Headline
 

Janma Bhumi Janani - Dinesh Subba

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ सम्पन्न

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ सम्पन्न
९ मार्च २०१०
 
 
गत २८ फेब्रुअरी मा मात्र आफ्नो प्रथम वार्षिकोत्सव मनाएको टप माउन्टेन डोजाङले त्यसको लगत्तै अर्को हप्ता अर्थात गत ७ मार्च को दिन आफ्नो चौथो अपग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ। याउमातेई कम्युनिटी हलमा बिहानको १० बजेबाट शुरु भएको कार्यक्रममा डोजाङका विधार्थीहरुले आफ्नो बेल्ट अपग्रेड प्राप्त गर्न तेक्वान्दोको बिभिन्न विधामा आफ्नो कौशल देखाएका थिए।

Read more...

बेरोजगारी (कविता: अमृत गर्बुजा मगर )

अमृत गर्बुजा मगर 
चिमखोला - ५ म्याग्दी 
हाल - जोर्डन, हङकङ
 
खोई म त बेरोजगारी जता पनि हिंडिदिन्छु
कुनै पनि प्रकारको किन नहोस अल्कोहल सबै पीइदिन्छु
तर मलाई मतलव छैन

रातभरी सेभेन-ईलेभेन र नाईट मार्केट घुम्दछु
शोक-सुर्ता छैन मलाई दुई तीन बजे सम्म सुत्दछु
तर मलाई मतलव छैन

Read more...

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
डा. गोविन्दराज भट्टरार्इ
प्राध्यापक (अङ्ग्रेजी), त्रिभुवन विश्वविद्यालय

घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ। यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ। यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ। त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ। किनभने यतिखेर हामी त्यो साझा भूमिमा उभिएर यसरी हृदय पोखिहेका छैनौँ टाढा छौँ, भिन्न जस्तै छौँ, एक नोस्टालिजयाले जोडिएको सम्झँदै यहाँ यो समय भोगिरहेका छौँ। यहाँ भूगोल भिन्न छ, संस्कृति भिन्न छ, भाषा परिवार भिन्न छन्। सबै पृथकताहरूको बीचमा पनि कहिल्यै भिन्न हुन नदिने एक नेपाली चेतना छ। त्यही जातीय चेतनाले हामी जोडिएका छौँ।

Read more...

कक्षा आठकी विद्यार्थीले कोकको जम्बो बोतल प्रयोग गरेर बनाइन् पानीबाट चल्ने रकेट

तीन सय किलोमिटर प्रतिघन्टाका दरले उडेको रकेट एक किमि उचाइसम्म पुग्यो
पानीबाट उड्ने रकेट संसारमा अहिलेसम्म बनेको थिएन

काठमाडौँ, १ फागुन

विश्वमा नै इन्धनको माग बढ्दै गएको वेला कक्षा ८ मा अध्ययनरत नेपाली विद्यार्थीले पानीबाटै चल्ने रकेट बनाएर उडाएकी छिन्। काठमाडौँ भीमसेनगोलास्थित इन्द्रधनुष माविमा अध्ययनरत विनम्रता शर्माले पानी र हावालाई इन्धनको रूपमा प्रयोग गरेर रकेट उडाएकी हुन्।

काठमाडौँ डनबस्को स्कुलमा भएको बृहत् शैक्षिक मेलामा विनम्रताले पानी र हावाकै इन्धनले रकेट उडाएकी हुन्। पाँच सयभन्दा बढी विद्यार्थी तथा अभिभावकबीच उडाइएको सो रकेट करिब एक किलोमिटर उचाइसम्म पुगेको थियो। 

Read more...

कुसंस्कृत साहित्यकार र रछ्यानमा हुत्याउनु पर्ने श्रृजनाहरु

सरोजदिलु विश्वकर्मा

"मानिस ठूलो दिलले हुनछ जातले हुँदैन…।" यस छन्दमा निर्माता महाकवि देवकोटालाई सवै साहित्य अनुरागीहरुले सम्मान गर्दछन्। अनि यिनै शब्दोगारलाई शीरमा राखेर दिन-दुःखीका वेदना दर्द उत्पीडनमा धेरै श्रजकहरुले श्रृजना गरेका छन्। "दुःखीको घरमा मात्र तेरो वास हुने भए हे इश्वर दया राखि अझ मलाई दुःख दे…।" दुःखमा इश्वर देख्ने वालकृष्ण समको नामलाई पनि छातीमा राखेर कलम चलाउने श्रष्टाहरु उत्तिकै छन्। आजकामध्येमा धेरै साहित्यकारहरु सुत्दा डुल्दा र बोल्दा यिनै देवकोटा सम तिवारी लेखनाथ पौडेलहरुलाई सम्झना गर्दछन्। तर जव खान लाग्दछन् त्यतिवेला खानु हुने भए अहिलेका कतिपय श्रष्टाहरुले ती देवकोटा र समज्यूका हाडछाला चोक्टाचोक्टा पारेर खाँदा हुन्। त्यसैले सजिलै भन्न सकिन्छ - मानव धर्मका गाथा गाएर ती महान श्रष्टाहरुलाई दिनभरी भाक्ने कतिपयहरु नै उत्पीडनका ठेकेदार शोषणका भागीदार र दुःख र पीडाका जिम्मेवार नबनेका होईनन्।

Read more...

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को प्रेस विज्ञप्ती

म्याग्दी बाट बिभिन्न उद्येश्य बोकेर बिदेशमा रहेर पनी म्याग्दीमा बिकस र म्याग्दीलाई केही गरौ भन्ने भावना सहित २००७ मा स्थापना भई अघि बढेको म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अहिले फेरी नयाँ योजना सहित अघि बढेको जानकारी गराउदछौ।

Read more...

युवा नीति कार्यान्वयनका लागि युवाहरुले नै सरकारलाई दवाव दिनुपर्ने

हरि बहादुर सारुमगर
९ मार्च, फाल्गुण २५
 
सरकारले हालै पारित गरेको राष्ट्रिय युवा नीति कार्यान्वयनका लागि युवाहरु गाउँ-गाउँबाट जाग्नुपर्ने नवलपरासीका युवाहरुले बताएका छन्। नवलपरासीको कावासोतीमा आयोजित युवा र राष्ट्रिय युवा नीति विषयक छलफल कार्यक्रममा सहभागी युवाहरुले सो कुरा बताएका हुन्। सरकारले युवा नीति बनाएपनि कार्यान्वयनमा पहल नगरेको भन्दै तत्काल कार्यान्वयनका युवाहरु स्वम जागरुक हुनुपर्ने स्थानीय युवा साचारकर्मी दिनेश बस्यालले बताउनुभयो। 

Read more...

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ कार्यक्रमका फोटोहरु

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ कार्यक्रमका फोटोहरु

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ कार्यक्रमका फोटोहरु / हङकङनेपाली डट कम

 

Read more...

प्रसँग हङकङ नेपाली महासंघसँग सम्बन्धी

ईन्द्र एलजी थापामगर
९ डिसेम्बर २००९

नेपाल डट एचकेका प्रकाश के.सी.ले ‘नेपालीको प्रतिनिधित्व संस्था’ उप शिर्षक अन्तर्गत ‘टक अफ द टाउन’मा महासंघको विकल्पबारे प्रसँग निकालेर वहसमा उतारेका छन यधपि झण्डै एक हप्ताको यो अवधि सम्म पनि सम्बन्धित व्यक्तिहरुबाट कुनै टिकाटिप्णी नहुनु आफैमा बुझिनसक्नु छ।

Read more...

छोरी----- बोइफ्रेन्ड बनाउने भए युकेको लाहुरे बनाउनु !

समाचार सङ्कलन : मगर कान्छा

छोरी----- बोइफ्रेन्ड बनाउने भए युकेको लाहुरे बनाउनु !
 
युकेको लाहुरे हुनु, युकेको लाहुरेको बाउ बन्नु, युकेको लाहुरे ज्वाँई बनाउने यी सबै रहरहरु सबैको नहोला तर चाहना भने धेरै जस्तो मान्छेहरुको भएको हुनुपर्छ। युनलङमा बस्ने एक जना दम्पतीको फर्म ३ मा अध्यन गर्दै गरेकी छोरीलाई आमा बाबाले नै अब छोरी ठुली भइस् बोइफ्रेण्ड बनाउने भए युकेको लाहुरे खोजेर बनाउनु हङकङको बोइफ्रेण्ड बनायो भने भविस्य खत्तम छ भन्ने अर्ति दिने गरेको खुलासा मौसमी समाचारको लागि प्राप्त भएको छ। युकेको लाहुरे ज्वाँई बनाउँदा हुने फाईदा र नहुँदा हुने घाटा मौसमी समाचारको लागि उक्त दम्पती बीचको कुराकानी समाचारदाताले मगर कान्छालाई फोनमा यसरी सुनाएका थिए - "हेर छोरी हङकङको केटा सँग बिहे गर्‍यो भने घाटै घाटा हुन्छ। हङकङको केटाहरु सबै माल खाने त्यापेहरु मात्र हुन्छन्। बरु युकेको लाहुरे सँग बिहे गरिस् भने बुढो मरे पनि जिन्दगी भारी पेन्सन खाएर बस्न पाइन्छ। युकेको लाहुरेहरु हङकङको केटाहरु जस्तो माल खाने त्यापेहरु जस्तो हुदैनन्। हङकङको त्यापेहरु सँग बिहे गर्‍यो भने जिन्दगी भर उनीहरुलाई पालेर बस्नु पर्छ। अस्ति भर्खरै चुनवानमा बस्ने अङ्कलको छोरीलाई हङकङकै एक जना केटा माग्न गएको थियो रे। हङकङको केटाहरु त माल खाने त्यापेहरु मात्र हुन्छन् भनेर अङ्कलले आफ्नो छोरीको मगनी रिजेक्ट गरेको थियो" भन्दै आफ्नी छोरीलाई भन्ने गरेको समाचार मौसमी समाचारलाई प्राप्त भएको थियो। कतै तपाईंहरु पनि युकेको लाहुरे ज्वाँई खोज्ने तरखरमा त हुनुहुन्न ?   
 
 
Read more...

ईन्डियन आईडल प्रशान्त तामाङ्ग गायकबाट नायक बने, पाल्पा आई विहे पनि गरे

ईन्डियन आईडल प्रशान्त तामाङ्ग गायकबाट नायक बने,  पाल्पा आई विहे पनि गरे
लाहुरेको जीवनीमा आधारित चलचित्रको सम्पूर्ण काम करिव २ महिनामा सकिने
 
हरि बहादुर सारुमगर, पाल्पा
माघ २५

 
 
गायकबाट पहिलो पटक नायक बनेका प्रशान्त तामाङ्गले दार्जिलिङ्गकै झल्को दिने ठांउ नेपालको पाल्पामा आएर विहे गरेका छन्। ईन्डियन आईडल प्रशान्त तामाङ्गको विहेको निम्तो पाएका र विहे हुने कुरा थाहा पाएका पाल्पालीहरु र छिमेकी जिल्लाका मानिसहरु पाल्पाको नमुना गाउं मदनपोखरामा रहेको प्रशान्तको वेहुलीको घरमा जम्मा भएका थिए। त्यहाँ विवाहको सम्पूर्ण तयारी झकिझकाउ थियो। ध्वजा पताकाले सजिएको विवाह मण्डपमा पन्चेबाजा घन्किरहेको थियो भने विहेको जन्ति पनि लस्करै देखिन्थे। विवाहको मण्डपमा प्रशान्तका मामा बनेका सुनिल थापा पनि हंसिलो मुहरामा देखिन्थे। यी र यस्तै विवाहका सम्पूर्ण विधिहरु पूरा गर्ने काम भैरहेको थियो लाहुरेको जीवनीमा आधारित चलचित्र "गोर्खा पल्टन" को लागि। यो चलचित्र अबको करीव २ महिना भित्रै प्रर्दशनको लागि तयार हुने निर्देशक नारायण रायमाझीले बताएका छन्। 
 
Read more...

मैदानमा लाहुरे

मैदानमा लाहुरे
कृष्ण ढुंगाना 
शनिवार, 30 जनवरी 2010
 
बागवीर पाइजा ब्रिटिस गोर्खामा भर्ती हुँदा गाउँमा शिक्षाको उज्यालो थिएन। ढुंगाको गारो लाएर बनाइएका विद्यालय त थिए, तर तिनमा खासै विद्यार्थी आउँथेनन्। म्याग्दीको शिख गाउँमा लाहुर जानुलाई सानको विषय ठानिन्थ्यो। चुरोट, बिँडीका प्याकेट र लडाइँका किस्सा बोकेर गाउँ फर्केका लाहुरे शिख देउरालीको चौतारोमा दिनभरि गफिन्थे र जोडी पाए त्यतै रोधी बसाउँथे। २०२५ सालतिरको ग्रामीण सामाजिक स्थिति हो यो।
 
'भर्ती भएपछि के काम गर्नुपर्छ पत्तो थिएन, गाउँ फर्किंदा सम्मान पाइन्छ भन्नेचाहिँ थाहा थियो,' उनले ४२ वर्षपछि लाहुर जानुको अर्को कारण सम्झिए, 'राम्री केटी पनि लाहुरेले नै पाउँथे त्यो बेला।'

सैन्य सेवाबाट अवकास पाएपछि बागवीरको जीवनमा दुइटा छनौट थिए - बेलायतमै बस्ने वा नेपाल फर्कने। 'मैले दोस्रो बाटो रोजेँ र लन्डन-काठमाडौंको टिकट काटेँ।' भइदिएछ के भने गाउँमै बस्ने गरी फर्किएको भन्दा पनि गाउँलेले नपत्याउने। 'मेरो अनुभवको एउटै सत्य छ, त्यहाँ मान्छे साँचो अर्थमा मान्छे हुन सक्दैन। यो गाउँचाहिँ आफ्नू होजस्तो लाग्छ,' उनले भने।

'के हुन्छ त?'

'तपाईंको मूल्य मेसिनभन्दा बढी हुँदैन।'

'अनि?'

'म आफ्नो बाटोमा स्पष्ट थिएँ, गाउँ फर्किनुका कारण थिए। हिमालमुन्तिरको गाउँ हेर्दैमा यति आनन्दको छ,' उनी यसो भन्दा शिख देउरालीबाट पश्चिम-उत्तरको धवलागिरी चुचुरोतर्फ आँखा सोझ्याउँदै फकल्यान्ड युद्ध सम्झिरहेका थिए।

Read more...
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

काला अक्षर भैंसी बराबर

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)

Who's Online

We have 69 guests and 2 members online