उज्ज्वल उजागर गौतम
मरे पछी सबैलाई हेर घाटै हो लाने
दाया बाया नगरि मुल बाटै हो लाने
सास गएन उस्को नभने सम्म मैले
पन्डितले सैया दानमा खाटै हो लाने
तिम्रो महल मेरो झोप्डी के फरक भो
दैलो पोत्न आखिर मा माटै हो लाने
धनी र गरीब मात्र बांचुन्जेल लाई हो
दुवैलाई आखिर बांसको भाटै हो लाने