Home विचार / दृष्टिकोण अब, वैधानिकताको प्रश्नमा होइन राष्ट्रिय सहमतिको सरकारमा जाँउ

अब, वैधानिकताको प्रश्नमा होइन राष्ट्रिय सहमतिको सरकारमा जाँउ

E-mail Print PDF
AddThis Social Bookmark Button

 

निरर्थक कार्यमा लगानी गर्नको कुनै अर्थ छैन (Let’s not make effort for nothing) । समय सिमा भित्र नयाँ संविधान ल्याउनु पथ्र्यो, ल्याउन सकेनौ । तिमीहरु चाहान्थ्यौ तर सर्वोच्च अदालतले संविधानसभाको आयु तोकि दिएको थियो तसर्थ त्यसको मृत्यु भै सकेको छ, । जो कोहीले ढुंगामा टाउकै पछारे पनि त्यो ब्युँतिनेवाला छैन । सिधासिधी र हाका हाकी कुरा गर्नु पर्दा वहालवाला प्रधानमन्त्रि र उसको मन्त्रिपरिषदले ताजा जनादेश (fresh mandate) नै उत्तम् विकल्प देख्यो, निर्वाचनमा फाल हान्यो । यो नितान्तै राजनैतिक निर्णय र धर्म (political decision & action) थियो । दलहरु वीच सहमतिको वातावरण हुँदो हो त नयाँ संविधान ल्याई हाल्थे नि अन्तिम समय सम्ममा, तर ल्याउन सकेनन्, नेपाल र नेपालीको दुर्भाग्य नै हो । त्यसपछिको हुने गर्ने भनेकै जे पर्ला, आफू वहाल छदै निर्वाचनको घोषणा गर्नु श्रेयस्कर देखे प्रधानमन्त्रिले गरे ।

 

 

यदि प्रधानमन्त्रिको नया निर्वाचनमा जाने निर्णय गर्न गलत थियो भने जनताले किन बाकि राख्छन् र, प्रधानमन्त्रिको दल माओवादीलाई । यसर्थ जनताबाटै फैसला गरि माग्नका (peoples’ mandate) को लागि निर्वाचनमा जानु लोकतन्त्रको उत्तम विधी नै हो । त्यसबाट खुट्टा काम्ने र भाग्ने सवालै आउदैन यदि जनताको सार्वभौमसत्तालाई सर्वोपरि ठान्छौं भने । होईन भने तिमीहरु जनता माझ जान डराईरहेको हुनु पर्दछ । देश जनतालाई आगे खण्डमा राखेर परिवर्तन र समयको मागलाई सामना गर्ने ऑट गर, राजनैतिक दल र तिनका नेताले । तसर्थ अब प्रधानमन्त्रि डा. बाबराम भट्टराईको सिफारिस वैधानिक थियो थिएन भनेर पछाडि फर्किने बे्ला होइन । यदि त्यो ठाउँ र समयमा बाबुरामको सट्टामा साधुराम भए पनि प्रधानमन्त्रि भएको हैसियतले गर्ने र हुने त्यहि हो । एउटा मुनासिब माफिकको सवाल के छ भने कथंकदाचित डा. बाबुराम भट्टराईले गरेको सिफारिस र निर्वाचनको घोषणा अवैधानिक मानिन्छ भने अरु कुन अमूक ब्यक्ति र निकायको वैधानिकता र आधिकारिता प्रदत्त प्रधानमन्त्रिले गरेको सिफारिस मात्र मान्य हुने हो, वैधानिक हुने हो ? मलाई लाग्छ राष्ट्रपति रामबरण यादव त्यसतो प्रत्यक्ष कार्यकारिणी अधिकार राख्दछन् भन्नेमा विश्वस्त छैन र उनि त्यतिको जोखिमी उठाउन पुग्लान भन्नेमा कमै मात्र विश्वास छ ।

 

बरु आफूले लगानि गर्नै पर्ने विषय र सन्दर्भ के छ भने जति सक्दो मिलीजली सरकार भनौं अर्थात राष्ट्रिय सहमतिको सरकार जे भनौं गठन गरेर जानु परिस्थितिले वारेण्ट गरिरहेको छ । हिजको अनुभवहरुलाई सकारात्क रुपमा लगानी (positively employed) गर्दै स्वतन्त्र निष्पक्ष र भयमक्त निर्वाचनको लागि वर्तमान आन्तरिम संविधान र ऐन काननमा आवश्यक शंसोधन निर्माण तथा फेरवदल गर्दै सहमति र सहकार्य गरेर जानुको बिकल्प छैन । ताजा जनादेशको लािग गरेको सिफारिसको विरद्धमा जति नै लामो समय जति नै ठूलो आन्दोलन डिङ्ग हाँके पनि त्यसको कुनै गञ्जायस छैन । फेरी सहमति र सहकार्य नगरि धरै छैन । त्यसैले सबै मिलेर सके सम्म सानो चुस्त दुरुस्त आकारको सरकार बनाउन नै राष्टको हितमा छ जनताको हितमा छ । देश र जनताको खातिर केही उपलब्धि हुन नसक्ने बिषयमा समय शक्ति खेर फालेर कुनै अर्थ छैन ।

 

अर्को कुरा अब अन्यान्य बिषयमा धेरै अलमल गर्नु भन्दा राजनैतिक दल तिनका नेताहरुले आजको परिवर्तित सन्दर्भमा आ–आफ्नो एजेण्डाहरुलाई अहिले देखिनै परिमार्जन गर्दै परिवर्तित सन्दर्भमा देश जनताको चाहाना र आकांक्षालाई कसरि अधित्तम रुपमा सम्बोधन गर्न सकिन्छ भन्ने योजना र कार्यक्रमका साथ प्रतिस्पर्धामा उत्र, नकि पुरातनवादी यथास्थितिवादी सोच तदनुरुपको कृयाकलापको सुगा–रटान (parroting) मा रमाउ । राजनैतिक दल तिनका नेताले अब नयाँ परिस्थितिमा देशको मौलिक अग्रगामी प्रगतिशील र नेपालको बिशिष्टतामा आधारित ब्याबहारिक (pragmatic) नीति तथा कार्यक्रमका साथ प्रतिस्पर्धामा खरो उत्रन हिम्मत ग¥यौ भने तिमीहरु र तिमीहरुका पार्टीलाई फेरी पनि जनताले साथ दिने छन् ।

 

लेखक न्यू होराईजनका कन्सल्टेन्सीका कन्सल्टेण्ट हुन् ।

जेवी ओख्रावु अधिवक्ता/नोटरी पब्लिक(आधिकारिक अनुवादक),हङकङ

 

 

Latest News