हे दुर्गा भवानी
विजय दशमीको उपलक्ष्यमा मेरो यो कामना छ।
देशलाई भ्रष्ट, गुण्डा नेता होईन राजनेता चाहिएको छ।
चाप्लुसी, निच कर्मचारी होईन इमान्दारी कर्मचारीको खाँचो छ।
धन र धम्कीले भोट दिने जनता होईन असल जनता चाहिएको छ।
किनकी नेपाल आमाको मूहार फेर्नु छ।
नेपालको युवाशक्तिलाई स्वदेशमा नै रोक्नु छ।
अन्याय, अत्याचारलाई फाल्नु छ न्यायलाई ल्याउँनु छ।
हातमा काम, भोकमा खाना, सुत्न बाँस र सद्भाव चाहिएको छ।
बिदेशीको भरमा होईन आफ्नो देश आफैले बनाउँ भन्ने सोचको खाँचो छ।
किनकी देशको मूहार फेर्नु छ।
धर्म र जातको नारा होईन बिकासको नारा घन्काउँनु छ।
भेदभाव होईन समान अधिकार र कर्तव्यको बोध गराउँनु छ।
नेपालीलाई फुटाएर होईन जुटाएर एक उदेश्यमा अगाडि बढाउँनु छ।
गरिबी हुनुको अन्याय, अत्याय र पिडा कति भोग्नु धेरै भोगिसकेको छ।
अब देशको मूहार फेर्नु छ यहि नै दशैंको कामना छ।
बिष्णु गुरुङ (एकता)