दाजु गुरुङ , हङकङ
आज फेरी अर्को फैसला आएकोछ
हारको चाङ माथि अर्को हार थपिएकोछ
र फेरी हारेकाछन् वादी प्रतिवादीहरु ।
धेरै धेरै टाउकाहरु त रावणको हुन्छ
एउटा मान्छेको दुइवटा टाउको हुनसक्दैन ।
चोरलाई चौतरा साधुलाई शुली
घ्यू चोर्ने ढाडेलाई शिरमा फूली ।
सोरै आना वेथितीको जातो शिरमा झुण्याइ दिए पछि
एकादेशका गाँमवाशीहरु
निसाफको ढोका ढक ढक्याएका थिए
र आशा गरेका थिए
गाँमघरमा थिती वसोस
रितिथिती कायम रहोस ।
समय सँगै वड्दै गइरहेथ्यो प्रतिक्षाका घडीहरु
पक्ष –विपक्षहरुमा उभिएका थिए उत्साहित मनहरु
अचनाक चैते हुरीले घरको छानो उडाए जस्तै
आएको थियो प्रतिक्षित फैसला
र हारेका थिए फैसलामा पक्ष विपक्षहरु
हराईएका थिए वादी प्रतिवादीहरु
मुद्दा खारेजीको सुचीमा थियो
लावरिस लास पहिचानमा राखिए झै सानो चिड्को झुण्डयाइएको थियो
उजुरी रिती थिती प्रतिकूल छ ।
र किनारमा सानो टिप्पणी उठाइएको थियो
धेरै टाउकाहरु ठूलो वुद्धि
ठूलो वुद्धिमा गाँमघरको समृद्धि ।
र तल किनारमा अर्को पनि टिप्पणी थियो
धैर्य गरौ, वाल्मिकी पनि पहिले रत्नाकर डाँका थिए ।
हिज गाँम–वस्तीमा ठूलो वाँढी पस्यो
घरहरु वगे, टोलहरु वगे , वगे गाँम–वस्तीहरु
वाँढी सँगै वगे गाँम– वस्तीका मनहरु
मनहरु कतै खाल्डोमा भ्यागुतो जस्तै डुवेको थिए
कतै सिंन्धुको सुसेली सुन्दै काकाकुल जीवन वाँचेका थिए
र कतै आफ्नै कान्ला छेउवाट वगेको गंगालाई हेर्दै
खडेरीमा खेतवारी विच पिल्सिएका थिए मनहरु
र त एकादेशका गाँमवासीहरुले हिज
पानीमा थिती मागे
पानीको वाँड फाँटमा वरावरको हिस्सा मागे
अनि उभिएका थिए पक्ष विपक्षहरुको लास्करहरुमा
तर समय अगावै मुद्दा खारेजी सँगै
हराईएका थिए पानी मुद्दामा गाँमवासीहरु ,
हारेका थिए फेरी वादी प्रतिवादीहरु ।
साँध किल्ला मिच्न पाइदैन
थिचो मिचो सहिदैन
अस्ति सधिंयार सँगको साँध विवादमा
सधै सधै विभाजित मनहरु
सधै सधै हारेका मनहरु
एउटै ठाउमा उभिएका थिए
एउटै ढिक्का वनेका थिए
एकादेशको गाँमवासीहरु ।
तर वर्षातको आशामा उभिएका मनहरु माथि असिना वर्षे झै
ठाडै खारेजीमा परेको थियो साँध किल्लाको मुद्दा
र हराईएका थिए आफ्नै साँध किल्लामा गाँमवासीहरु
हारेका थिए वादी प्रतिवादीहरु ।
यता धेरै समय सम्म कुनै लिखत टिप्पणी आएनन्
हल्ला चलेको थियो
प्रभुको लिला अपरम्पार
लिलामा चल्छ सव संसार ।
अनि अर्को पनि हल्ला थियो
छिमेकी देवो भवः ।
एकादेशमा एउटा गाँउ थियो ,
गाँउ सुन्दर थियो शान्त थियो
विहानीको घाम जस्तै ,समाधीको वुद्वजस्तै
तर सधै सधै वाचेका थिए हारको टिको थापेर
कहिले हिमालमा ,कहिले पहाडमा , कहिले तराईमा
र कहिले पानीमा कहिले सिमामा ,कहिले आफ्नै गाँमघरमा
हारिरहेका थिए नियती कुनियतीहरुमा
विभिषणहरु जस्ता लोभी पापीहरुका कुनियतहरुमा
र त थकित थकित गाँमवासीहरु
हरेक विहान एउटा पलायनका वाटाहरु खोजिरहेका थिए
तर कुन्नि किन गाँमवासीहरु हनुमान जस्ता थिए
पक्का ख्वामित भक्त
कसैको इसरामा , कसैको आदेशमा
छाती चिरेर स्वामी भक्ति देखाइ दिन्थे
हिमाल वोकेर हस्तिनापुर पु¥याई दिन्थे
अनि आफ्नै मृतुको वरमाला पहिरिएर अखडामा जाँग ठोक्थे
र विर्सिका थिए आफू भित्र सागर तर्ने हिम्मत छ भनेर ।
अझै विर्सिरहेकाछन् ,र त अझै हारिरहेकाछन् ।
एकादेशका गाँमवासीहरु ।
dajuup@yahoo.com 05/07/2043