Home नेपाल तथा विश्व समाचार मगर संघ हंगकंगको अध्यक्षमा हर्क प्रसाद रानमगर र्निविरोध निर्वाचित

मगर संघ हंगकंगको अध्यक्षमा हर्क प्रसाद रानमगर र्निविरोध निर्वाचित

E-mail Print PDF
AddThis Social Bookmark Button

०३ अक्टोवर २०२१, का दिन मगर संघ हंगकंगको दशौं अधिवेशन भव्य रुपमा सम्पन्न भयो । जोर्डन स्थित इण्डिया क्लवमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि हंगकंगका लागि नेपाली महावाणिज्य दूत श्री उदय बहादुर रानामगर रहेका थिए । उक्त अधिवेशानले अध्यक्षमा हर्क प्रसाद रानमगरलाई र्निविरोध निर्वाचित गर्दै सम्पन्न भयो ।

उक्त अधिवेशनले संघको कार्यप्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान लगायतका प्रतिवेदनहरुरमा केही संशोधन पश्चात सर्वसम्मत पारित गर्दै सु सम्पन्न भएको छ ।

अध्यक्ष श्री हर्क प्रसाद रानामगर, उपाध्यक्ष श्री यमबहादर बुढाथोकी मगर, उपाध्यक्ष श्रीमती कुमारी थापा मगर र महासचिव श्री रविन्द्र थापा मगर निर्विरोध निर्वाचित भएका छन ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष युग माया रानामगरले गरेका थिए भने संञ्चालन संघका महासचिव नन्द बहादुर रानामगरले गरेको थिए । बन्द सत्रको कार्यक्रम अध्यक्ष मण्डलका अध्यक्ष एमबी थापा मगरले सञ्चालन गरेका थिए ।

अध्यक्ष पदका उमेदवारका सम्बन्धमा संघको विधान अनुसार नभएको भनी विवाद भएको थियो । अध्यक्ष पदका तत्कालीन उम्मेदवार हेमराज थापा मगर संघ हंगकंगको विधान को धारा २४, क (अ) अनुरुप अयोग्य भएको ठहर पछि अध्यक्ष पदका उमेदवार श्री हर्क प्रसाद रानमगर र्निविरोध निर्वाचित भएको  घोषणा निर्वाचन मण्डलका निर्वाचन आयुक्त मनोज सुर्यबंशी मगरले  गरेका थिए ।

 

Latest News