मेरै चिता माथी राखी मेरा उपहार जलाई दिनु
खुशी हुन्छु मलामी लाई तिमीले नै सलाई दिनु
कतै लेखी छोड्या छैन तिम्ले दिएका पिडा हरु
कसैले केहि सोधी हाले दोश जती मलाई दिनु
बांचुन्जेल बनमारा को झार बनेर पोलेकिथ्यौ
अब खरानी माथी मेरो दुबो बनी पलाई दिनु
तेर्ह दिन सम्म त जोरी पारी आउलान घर मा
चौधौं दिन तस्बिर मेरो लात्ती हानी ढलाई दिनुउज्ज्वल उजागर गौतम