प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
प्रतिगामी, पश्चगामी संविधानको विरोधमा भैरहेको शान्तिपूर्ण आन्दोलनमा होमिएका आन्दोलनकर्मीहरुलाइ झुुट्टा मुद्धा लगाएर फसाउने र आन्दोलनलाई कमजोर बनाउने कार्यको घोर भत्र्सना गर्दछौं । प्रशासनको आडमा ठाउँठाउँमा भिजिलान्तेहरु प्रयोग गरी आन्दोलनकारी पार्टीको कार्यालय तोडफोड गर्ने, झण्डा जलाउने लगायतका काम तुरुन्त बन्द नगरे त्यसले ल्याउने परिणामको जिम्मेवारी सम्बन्धित पक्षको हुने चेतावनी दिन चाहान्छौं ।
यसैबीच आन्दोलनको दौरानमा पाँचथरबाट संघीय समाजवादी फोरम नेपाल पार्टीका विप्लव इङनाम, मोहन इङनाम पक्राउ परेका
छन् । आन्दोलनकै क्रममा कविन्द्र सम्वाहाम्फे, सन्तोष इङवा, रोदन राई, अशोक तुम्वापोलाई निर्वाध कुटपीट गरी घाइते बनाइएको छ । यसैगरी संघीय लिम्बुवान पार्टी नेपालका अमित राई र भिम राई दमकबाट गैर नाययिक गिरफ्तारीमा परेका छन् । घाइतेको उपचार र पक्राउ परेकालाइ विनासर्त रिहा गर्न माग गर्दछौं । आन्दोलनलाइ सेबोटेज गर्न राज्यका अङ्गहरु यसैगरी प्रयोग गरे आगामी दिनमा आन्दोलनलाइ अझ शसक्त बनाउन गठबन्धन बाध्य हुने कुरा राज्य पक्षलाइ बेलैमा जानकारी दिन चाहान्छौं ।
असोज ४ गते दमकबाट पक्राउ परेका मोरङ जिल्ला अध्यक्ष दिलु लावती, आदिवासी जनजाति महासंघ दमक नगर समितिका अध्यक्ष बासुदेव राई, संघीय समाजवादी फोरमका झापा जिल्ला सह–सचिव सुशील राई, विद्यार्थी युनियनका जिल्ला अध्यक्ष मनकुमार लिम्बू, डगेन्द्र शेर्मा, शान्ता पालुङवा, बरुण लुवाबुङ, नरेन्द्र लावती, रामबहादुर विसंखे, बुद्धिराज लिम्बू, सावित्रा गुरुङ, हेमप्रसाद लिम्बू, स्वीकृति सम्बाहाम्फे, इक्सा सम्बाहाम्फे, संघीय समाजवादी फोरम जिल्ला सदस्य सेसेमी लिम्बू, संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्य विष्णु भट्टराईलाई पक्राउ गरी सार्वजानिक मुद्धा दर्ता गराएकोछ । शान्तिपूर्ण आन्दोलनमा रहेका व्यक्तिहरुलाई गैर न्यायिक गिरफतार गरी मुद्धा दर्ता गर्ने, सार्वजानिक मुद्धा लगाएर फसाउने कार्य गरेकाु कार्यप्रति घोर आपत्ति जनाउँदै विना सर्त अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गराउँदछौं । शान्तिपूर्ण आन्दोलनको अवहेलना गरिए त्यसबाट हुने परिणाममा सरकार नै जिम्मेदार हुने समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।
लिम्बुवान संघर्ष समिति
लिम्बुवान, नेपाल