एडिसन दर्लामी मगर,पोखरा
ढल्की-ढल्की हिड्ने तिम्रो चाल परिबर्तन
खैरो रातो भयो तिम्रो कपाल परिबर्तन।
चिउरीको पातको टपरीमा खायौ कुनै बेला
प्याट्टै फुट्ने हड्डीको, खाने थाल परिबर्तन।
मिच्दा पनि निको हुन्थ्यो बनको जडिबुटीले
खुट्टा सुनिंदा जंचाउने अस्पताल परिबर्तन।
आफ्नै बारीको मास पिसि खाने गर्थ्यौ पहिले
रातो पहेंलो खान्छौ अचेल दाल परिबर्तन।
संसार छोडी जानैपर्छ जो जहिले जन्मेपनी
सानी बन्न खोज्दै गर्छौ जन्मेको साल परिबर्तन।