Home विचार / दृष्टिकोण मिसन मिडिया र माओवादी यात्रा…॥

मिसन मिडिया र माओवादी यात्रा…॥

E-mail Print PDF
AddThis Social Bookmark Button
रामचन्द्र राई

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको बहुचर्चित गोरखा पालुङ्गटार विस्तारित बैठकपछि फेरि विभिन्न अड्कलबाजी र टिकाटिप्पणीहरु भइरहेका छन्। मूलतः नेपाली अनुहारका केही विदेशी मुकुन्डाहरुको पूरानै तरिका र वर्ग चरित्र छ। अँध्यारोमा हात्ती छामेर चुलेसी पत्ता लगाउने वा बेफुस्रदी भएपछि माओवादीको भाग्यरेखा कोर्दै भविष्यबाणी गर्न थाल्ने। यसो गर्नु वा हुनुमा कसैको लागि विचित्रै आपत्तिको विषय नहुन सक्ला तर कुन नियत र प्रयोजनमा भन्ने विषयतिर फर्केर हेर्दा गम्भीर षड्यन्त्रका खतरनाक संकेतहरु योजनाबद्ध भएर आइरहेका छन्।

खासगरी दुई धारका मिडियामध्ये प्रेस स्वतन्त्रताको अर्थ आफूइतरकालाई लान्छना लगाउन पाउनु हो र लोकतन्त्र भनेको पनि त्यही नै हो भन्ने जडसूत्रवादी बुझाईबाट पीडित केही विचारका रोगीहरुले सत्यको आधारमा तथ्य समाचार दिनुको साटो नेगेटिभ ईज न्युज भन्दै रमाउने र भएको नियमलाई पनि तोडमोड गरेर प्रस्तुत गर्ने कुकुरपुच्छ्र्रे मिडिया जसले संसारको विकास हैन विनाश बनाउन अग्रणी भूमिका खेल्दछ। त्यसले सिङ्गो मुलुकलाई समेत खाल्डोमा जाकिदिन्छ। फलतः यो नोक्सानीको भागीदार सारा देश र जनता हुनुपर्छ। राष्ट्रघातीहरुको यो कदम मन्द विषको प्रवाह हो। पहिचान गर्न सकिएन भने यसले नराम्रो क्षति पुर् याउँछ। माओवादी यसैको गतिलो सिकार बनिरहेको छ।
 
अर्को जनपक्षीय मिडिया जो बलिदानी संस्कृतिको जगमा उभिएर सभ्य समाज समुन्नत राष्ट्र निर्माण र नकारात्मक विचारका विरुद्ध धावा बोली रहन्छ असहाय दीन दुखीहरुको आवाज मुखरित गर्दै सकारात्मक विचार परिवर्तनका आवाजहरुलाई सम्प्रेषण गरिरहन्छ। यस्ता खाले मिडियाहरुलाई जनघाती भाटहरुले लेबल लगाईदिने सम्मका निचघटिया काम गर्न समेत पछि पर्दैनन्। यो २ धार मा चलिरहेको छ प्रचारको लडाईं। यसैको चेपुवामा छ माओवादी पार्टी।

यसरी आन्तरिक तथा बाहिरी दुश्मनहरुको चर्को सामना गर्दै आईरहेको माओवादी पार्टी शान्ति प्रकि्रया यता सरकार हुँदै आजसम्म आइपुग्दा कुहिरोमा अल्मलिएको काग जस्तै रहेछ वा हरेक सवालमा आफ्ना एजॆन्डा अडानहरु राखेर सधंै अप्ठ्यारोमा पार्ने त यही पो रहेछ भन्ने जस्ता भ्रम एकथरि मानिसहरुलाई पर्न थालिसकेको छ। प्रतिगामी खेमाका मानिसहरुले अदृष्य रुपमा संचालन गरेको यो शक्तिले एकहदसम्म राम्रो प्रभाव पारेको जस्तो देखिन्छ। सारमा माओवादी पार्टीप्रति लाखौं जनता आशावादी छन्। गरीब निमुखाहरुमा क्रान्तिप्रतिको विश्वास र परिवर्तनप्रतिको आशा मरेको छैन। सहिद बेपत्ता घाइते र अपाङ्ग योद्धाहरुको मुक्ति र परिवर्तनप्रतिको अभूतपूर्व बलिदान र सपनाहरु अधुरै छन् जसलाई माओवादीले कुनै हालतमा पूरा गर्नुपर्ने छ।

यता संसद होस् वा सरकार उहिल्यैदेखि भ्रष्टाचार तस्करी र घुसकॊ पोखरीमा चुर्लुम्म डुबेर डुङ्गडुङ्ग गनाइरहेकाहरु हामीसँग मिल्न सकेनन् वा माओवादी नागरिक पार्टी भएन जस्ता कुँडा कर्कस तर्क निकाल्न छाडेका छैनन्। विचारका हिसाबले हेर्ने हो भने मिल्नुको अर्थ नालीमा सुतेका फोहरीसँग गएर सँगै जाकिनु हुँदैन। यसको राम्रो उपाय भनेको रुपान्तरण नै हो। रुपान्तरण पनि कसले कसलाई गर्ने भन्ने हो। जबसम्म देशमा यो समस्याले निकास पाउँदैन जनताले दुःख पाइरहन्छन्। हामी नागरिकहरुले पनि के कुराको हेक्का राख्न जरुरी छ भने चुनाव आयो एउटा नेतालाई एकभोट हाल्यो उसलाई चुनेपछि सकियो वा चुनेको नेताले सबै काम गरी दिन्छन् भन्ने भ्रमबाट मुक्त हुनैपर्छ। कुनै पनि बाली बिरुवा रोपेर मात्रै हुदैन। त्यसको हेरचाह र खनजोत नगरी त्यसबाट आशा गरेको फल आउदैन। बस्तु आफैंमा ठीकबेठीक भन्ने हुदैन। त्यसलाई बनाउने भनेको त स्वयं हामी हौं। हाम्रा नेताहरुको सवाल पनि यस्तै हो। नागरिकहरुले निरन्तर खबरदारी र हेरविचार गर्दै सहयोग गर्न उत्तिकै जरुरी छ।

विगतका हाम्रा पृष्ठभुमिहरु हेर्ने हो भने। हरेक समस्याहरुको हल आन्दोलन र वार्ता फेरि आन्दोलन र वार्ता हुँदै अगाडि बढेको इतिहासहरु हाम्रा सामु हँुदाहँुदै आफू इतरका वा आफ्नै कुलघरान भित्रैकालाई पनि गालीगरेर चित्त बुझाउनुको सट्टा युगले मलाई दिएको नयाँ जिम्मेवारी के हो के म यो देशको कुशल नागरिक हुनुको नाताले आफ्नो ठाँउबाट देशलाई संकट परेको समय केही योगदान दिन सके त यतातिरबाट समीक्षा गर्ने हो भने सही ठाँउमा पुग्न सकिएला।

अहिले देशमा अनेकथरी चिन्तन र प्रवृित्तहरु टकराइ रहेका छन्। यो मुलुकको २ खाले खेमा र प्रवृत्तिहरुको परिणति नै हो। एकथरी जनता छन्। फेरि आवश्यक परे जीवनको बलिदानी दिने तर मुलुकलाई परिवर्तन गरेरै छाड्ने। अर्कोथरी मानिस छन् आत्मसम्मान र स्वाधीनता गुमेपनि राष्ट्रियता खतरामा परे परोस् तर आफू जिउन पाए भइहाल्छ भन्ने आत्मघाती सोंच भएका। यहाँ यस्ता उरन्ठेउलाहरु पनि पर्दछन् यो वा त्यो रुपमा वितण्डा मच्चाएर दक्षिणपन्थीहरुको दोसल्ला ओड्न पाए हुन्छ। उसलाई नीति र विचारसंग मतलब हुदैन। यही खेमाको एउटा जत्था छ उ आफ्नै घरको छानोमा आगो लागेको बेला त्यो आगो निभाउने तर्फ हैन आगो ताप्दै पनि गर्छ शान्ति शान्ति भन्न पनि छाड्दैन। त्यो मुर्दा शान्तिको पक्षधर हो।

यस्ता अनेक प्रवृत्ति चिन्तनहरुसँग लड्दै आफ्नो मौलिकतामा नयाँ बाटो खन्दै १५ हजार सहिदहरुकॊ रगतमा टेकेर यहाँसम्म आइपुगेको माओवादी पार्टीसंग आम जनताको विश्वास छ। मुलुकको लागि गर्नसक्ने परिवर्तनको पक्षधर भनेको यही पार्टी मात्रै हो। जसले केही सीमा र कमजोरी का बावजुद बलिदानकॊ यति महंगो र चर्को मूल्य तिरेको छ जसको मापन गर्ने कुनै त्यस्तो विन्दु छैन। यद्यपि माओवादी पार्टी फेरि अनेक घेराबन्दी र आरोपको सिकार बनिरहेकै छ। यस्ता आरोप आम न्यायप्रेमी जनताको जीत नभइन्जेल चलिरहने छ। देश जनताले नहार्ने सर्तमा माओवादी पार्टीले यावत आरोपहरु खेप्ने हिम्मत गर्नैपर्छ। एकथरी मान्छेहरुको लागि माओवादी अराजक बनिरहनै पर्छ। किनकी जनयुद्ध र जनआन्दोलनको मर्म भनेकै दलाल नोकरशाहीहरुको विरुद्ध लडेर सार्बभौम जनअधिकार सम्पन्न राष्ट्र निर्माण गर्नु हो।

यस्ता घटना क्रम र उदाहरणहरु हुँदाहुँदै निस्वार्थ त्याग र बलिदानको अवमूल्यन गरेर अग्रगमन र परिवर्तनको विरुद्ध खुलेआम भ्रामक र फर्जी आरोप का बग्रेल्ती चाखलाग्दा खबर सम्प्रेषण गरेर देशप्रेमी जनताहरुमा विखण्डन ल्याइदिने कर्म पित पत्रकारिता र प्रेस स्वतन्त्रताको उपहासभन्दा अरु के हुन सक्छ यथार्थता थाहा नलागे सम्म त जनताले पत्याउलान् तर सबै प्रमाण जुटिसकेपछि राष्ट्रको चौथो अंगको गरिमा कहाँ पुग्छ त्यतिखेर जनताले यसलाई चुत्थो अंग नभनेर के भन्ने मूल्याङ्गकनको अन्तिम घडीमा विश्वसनियताको आधारै गुमेपछि यसको भविष्य के हुन्छ सज्जन र इमान्दारहरुले समीक्षा गर्न जरुरी छ। प्रतिगामी मिडियाहरु विदेशीको वात र भात खाएर नेपाली जनतालाई लात हानिरहने प्रवृत्ति रहिरहन्छ वा त्यो कर्म गर्नलाई उनीहरु अभिव्यक्ति स्वतन्त्रताको नारा दिइरहन्छन् भने जनताले त्यसको सम्मान गर्न जरुरी ठान्ने छैनन्। विषयलाई बङ्गग्याएर मनोराजनात्मक रुपमा खबर सम्प्रेषण गर्दा क्षणिक लोकपि्रयता त कमाउलान् यद्यपि उनीहरु चढेको िसंढीबाट एकदिन यसरी चिप्लिने छन् कि जसको हाडखोर भेट्नसम्म मुस्किल हुन सक्छ। यो केवल उनीहरुको आत्मघाती कदमको परिणाम मात्रै हुनेछ। अझै केही बिगि्रएको छैन।

यसर्थ बन्दुकको मोर्चा र प्रचारको मोर्चा नितान्त पृथक विषय हुन्। सकारात्मक कर्म गरेपनि नकारात्मक प्रचारको सिकार बनिरहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले आम जनताहरुलाई वितण्डावादी भाट मिडियाहरुबारे सचेत सजग र उत्तिकै जागरुक बनाउन टड्कारो आवश्यकताको विषय बनेको छ। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चिरा पर्नु वा असफल हुनुमा यस्तै जनविरोधी मिडियाहरुको महत्वपूर्ण भुमिका रहेको इतिहासलाई आत्मसात गर्दै अब नेपालको माओवादी पार्टीले पनि प्रेस स्वतन्त्रताको क्षेत्राधिकार यसको सार्थकता र गरिमाबारे पनि आम जनतालाई प्रशिक्षित गर्न जरुरी छ। प्रेस स्वतन्त्रताको नारा दिएर चरित्र हत्या तथा भ्रामक प्रचारबाजी गर्ने भनेको पित पत्रकारिता हो। यस्ता प्रतिगामी मतियारका हतियारहरुलाई जनताले नै भुत्ते बनाउनुपर्दछ भन्ने कुराको बोध एनेकपा माओवादीले आम जनतामा प्रभावकारी ढंगबाट सम्प्रेषण गर्न सक्यो भने वैचारिक लडाइँको ठूलो मोर्चामा जीत हासिल गर्नेछ जसले नयाँ नेपाल बनाउने कुरामा अग्रणी भूमिका खेल्न सक्दछ।
 

Latest News