Home विचार / दृष्टिकोण हङकङका नेपालीहरूलाई खुल्ला पत्र

हङकङका नेपालीहरूलाई खुल्ला पत्र

E-mail Print PDF
AddThis Social Bookmark Button

 

आदरणीय हङकङका नेपालीदाजुभाइ तथा दिदी वहिनीहरु,

नेपाल जलस्रोतको अपार संभावना भएको मुलुक हो यसमा कसैको दुई मत रहन सक्दैन । तर विडम्बना को कुरा त यो हो की हामीले हाम्रा नदिनालाहरुबाट ८३,००० मे. वा. विद्युत उत्पादन गर्न सक्छौ भनेर रटान लाउन वाहेक अर्थोक केहि पनि गर्न सकेका छैनौं । आखिर किन यस्तो भयो त आज हामीले विचार गर्नै पर्छ । हामी जहिले पनि सरकारले यो गरेन त्यो गरेन भन्छौ  तर हामी आफैले के गर्न सक्छौ ? त्यसको बारेमा कहिल्यै सोचेनौ यहि नै हामी नेपालीहरु पछि पर्नुको प्रमुख कारण हो । आज हजारौ नेपाली दाजुभाइहरु आर्थिक भविष्यको लागि विश्वको कुना कन्दरामा ज्यानको पर्वाह नगरि दिन रात नभनी परिश्रम गरिरहेका छन । आखिर उनीहरुले के पाए  त्यही दुई छाक खान अनि एकसरो लुगा लाउन बाहेक ? यहि प्रवृतीलाई निरन्तरता दिइराख्ने हो भने भोलीका दिनमा हामीले आफ्mुलाई एक नेपाली भन्नुमा गर्व होइन सरम मान्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । हाम्रो भविष्य हाम्रै हातमा छ , हाम्रो देश हामीले नै बनाउने हो अनि हाम्रा सन्ततीहरुको उज्वल भविष्यका धर्काहरु हामीले नै कोर्ने हो । आज नगरे कहिले गर्ने अनि हामीले नगरे कसले गर्ने ?

गोर्खाजको अदम्य साहस जुन साहसले विश्वमा वीर गोर्खाली भनि नाम कमाएका छन् त्यहि साहसलाई , त्यहि जोसलाई कम्मर कसेर आफ्नो भूमिमा प्रयोग गरे मातृभूमिको मुहार कसो नफेरिएला  ? गोर्खालीको जुझारु भावनालाई जलश्रोतको अधिकतम उपयोग गर्ने पक्षमा ल्याउन आजका सन्ततीले सोच्नै पर्छ । सेतो सुनको रुपमा चिनिने हाम्रा खोला नालाहरुमा अरबौ डलर बगिरहेको छ जुन कुरालाई पहिचान गरि उपयोग गर्न हामी पछि परिरहेका छौ । हाम्रा खोलानालाहरुमा हाम्रो सहभागिता अधिकतम हुनै पर्छ अन्यथा हामीझै हाम्रा आउने सन्ततीहरु पनि पिछडिएको गरीब मुलुकको नागरिक भै जन्म लिने छन् । हाम्रा हिरा मोतिका खानीहरु हाम्रै पहुच सहभागिता र बलिदानमा निर्माण गर्नु पर्छ । सगरमाथा जस्तै अटल अदम्य उत्साह लिएर परदेशमा रहनु भएका हजारौहजार गोर्खाजहरुले आफ्नै देशमा भएका संम्भावनाहरुलाई उजागर गर्ने साहस गर्नु पर्छ ।

 

यहि परिपे्रक्षमा पुर्र्वी नेपालको ताप्लेजुङ्ग जिल्लामा रहेको इङवा खोलाबाट ९.७ मे. वा. जलविद्युत उत्पादन गर्ने लक्ष्यलाइ मुर्तरुप दिन हामी सयौं गोर्खाली दाजुभाइहरु कम्मर कसेर लागि परेका छौं । बन्दुक समाउने हामी गोर्खाजका हातहरु अब विकासका बाटाहरु कोर्न लागीपरेका छन् ।  हाम्रा नदिनालाहरु हामीले नै उपयोग गर्नु पर्छ भन्ने मान्यतालाई स्थापित गर्न हाम्रो अभियानमा सम्पूर्ण गोर्खाजहरु लागि परिरहेको अवस्थामा, पक्कै पनि हङकङका  गोर्खाजहरुले हाम्रो यो अभियानमा साथ दिनु हुने छ । संसार जित्न एकजुट हुने गोर्खाजहरु  हाम्रा सन्ततीहरुको उज्जवल भविष्य निर्माणमा पनि  एकजुट हुने छन् भन्ने आशा गरेका छौं । राम्रो कामको शुरुवात हामीबाटै गर्नुपर्छ ।  हामीले नगरे कसले गर्ने अनि आज नगरे कहिले गर्ने ?

 

“नेपालको नदि नाला नेपालीको शान

उज्यालो ईङवा हाम्रो पहिचान”

 

राम कुमार इवारम (लिम्बु)

अध्यक्ष

ईङवा हाइड्रोपावार प्रा. लि.

वालुवाटार —४, काठमाडौ, नेपाल

P. O. Box: 24697

Contact: +9774432805, Fax:+9774437391

Email- info@ingwahydro.com.np

Web - www.ingwahydro.com.np

 

 

Latest News