छिट्को गुन्यो, कालो टिकिस, कम्मरमा निलो पटुकी
मखमली घलेक र चोलो, प्युरु, पोते र मझेत्रोले सजिएकी
प्रत्येक बर्ष रमाउँदछिन आफ्नो मौलिक भेषभुषामा
मेरी सोल्टिनी ल्होछार साँझमा
हातमा खता, मुहाँरमा मुस्काँन, शरीरमा फुर्ति लिएर
फरासिलो स्वभाव, हँसिलो मूहार मनभरी खुशी भरेर
गर्दछिन स्वागत पाहुनाहरुको ह्रदय खोलेर
मेरी सोल्टिनी ल्होछार साँझमा
गँहु गोरो रङकी बाटुलो अनुहार, हाउभाउँ गहकिलो
खुल्ला मन निर्मल नजर जिउँडाल छ भरीलो
छमछम नाँच्छिन सोरठी र घाँटूको तालमा
गर्दै गर्व बर्षदिनको आफ्नो महान पर्वमा
मेरी सोल्टिनी ल्होछार साँझमा
बिष्णु गुरुङ (एकता)
क्यालिफोर्निया, अमेरिका