उज्ज्वल उजागर गौतम
किरा भने पनि हुन्छ धमिरा भने पनि हुन्छ
पारी दिन्छ दिल चिराचिरा भने पनि हुन्छ ।
जसले टिम्मुर र मरिच लाई एउटै देख्छ नि
उस्ले अब धनीयालाई जिरा भने पनि हुन्छ ।
झुसिलकिरा अवस्थालाई पुतली भन्छौ भने
अब कालो कोईला लाई हिरा भने पनि हुन्छ ।
नजर ले नै सुर्मा पिलाउन सक्छौ नि जब
के फरक भो आखालाई मदिरा भने पनि हुन्छ ।
यदी तिम्रो ठुम्का संगै झुम्छ भने यो मेहफिल
फरक पर्दैन अब तिम्लाई सकिरा भने पनि हुन्छ ।
धड्कन नै एउटै भएपछी अब के भो र प्रिया
मेरो यो धमनीलाई तिम्रो शिरा भने पनि हुन्छ ।