Home विचार / दृष्टिकोण सानो रकमको ठूलो महत्व उब्जिएको क्षण(कलम जोतेको पहिलो निमेक)

सानो रकमको ठूलो महत्व उब्जिएको क्षण(कलम जोतेको पहिलो निमेक)

E-mail Print PDF
AddThis Social Bookmark Button

निर्भिक राई

‘गरिमा’, ‘मधुपर्क’, ‘कान्तिपुर’, ‘समष्टि’, ‘मिरमिरे’ र ‘गोरखापत्र’ जस्ता पत्रिकाहरुले छापिएको कृतिको निमेक बाँड्छ भन्ने मैले सुनेँ । निजीस्तरबाट सञ्चालित (कान्तिपुरजस्तो मालामाल भएको निजी प्रकाशनलाई त निमेक लिनु किन छाड्ने) प्रकाशनको हकमा भए निमेक नलिँदा राहतै मिल्छ भनेर पनि नलिने विचार गर्न सकिन्छ । घाटैमा चल्ने भए पनि संस्थान संस्थानै हो र रसिद मिलाएर त्यहीका कर्मचारीले चप्काउन सक्छ भन्ने मेरो शङ्का उठी ‘गरिमा’ मा छापिएको पहिलो कविताको निमेक उठाउन मन तुलबुलिरहेको । रेडियो  नेपालमा गीतको निमेक उठाउन जाँदा झैँ रु १००० को लागि हजार चोटि लेठा दिने हो कि भन्ने तर्क र लाजले मेरो जाँगर नचली थियो । पवीलाई गोदावरीमा नभेटी नहुने बाध्यता परेकोले साझा प्रकाशनमा पनि त्यसैको लागि निस्कने मेरो सोच बन्यो । 

 

साझा प्रकाशनको ‘गरिमा’ शाखामा पस्दा कुर्सीमा आसीन सम्पादक गोपाल पराजुलीलाई नमस्कार जोडेँ । ‘गरिमा’ मा पहिलो दफा कविता छापिँदा भएको अनुभूतिहरु र देवकोटाजयन्तीमा कवितावाचन गर्न ज्ञानुवाकर पौडेलाई हत्ते हाल्नु परेको घटना भट्ट्याउँदै थिएँ । कविता छापिनुको मेरो तर्कहरुलाई खण्डन गर्दै सम्पादक पराजुली बोले, “देवकोटालाई मान्नु पर्छ । उहाँ प्रतिभाशाली कवि हुनुहुन्थ्यो । त्यसो भन्दैमा देवकोटाबारे लेखिएको कविता भएकोले मात्र तपाईँको त्यो कविता छापिएको थिएन । तपाईँको कविता भिन्नै विशेषताको छ ।” अनुहारमा भावुकता लिपिएको पराजुलीले स्पष्ट पारे । यो स्पष्टीकरण अगुवा स्रष्टाको मुखबाट पहिलो दफा मेरो कानमा परेकोले मेरो लागि ऐतिहासिक थियो । म पनि प्रशंसाले नै उचालिने मनुक्खेभित्र परेँ र गजबले फुर्किएँ । उघ्रिएको अनुहारसँग म बोलेँ, “कष्च जस्तो अग्रज र स्थापित कविबाट यति मूल्याङ्कन भएको मैले सुन्न पाउँदा सा¥है हौसला मिल्यो । आफूलाई त आफ्नो रचना कुनै बेला के के नै राम्रो लाग्छ । कुनै बेला फेरि बित्थाको लाग्छ ।”

 

सर जस्तो सम्मानित (जस्तोतस्तो मान्छेले सम्बोधित हुन नपाउने) शब्द नेपालीले ‘दाइ’ सरह बनाएको चलनविरुद्ध भएको मैले वा हतपती सर सम्बोधन नगर्ने मैले त्यस्तो सम्बोधन गर्नुको कारणहरुमा उनीप्रति अति सम्मान जाग्नु र उनको कुर्सी (पद) को प्रभाव थियो । ‘गरिमा’ मा कविता छापिसके पछि तपाईँ कवि भा’को ठहरियो । ल ! सही गर्नु होस् ।” तेजकुमार श्रेष्ठले खाता मतिर सार्दै बोले ।

 

“ल ! अहिले २०६४ साल मङ्सिर ९ गते दिउँसो साढे दुई बजे कलमले फलाएको पहिलो कमाइ थापेको मेरो जीवनको ऐतिहासिक क्षण” भन्दै चार वटा हरियो नोट(गैँडा) थापेँ । जुन रु ४०० सय अहिलेको महँगीमा ठूलो रकम थिएन । जसले एउटा राम्रो नोट बुक किनिन्छ तर कलम जोत्दा फलेको कमाइ भएकोले मेरो लागि बेस्मारी महत्वपूर्ण भएकोले सन्तुष्ट थिएँ । गोदावरी पुग्ने हतारलाई थन्काएर नाना तरह कुरा फलाक्दै थिएँ । सम्पादकलाई पट्ट्याउने सुनौलो मौका पाएको ठान्दै साहित्यिक भलाकुसारी गर्न म सुरिरहेको । तर मेरो एक तर्फी बर्बराहटले उनलाई झर्को लागको हुन सक्थ्यो । गोपाल पराजुलीले आफ्नो कविताको प्रशंसा गरेर हौसला बाँडेको पैँचो तिर्ने सोचले मैले बोलेँ, “सरको नयाँ ईस्वरको घोषणा’ किताब पसलमा केही पढेँ । तर लामो भएकोले किनेर पढ्ने जाँगर चलेन । शीर्षकको कारणले गर्दा त्यसलाई फुर्सदमा राम्ररी पढ्ने विचार छ । पूरा पढ्दा मात्र त्यसको अर्थ खुल्छ । त्यो बजारमा सकिएको छ । गायनले सात वर्ष भुलायो । दोबाटोमा उझिए झैँ अझै दर्शनतिर जानेकी साहित्यतिर जाने भन्ने कहिलेकाँही दोधार हुन्छ । मैले आफ्नो दोमन बताएँ । दर्शनलाई साहित्यमा व्यक्त गर्न सकिन्छ । पराजुलीले उपाय देखाए ।

 

 

Latest News