३, यमयम १ गरी जम्मा ९ नमूनामा लीड (Lead) को मात्रा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम् २।५ पि पि एम् (Parts Per Million) को परिधिभित्र पाइएको छ।

भारतबाट आयातीत म्यागीलगायत नेपालमा उत्पादित विभिन्न चाउचाउका १३ नमूनाहरू प्रयोगशाला परीक्षण गर्दा मोनोसोडियम ग्लुटामेट (MSG) को उपस्थिति पाइएको तर उक्त मात्रा नेपाल सरकारले चाउचाउका लागि तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम् १ प्रतिशतको परिधिभित्र पाइएको छ।

म्यागी र मायोज ब्राण्डका चाउचाउको लेबलमा "No Added MSG" उल्लेख भएको तर परीक्षण गर्दा MSG को उपस्थिति देखिएकोले उक्त दुई ब्राण्डका चाउचाउलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ अनुसार कारवाही अगाडि बढाउने निर्णय भएको छ।

सङ्कलित बाँकी नमूनाहरूको प्रयोगशाला परीक्षण कार्य जारी रहेको छ र थप नमूनासमेत सङ्कलन गरी  प्रयोगशाला परीक्षण गरिनेछ।

खाद्य तथा पेय पदार्थहरूको स्वच्छता र गुणस्तर कायम राख्न यो विभाग सदैव सजग रहने र खाद्यवस्तुको आयात गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति तथा विभाग, क्षेत्रीय कार्यालय र खाद्य क्वारेण्टाइन प्रयोगशालाहरूबाट अनिवार्यरूपमा परीक्षणपश्चात् मात्र आयात गर्नुहुन सम्बन्धित आयातकर्ताहरूमा अनुरोध छ अन्यथा प्रचलित खाद्य ऐन तथा नियमावलीअनुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ ।

खाद्यवस्तुको स्वच्छता र गुणस्तर सम्बन्धमा कुनै गुनासो भएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा यसका मातहतका कार्यालयहरूमा जानकारी गराई सहयोग गर्नुहुन अनुरोध छ ।

 

पूर्णचन्द्र वस्ती

प्रवक्ता

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News