नेकपा एमालेको संस्थापन र नेपाल समूह संसदीय दलको बैठकमा एकैठाउँमा उभिए

Print
AddThis Social Bookmark Button

२६ मार्च  २०२१, समानान्तर गतिविधि गर्दै आएको नेकपा एमालेको संस्थापन र नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा एकैठाउँमा उभिए । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पनि सहभागी भए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल समूहमा रहेका वरिष्ठ नेता झलनाथ खनाल मञ्चमा ओलीको दायाँतिर बसे भने घनश्याम भुसाल र गोकर्ण विष्ट सांसदहरुको लहरतर्फ पहिलो पङ्तिमै बसे । बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमालेमा विभाजनको जुन रेखा देखिएको थियो, त्यो अन्त्य भएको छ । अब पार्टी एक ढिक्का हुन्छ ।

दुवै समूहका नेताहरुले भने अझै एमालेमा फुटको खतरा टरिनसकेको बताएका छन् । उनीहरुका अनुसार अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आ–आफ्नो अडान छाडेका छैनन् । र, सहमतिमा पुग्ने कुनै संकेत देखिएको छैन ।