कतारमा मगर बचत कोष सदस्यहरुबिच भेटघाट तथा शुभकामना आदान प्रदान

Print
AddThis Social Bookmark Button

 

देव बहादुर राना मगर/महेन्द्र थापा मगर

डिसेम्वर ३१ दोहा

गत २८ डिसेम्वर २०१२ शुक्रबारका दिन शमालस्थित पब्लिक गार्डेनमा नेपाल प्रवासी मगर बचत कोष कतारले रमाईलो वनभोजको आयोजना गरी बचतकर्ताहरुबिच परिचयात्मक कार्यक्रमसँगै नव वर्ष २०१३ को शुभकामना आदान प्रदान गरी मनायो । बचत कोषका सचिव महेन्द्र थापामगरले कार्यक्रममा सञ्चालन गर्नेक्रममा गत साल २०११ देखि हाल २०१२ सम्मका बिवरणहरु जस अनुसार बचत सदस्यहरु, हालसम्म जम्मा भएको बचत रकम, ऋण लगानी तथा खर्च बिवरण आदिको बारेमा पनि सदस्यहरुलाई जानकारी दिनुभएको थियो ।कोषका अध्यक्ष लिलम्वर चिदीमगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथि केन्द्रिय अध्यक्ष भिम तरामुमगर रहनुभएको थियो भने बिशेष अतिथिद्वय नेपाल प्रवासी आदिवासी जनजाति महासंघका प्रथम उपाध्यक्ष प्रकाश आलेमगर तथा संघका केन्द्रिय सल्लाहकार प्रमुख तथा निवर्तमान अध्यक्ष देव वहादुर रानामगर रहेका थिए ।

 

मन्तव्यको क्रममा बिशेष अतिथि देव बहादुर राना मगरले बचत कोषतर्पm ध्यान केन्द्रित गर्नुहुँदै बिशेष गरी हामी मगरहरुमा आफ्नो भविष्यको बारेमा भन्दा पनि बर्तमानमा रमाएर बस्न रुचाउने प्रवृति हावी हुनुले पनि पछि गएर दुःख पाउने स्थिती आउनसक्ने भएकोले पनि भविष्यमा भईपरि आउने समस्या टार्न बचत कोष बलियो आधार बन्नसक्ने बारे प्रष्ट पार्नुका साथै यसमा आवद्घ भएर धेरै फाईदा लिन सकिने कुरा बताउनुभयो । उहाँले यस बचत कोषको स्थापना बारे प्रष्ट पार्दै यसको प्रारम्भिक अवधारणा अनुरुप संघको सातौं कार्यकालमा संघको विधान अनुसार आर्थिक सम्बन्धी संयोजनको भुमिका कोषाध्यक्षले लिनुपर्ने प्रावधान अन्र्तगत रहेर तत्कालिन कोषाध्यक्ष मिलन थापा (मिनलाल सारु)को बिशेष पहलमा निर्देशिका तयार गरी सञ्चालनमा ल्याईएको तर त्यसबेलाको योजनाले खासै सफलता लिन नसकेपछी संघको आठौं अधिवेशनको संघारमै बिघटन गर्नुपरेको र पछी आएर संघको आठौ कार्यकालको केन्द्रिय भेला पश्चात् अलि फरक योजनासँगै निर्देशिकामा आवश्यक संशोधन गरी पुनः सञ्चालनमा ल्याईएको बताउनुभयो ।

त्यसैगरी, अर्का बिशेष अतिथि प्रकाश आले मगरले आदिवासी जनजाति बारे प्रष्ट पार्नुहुँदै हामीले आफ्नो हक, अधिकार, भाषा, धर्म, संस्कृति आदिको जगेर्ना गर्न बिभिन्न क्षेत्रमा रहेर सहयोग गर्नुपर्ने बताउनुभएको थियो । प्रमुख आतिथि केन्द्रिय अध्यक्ष भिम तरामुमगरले सम्पूर्ण मगरहरु एकजुट भएर आफ्नो संस्कृतिलाई जोगाईराख्नुपर्दछ भन्नुहुँदै यो बचत कोष नितान्त मगरहरुको लागि मात्र भएकोले हामीले अझ बचत सदस्यहरु बढाउँदै लग्नुपर्ने र यस बचतले भविष्यमा मगरहरुको नै जिवनस्तर सुधार्न सहयोग पुग्ने कुरामा दुईमत नहुने बताउनुभयो । यसरी नै अरु मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई यस कोषमा आवद्ध भई बचत गर्न अनुरोध गर्नुभयो । साथै, उहाँले नव वर्ष २०१३ शुभकामना पनि दिनुभयो ।

अन्य अतिथिहरुमा सल्लाहकार जनक थापामगर, कला तथा सांस्कृतिक बिभागका संयोजक भूपेन्द्र रिखाममगर, एरिया अध्यक्षहरु केशव रानामगर, मदन आलेमगर, नेपाली कला केन्द्रका सदस्य बबिन राई हुनुहुन्थ्यो । कोषका अध्यक्ष लिलम्वर चिदीमगरले यस बचतकोष सञ्चालन गर्नुको मुल उद्देश्य स्वाबलम्वन, पारस्परिक सहयोग एवं मितव्ययीताको अभिबृदि गरी उत्पादनशील तथा आयमुलक वा सीपमुलक कार्यमा अग्रसर गराउनुका साथै सदस्यहरुको सिप र क्षमताको अभिबृद्धि गरि कतारमा कार्यरत मगरहरुबिच आपसी सहयोग तथा भाईचारा सम्बन्धको बिकास गर्न र मगरहरुबिच आईपरेका समस्याहरुको समाधान र सहयोगतर्पm ध्यान पु¥याउन रहेको बताउनुभयो ।

कार्यक्रममा मगराँती परम्परालाई जिवन्त दिलाउन सेलरोटी र अचारको मिठो मौलिक स्वाद पस्किन सफल महिला सदस्यद्वय धनी सनानी मगर र ज्ञानु पुन मगरलाई उपस्थित अतिथिहरुले धन्यवाद टक्र्याउन कञ्जुस्याई गरेनन् । “बिदेशी भूमिमा रहँदा पनि मगर समुदायको आफ्नै परम्परागत मौलिक स्वाद लिनको लागि मगर संघको कार्यक्रम पर्खिनुपर्ने रहेछ” – बिशेष अतिथी देव बहादुर राना मगरले खुशी व्यक्त गर्दै भन्नुभयो । कार्यक्रममा उपस्थित सबैजनाबिच आ–आफ्नो परिचयको साथसाथै आउँदै गरेको अंग्रेजी सालको नयाँ वर्ष २०१३ को शुभकामना पनि आदानप्रदान गरिएको थियो । कार्यक्रममा संघका सचिव राम पुन मगरले पृथक खालको मनोरञ्जनका लागि सबैले आ–आफ्नो अविष्मरणीय क्षण सुनाउपर्ने खेल सुझाए जस अनुसार कसैले दुःखको त कसैले हँसाउने पलहरु समेटिएको अतितलाई मन खोलेर पस्केका थिए । कार्यक्रममा रौनकता थप्न संघका कलाकारहरु मिनु बराम्ले, खिम थापामगरले बिभिन्न भाकामा गित गाएर उपस्थित सदस्यहरुलाई नचाएका थिए । संघका पुर्व सल्लाहकार डि.एन्.पाङ्मी मगरले आफ्नो कमेडी प्रस्तुतीले सबैलाई हँसाउन सफल देखिठथे । त्यसैगरी, भूपेन्द्र रिखाममगरको निर्देशनमा नेपाली टिपिकल नाचहरु मगर संघका कलाकारहरुले प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।

{gallery}gallery/doha_news_2012{/gallery}