पाउनु र गुमाउनु को मज्जा बेग्लै रैछ
आँखा बन्द गरि हेर्नु को मज्जा बेग्लै रैछ
आँसु बन्यो शब्द, अनि शब्द बन्यो गज़ल
गज़लमै तिमि हुनुको मज्जा बेग्लै रैछ
बोलि तिम्रो मधुर सम्झी रुदै पागल हुन्छु
घाँटी बस्ने गरि रुनुको मज्जा बेग्लै रैछ
हरेकपल तिम्रो याद आउछ अचेल भरि
याद आइ तड्पिनुको मज्जा बेग्लै रैछ
साथ दिने हरेक बाचा तिमिसगै हराएसी
एक्लो जिबनको यात्रा गर्नुको मज्जा बेग्लै रैछ
पाउनु र गुमाउनु को मज्जा बेग्लै रैछ
आँखा बन्द गरि हेर्नु को मज्जा बेग्लै रैछ
www.facebook.com/ismaran37.bishnu
© स्मरण लम्साल (बिष्णु )
जुटपानी(३ चितवन नेपाल