महिना को तिसै दिन दर चाहियो भन्छे
गाउं हैन काठमान्डौमा घर चाहियो भन्छे
आफु जस्तै मरन च्यासे भए पनि हजुर
अग्लो मोटो खाईलाग्दो बर चाहियो भन्छे
पाए देखिन सधैं माईत बसौला झै गर्छे
दुख पर्दा तिम्रै मलाई भर चाहियो भन्छे
नियम कानुन बुझ्नलाई त सारै बाठी रैछे
नाम सँग तिम्रै मलाई थर चाहियो भन्छे
जिब्रो पनि कस्तो होला मिठै मिठो खोज्ने
खान्न दुध मलाई सिर्फ तर चाहियो भन्छे
उज्ज्वल उजागर गौतम