Home नेपाल तथा विश्व समाचार सभामुख सापकोटा पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत

सभामुख सापकोटा पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत

E-mail Print PDF
AddThis Social Bookmark Button

४ अक्टोवर २०२१, सभामुख अग्‍निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाइ बाहिर आएको हो ।

संघीय संसद् सचिवालयमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए ।

सापकोटाले संसद्लाई जीवन्त र जनमुखि बनाउने प्रतिबद्धता समेत दोहोर्‍याए । उनले संसद्को कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरे ।

‘हामीले जुन प्रण गरेका छौं–संघीय संसदलाई जीवन्त र जनमुखि बनाउने । त्यो सूत्र वाक्यलाई मैले त सधैंभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसद्को कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔं । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद् सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई इतिहासले संघीय संसद्को नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ । म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भएरनभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दाबी गरे ।

 

 

 

Latest News