Home विचार / दृष्टिकोण हङकङे कविता प्रतियोगितामा विजयीहरुनै खरो आलोजनामा उत्रे

हङकङे कविता प्रतियोगितामा विजयीहरुनै खरो आलोजनामा उत्रे

E-mail Print PDF
AddThis Social Bookmark Button

चन्द्र मादेन“आन्छन”

हङकङ

“समुच्च विचारको अर्थ के हो ? समुच्च सिद्घान्तको प्रतिपादन गर्ने अध्येताले एउटा मुस्लिम जातिहरुलाई अतिवादीको आक्षेप लगाई गाली गलौच गरि निकालीएको कविता कसरी प्रथम भए ? हङकङमा अहिलेसम्म गरिएको प्रतियोगितामा कनिष्ट र अयोग्य व्यक्तिलाई मात्र निर्णायक मण्डलीमा राखेको छ । त्यसताले कसरी सही मुल्याङकन गर्छ र ?” मोती चाम्लिङ, दोश्रो विजयी । “मत भाग लिने इच्छै थिएन, कविता पनि थिएन, त्यसैले अहिलेको परिपेक्षमा पहिचानको कुरो उठाउनु महत्वपूर्ण ठानेर लिम्बुवान, खम्बुवान, मगरात, तमुवान आदि हुनुपर्छ भनेर सोझै कविता वाचन गरेका थिए, तेश्रो पो भइएछ । मेरो भन्दा कैयौं गुणा उत्कृष्ठ कविता अरुनै थिए । मनै छक्क परे । उत्कृष्ठ निर्णायक(कवि)ले छनौट गरेका भएपो ! फेरी, के ... गर्ने लाई भन्दा देख्नेलाई लाज भनेझैं, तेश्रोलाई पनि उहि पुरस्कार, चौथो र पाचौंलाई पनि उहि पुरस्कार, केही भिन्नतानै छैन । केवल नामको लागि र फोटो खिचाउन मात्र आयोजना गरेको जस्तै लाग्यो ।” आशिष साम्पाङ ‘महेश’, तेश्रो विजयी । मलाई थाहा थियो यस्तै पक्षपात र अनियमितता हुन्छ भन्ने । मलाई आयोजकहरुले फोन गरेर भाग लिनु जोड गरेका गरेकै, गरेरनै कार्यक्रममा भाग लिन पुगे । अन्तिम अवस्था (कायक्रम स्थल) मै पनि यदि त्यो पुरानै (गैर कवि) मान्छे निर्णायक हो भने म भाग लिदिन पनि भने । तर, जवर जस्ति यस्तै फोहोरी खेल खेले त्यहाँ । कतिखेर त्याहाँबाट टाप ठोकौं जस्तो लाग्यो । मोहन कुमार गरुङ सान्तवना पुरस्कृत । प्रवुद्द्ध पाठक ज्यूहरुले अनुमान लगाइसक्नु भयो होला यो माथिको उक्ति (भनाइहरु) गत ९ डिसेम्वरमा संखुवासभा समाज, हङकङ द्वारा गरिएको कविता वाचन प्रतियोगिता विजयी घोषित प्रतियोगि दोश्रो, तेश्रो र सान्तवना पुरस्कार प्राप्त गर्नुहुने हो । 

कुनै पनि खेल या प्रतियोगितामा हार र जित स्वाभाविक रुपले हुन्छ नै, सामान्यता जित्ने प्रफुल्लित हुन्छ भने हार्ने केहि छिन खिन्न हुन्छ नै । तर, यहाँत न त जित्ने खुशी भए, न हार्ने नै सन्तुष्टि भए । एभ्रेष्ट साप्ताहिक अखवारले त पहिलो प्रिष्ठमा छापे । “व्यापक अनियमितता गरेको हार्ने र आयोजकहरुको आ–आफ्नै दावी ।” यी माथिका कुराहरुले पनि प्रष्ट के वुझिन्छ भने हङकङमा यस पाली गरिएको साहित्य जस्तो पवित्र मर्यादित विषयलाई विकृतिको रुपमा कार्य गर्नु चाहि विल्कुल राम्रो होइन । अनौंठो र हाँस्यास्पद कुरो चाहिं यो भयोकी स्वयं विजयीहरुनै तिव्र असन्तुष्ट । भने पछि यस कार्यक्रममा कति अनियमितता, अमिल्दो, असान्दर्भिक र भाँडभैलो किसिमले सस्तो कार्य गरेका थिएछ भनेर स्वत प्रमाण हुन्छ ।

कविता विधा विश्वकै शक्ति शाली र लोकप्रिय विधा हो । संखुवासभा समाज, हङकङले पनि रचनात्मक पहिलो चोटि प्रतियोगिताको आयोजना गरेर छलाङ मारेकै हो । यो सृजनशिल कार्यलाई सवैले प्रसंसा गर्ने पर्छ । तर, कार्य तर्जुमा गर्नु (कदम चाल्नु) भन्दा अगाडी तौर तरिका र प्रकृया पुरा गर्नु पर्दछ । थाहा छैन भने युगौं देखि यो कार्य गरेर भोटो फटाएकाहरुलाई सोध्नु पर्छ अनि मात्र राम्रो सकरात्मक काम गरेको प्रशंसा पाइन्छ । किनभने समाजकै प्रेरक सहभागी कवि र उपस्थित अधिकासंले यो फोहोरी खेललाई आक्षेपको वांण हानेका थिए, निम्न अपाच्य कुराहरुले गर्दा —आयोजक संखुवा समाज संस्था भएता पनि फेसवूक, अनलाईन वेभसाइड र पत्रिका आदिमा आयोजक संपर्कको नाम दाजु गुरुङ थिए । वहाँ प्रतियोगिताको निर्णय नं. दिन आफैं वसे । अर्का आयोजक राज कुमार राई । जस्ले जीवनमा साहित्यको प्रतियोगितामा स्वयं पहिलो चोटी उपस्थित भनेका थिए । तिनै व्यक्ति सवै प्रतियोगि कविताको टिप्पणी उठाउन थाले । फेरी टिप्पणी र समिक्षा सम्वन्धित कुरा गर्नु पर्नेमा आफैले निकालेको साप्लावुङको कुरो, उनको घरमा १९ वटा हङकङको सृजना भएको, केवल चार वटा मात्र काम लाग्ने, वाँकी वेकारमा त्यसरी पैसा खर्च गरेर ननिकाल्नु भन्ने मन गणन्ते कुरा गरेर (कमकुरा एकातिर कुम्लो वोकी ठिमी तिर भने झैं) दिक्क लगाएका थिए । अर्का आयोजकको नाम— युवा कवि टोप वहादुर राई, उनी स्वंम प्रतियोगितामा भाग लिएर चौथो पुरस्कार प्राप्त गरेका थिए । आयोजक, टिप्पोणी समिक्षकनै राई (जात) भएकोले प्रथम देखि चौथो सम्म सवै राइ नै राइ पुरस्कृत भए । यी त भए त्यहाँ देखिएका प्रत्यक्ष झाँकीहरु, जुन अधिकांस एभ्रेष्ट साप्ताहिकले भण्डाफोर लेखि सकेका छन् ।

त्याँहा, अप्रतियोगि रुपमा भाग लिएका पुराना कविको गुनासो यस्तो छ । —“राज कुमार राई जीवनमौ उपन्यास, कथा, निवन्ध कविता त के अहिले सम्म दुई लाइन मुक्तक सम्म लेखेका छैन । समिक्षा र समालोचना गर्नु त उनको लागि चन्द्रमामा पाइला टेक्नु सरह हो । विडम्वना उनै टिप्पणी र समिक्षा गर्न अगाडि तम्सिए, त्यो गरेत ठिकै हुन्थ्यो । आफ्नै प्रशंसा र अरु साथीहरुलाई आलोचना गरेर वाक्क लगाए । अर्का प्रतियोगितामा भाग लिने पुराना कवि र कवयत्रिको विचार चाँहि एउटै थियो । “यो सुनोयोजित, षडयन्त्र–पुर्वक, रचित नाटक गरिएको रहेछ, किनभने १२ वजे संचालन गर्ने भनेर दिउसो ३ वजे सम्म पनि कार्यक्रम शुरु गरेका थिएन । किन शुरु नगरेको भनेर सोध्द्घा निर्णायक देश सुव्बा आउनु भएको छैन भनियो । वास्तवमा देश भन्दा दिग्गज र परिपक्क व्यक्ति थुप्रै थिए र पनि निजलाई नराखी नहुने, अपवित्र तालमेल मिलाएको प्रस्टै देखिन्थ्यो ।”

 

भगलिने विजयी, पराजयी, अप्रतियोगि र अन्य दिग्गज उपस्थितहरुको भनाइ चाँहि एउटै देखिन्छ । टिप्पोणीकार, समिक्षक र तीनैजना निर्णायक मण्डलीहरु जीवनमै कहिल्ये कविता प्रतियोगितामा भाग नलिएका, न पुरस्कृत र सम्मानितै भएका हुन ! नत सृजना कविता (नरेश सुनुवार वाहेक तीनै जनाले) जीवनमौ निकालेका छन् । देश सुव्बा र नरेश सुनुवारले यो भन्दा अगाडीको प्रतियोगिताहरुमा पनि यस्तै पक्षपात गरे भनेर दावीकासाथ वहिस्कार गर्नेहरु छदैंछ । उनिहरुले वोलकवोल वमोजिम राम्रो श्रजनाmलाइ भन्दा हाम्रोलाई प्रश्रय दिएको प्रष्टै वुझिन्थ्यो । आयोजकहरुले ध्यान दिनुपर्ने मुख्य कुरो के थियो भने कम्तिमा पनि कविता सम्वन्धित विधामा दशकौं वर्ष देखि योगदान दिएका पटकौं चोटी पुरष्किृत भएका विज्ञ ब्यक्तिलाई निर्णायकको छनौटमा राख्नु पथ्र्यो । त्यस्तै समिक्षात्मक टिप्पोणीकार निर्णायक मण्डलीले निर्णय दिने भै सकेपछि नराखे हुने । राखेकौ भएपनि कम्तिमा एउटा कविलाइ नै राख्नु पथ्र्यो । त्यो पनि गर्न नसके नेपाली सहित्य संवन्धि चासो राख्ने, १२–१५ वटा पुस्तकहरु अध्ययन गरेको अथवा हङकङमै निस्केको सृजनाहरुको ज्ञाता राख्नु पथ्र्यो । अर्को कुरो कम्तिमा निर्णायक मण्डिलहरुलाई जोडेर एकै लहरमा राख्नु भन्दा फरक फरक ठाँउमा राख्नु पथ्र्यो ।

 

निर्णायक मण्डलीहरु अपरिपक्कताको प्रश्न चिन्ह कहाँ पनि उठ्छ भने उनिहरुको परिचय दिंदा सहित्यमा कविता सम्वन्धि योगदान, कृति र पुरस्कार भए त्यस्को थोरै चर्चा गर्नु पथ्र्यो । दोश्रो कुरो के आधारले नम्वर दिए त ? कविताको वाचन शैली, शब्दचयन र भाव (मर्म) आदिलाई कति, कसरी र जम्मा जोड्दा कति पूर्णाङक ? प्रथम द्घितिय देखि अन्यले कति–कति नंवर प्राप्त गरे यो न शुरुमा आयोजकले सुनाए न निर्णायक मण्डलीलेनै सुनाए । किनभने वाचन गर्ने प्रस्तुत गर्नेलाई पनि कुन कुरामा सुधार र कमजोर भएछ भन्ने जानकारी पाउनु पथ्र्यो । जस्ले गर्दा भविश्यका दिनहरुमा सुधार गर्ने मौका पाउथ्यो । अर्को प्रश्न चिन्ह निर्धारित समय १२ वजे गर्ने भनेर तोकिएको भए नगरि निर्णायक मण्डली संग वार्गेनिङ तीनवजे टुङ्गिएकोले त्यतिखेर मात्र गरिएको थियो । निर्णायक मण्डलीहरु परिपक्क, योग्य र विज्ञ भएको भए स्वास्थ्य र निस्पक्ष नतिजा हुन्थ्यो । स्वयं विजयीवाटनै यति तितो आलोचित झटारो पाउने थिएन होला । अन्त्यमा, आफु नेपाली साहित्यमा तन, मन, धन मात्र नभएर दिलो ज्यान दिएर लाग्ने भएकोले यसलाई विकृति विसंगति हुन नदिने अभिप्रायले साहित्यिक जनमानसमा देखेको र वुझेको कुरो लेखेको छु । तथास्थु ।

 

 

 

 

Latest News