चोट पिडा जति दिए पनि सहन थाली सके
तिम्रो मायामा जम्दिन अब बहन थाली सके
झुटो मायाको संसार चाहिदैन मलाई
आफ्नै एक्लो संसारमा रमाउन थाली सके
अनगिन्ति छन् तिम्ले दिएका चोटका पोकाहरु
तेही पोका गजलको सब्दमा फुकाउन थाली सके
मेरो भावनासंग धेरै पटक खेल्यौ तिमीले
तेही रिसले अचेल निदमा कहन थालिसके
चोट पिडा जति दिए पनि सहन थाली सके
तिम्रो मायामा जम्दिन अब बहन थाली सके
www.facebook.com/ismaran37.bishnu
© स्मरण लम्साल
जुटपानी ३ चितवन नेपाल